• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आलमको घरमा प्रदेश प्रहरीको छापा विवादित, प्रदेश २ का डिआइजीलाई स्पष्टीकरण

64x64
नारायण अधिकारी शुक्रबार, जेठ ९, २०७७  २३:१०
1140x725

काठमाडौं- केन्द्र र स्थानीय प्रहरीलाई जानकारी नै नदिई प्रदेश नम्बर २ ले रौतहटको राजपुर नगरपालिका-४ फरहदवामा रहेको पूर्वमन्त्री तथा प्रतिनिधिसभाका निलम्बित सांसद मोहमद अफताब आलमको घरमा छापा (रेड) हान्दा विवाद बढेको छ।

आलमको घरमा रौतहट बम काण्डका फरार अभियुक्त तथा आलमका भाइ महताब आलम आएको हुनसक्ने भन्दै बिहीबार राती साढे १२  बजे  सादा पोशाकमा रहेका प्रहरीले छापा मारेका थिए। विश्वस्त स्रोतका अनुसार सादा पोशाकका करिब २० प्रहरीसहित झण्डै ५० जनाको हाराहारीमा गएको प्रहरी टोलीले आलमको घरमा छापा मार्दा स्थानीयले प्रतिवाद गरेका थिए।

स्थानीयले प्रतिवादमा गोली समेत चलाउँदा प्रहरीलाई ज्यान जोगाउनै हम्मे भएपछि प्रहरीले समेत हवाई फाएर गर्नुपरेको थियो। प्रदेश २ ले १२ राउण्ड गोली प्रहार भएको दावी गरे पनि स्थानीय र जिल्लातहको प्रहरी नेतृत्वबाट केन्द्रमा आएको सूचना अनुसार २ दर्जन बढी गोली चलेको थियो।

स्थानीयको प्रतिकार र प्रहरीलाई आएको सूचना गलत देखिएपछि प्रदेशको प्रहरी फर्किएको थियो। तर स्थानीयले शुक्रबार पनि प्रहरीले ज्यादती गरेको र दुःख दिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

प्रदेश प्रहरीले सो अप्रेशन चलाउँदा केन्द्रसँगै जिल्लातहको प्रहरी नेतृत्व, प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीलाई समेत जानकारी नदिई अप्रेसनमा खटिएको र सूचना समेत गलत देखिएपछि अहिले सो अप्रेशन विवादमा आएको छ। प्रदेशले छापा मार्न कार्यक्षेत्र नपर्ने प्रहरी कार्यालयका प्रहरीको प्रयोग गरेको थियो।

छापा मार्न प्रदेश २ प्रहरी कार्यालयको ठाडो आदेशमा इलाका प्रहरी कार्यालय सिमरा, बाराका डिएसपी गोविन्द पुरीसहितको टोली रौतहट पुगेको थियो। उनीसहित सिमराकै सई सागर समशेर राणाको टोली बाराबाट रौतहट पुगेको थियो। जबकी यस घटनाबारे स्थानीय प्रहरीलाई कुनै जानकारी नै दिइएको थिएन।

गोप्य अप्रेशन भए पनि प्रहरी प्रधान कार्यालयसँग समन्वय हुने गरेको थियो। तर यो अप्रेशनमा प्रदेश नम्बर २ का प्रमुख धिरजप्रताप सिंहले प्रहरी महानिरिक्षकलाई समेत गुमराहमा राखेपछि केन्द्रले उनलाई प्रष्टीकरण सोधेको छ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सिंहलाई मौखिक स्पष्टिकरण सोध्दा उनले चित्त बुझ्दो जवाफ नदिएपछि लिखित प्रष्टीकरण सोध्ने तयारी भएको छ। केन्द्रलाई जानकारी नगराएको, आएको सूचनाको पुष्टिको प्रयासै नगरी जिल्लातहको नेतृत्वतहसँग समेत समन्व नगरी असम्बन्धित प्रहरी कार्यालयका प्रहरी परिचालन गरेर प्रहरी कर्मचारीको ज्यान जोखिममा पारेको भन्दै केन्द्रले सिंहसँग प्रष्टीकरण लिने तयारी गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला प्रहरी कार्यालय रौतहटका अधिकारीले आफूहरुलाई जानकारी नदिई छापा मारिएको र समस्या आएपछि मात्रै जानकारी आएको जनाएको छ। स्थानीय प्रहरीलाई समेत खबर नगरी छापा मार्न सादा पोशाकमा प्रहरीले आलमको घरको गेट तोडफोड गरेर भित्र प्रवेश गर्ने प्रयास गरेका थिए। घरमा रहेकाहरुले प्रतिकार गरेर आक्रमण सुरु गरेपछि प्रदेशको टोली संकटमा परेको थियो। त्यसपछि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको थियो। 

मध्यराति गेट तोडफोड गरेर भित्र प्रवेश गर्न लागेपछि आलमका परिवारका सदस्यहरु डाका आएको भन्दै चिच्याएका थिए।

‘डाका आएको भनेर चिच्याएपछि नजिकै रहेको मस्जिदको साइरन बजाएर स्थानीयले मन्त्रीको घरमा डाका आएको भन्दै कराएका थिए। त्यसपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले प्रहरीलाई घेरेर ट्रयाप्पमा पारेका थिए।

स्थानीयले प्रहरीलाई डाका भनेर घेरेर ट्र्यापमा पारेपछि जोगिन प्रदेशको टोलीले  २ दर्जन हवाई फायर गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘दुई दर्जनभन्दा बढी हवाई फायर भएको छ। तर भन्नलाई प्रहरीले एक दर्जनमात्रै भनेको छ’ स्रोतले भन्यो।

Xtrem

Xtrem

यता प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले एक दर्जनमात्र हवाई फायर गरेको दाबी गरेका छन्।

प्रहरीले हवाई फायर गर्दै प्रहरी हौं भनेपछि स्थानीय शान्त भएका थिए। स्थानीयले डाका भनेर आक्रमण गर्दा दुई जना प्रहरी सामान्य घाइते भएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।

स्थानीय प्रहरीलाई समेत कुनै जानकारी नदिई जनकपुर र बाराबाट प्रहरी लगेर रौतहटमा छापा हानेको प्रहरीले केन्द्रलाई समेत कुनै जानकारी दिएको थिएन। 

‘यस्तो ठूलो अपरेशन थियो भने सम्बन्धित लोकल प्रहरीलाई जानकारी दिनुपर्ने हो। त्यहाँमाथि यति ठूलो अपरेशनमा केन्द्र प्रहरीलाई जानकारी गराउनुपर्ने हो। तर यहाँ न लोकल प्रहरीलाई जानकारी गराएको पाइयो न केन्द्र प्रहरीलाई नै’ स्रोतले भन्यो, ‘संगठनको चेन अफ  कमाण्ड हुन्छ। कसैलाई जानकारी नदिई किन छापा मारियो यसबारे संगठनले आवश्यक सोधपुछ गर्छ।’

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले आलमका भाइसहित तीनजना घरमा आएको सूचना आएपछि छापा मारेको दाबी गरे। तर प्रहरीले कसैलाई पनि फेला नपरेकाले सूचना गलत रहेको देखिन्छ।

एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा पुर्पक्षका लागि आलम जेलमा छन्। उनी कारागारमा रहेपनि उनको भाइसहितका अन्य अभियुक्त फरार छन्।

आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलगायत फरार छन्। उनीहरुमध्ये तीनजना गए राति रौतहट आएको सूचना आएपछि छापा हान्न गएको प्रदेश २ प्रहरी कार्यालयको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्