नयाँ दिल्ली- भारतको महाराष्ट्रमा १६ सय ७१ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको सबैभन्दा धेरै प्रभावित क्षेत्र रहेको महाराष्ट्र राज्यमा हालसम्म १७४ प्रहरी अधिकारी र १४ सय ९७ प्रहरी सेवाका कर्मचारी संक्रमित भएका छन्।
नागरिकको सुरक्षाका लागि फ्रन्टफुटमा खटिएका सुरक्षाकर्मीमध्ये १८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको एएनआईले जनाएको छ।
भारतमा हाल १ लाख ३८ हजार ५ सय संक्रमित रहेका छन् भने भाइरसका कारण ४ हजार मानिसले ज्यान गुमाएका छन्। भारत धेरै संक्रमित हुने १०औं देशको रुपमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।