एजेन्सी- पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका कम्तिमा पनि ९७ जना यात्रुको मृत्यु भएको छ भने दुईजनाको जीवितै उद्धार गरिएको छ।
दुर्घटनामा परेको विमानमा रहेका ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल ९९ जना रहेका थिए।
यसप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
शुक्रबार पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पिआइएको विमान कराची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका बेला दुर्घटना भएको थियो।
पाकिस्तानमा कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको थयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।