काबुल- अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिवानी लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन्।
राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिवान र सरकारबीच भएको सम्झौता बमोजिम तालिबानी लडाकूहरुलाई मुक्त गरिएको जानकारी दिए।
हाल तालिवानी विद्रोही समूह र सरकार दुवैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेका छन्। राष्ट्रपति घानीले तालिवानद्वारा गरिएको युद्धविरामको स्वागत गर्दै तालिवान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रवक्ता सद्दिकीले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरु जतिसक्दो चाँडो सम्पन्न गर्न तालिवान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।