• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आलमको घरमा प्रदेश प्रहरीको छापा विवादित, प्रदेश २ का डिआइजीलाई स्पष्टीकरण

64x64
नारायण अधिकारी शुक्रबार, जेठ ९, २०७७  २३:१०
1140x725

काठमाडौं- केन्द्र र स्थानीय प्रहरीलाई जानकारी नै नदिई प्रदेश नम्बर २ ले रौतहटको राजपुर नगरपालिका-४ फरहदवामा रहेको पूर्वमन्त्री तथा प्रतिनिधिसभाका निलम्बित सांसद मोहमद अफताब आलमको घरमा छापा (रेड) हान्दा विवाद बढेको छ।

आलमको घरमा रौतहट बम काण्डका फरार अभियुक्त तथा आलमका भाइ महताब आलम आएको हुनसक्ने भन्दै बिहीबार राती साढे १२  बजे  सादा पोशाकमा रहेका प्रहरीले छापा मारेका थिए। विश्वस्त स्रोतका अनुसार सादा पोशाकका करिब २० प्रहरीसहित झण्डै ५० जनाको हाराहारीमा गएको प्रहरी टोलीले आलमको घरमा छापा मार्दा स्थानीयले प्रतिवाद गरेका थिए।

स्थानीयले प्रतिवादमा गोली समेत चलाउँदा प्रहरीलाई ज्यान जोगाउनै हम्मे भएपछि प्रहरीले समेत हवाई फाएर गर्नुपरेको थियो। प्रदेश २ ले १२ राउण्ड गोली प्रहार भएको दावी गरे पनि स्थानीय र जिल्लातहको प्रहरी नेतृत्वबाट केन्द्रमा आएको सूचना अनुसार २ दर्जन बढी गोली चलेको थियो।

स्थानीयको प्रतिकार र प्रहरीलाई आएको सूचना गलत देखिएपछि प्रदेशको प्रहरी फर्किएको थियो। तर स्थानीयले शुक्रबार पनि प्रहरीले ज्यादती गरेको र दुःख दिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

प्रदेश प्रहरीले सो अप्रेशन चलाउँदा केन्द्रसँगै जिल्लातहको प्रहरी नेतृत्व, प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीलाई समेत जानकारी नदिई अप्रेसनमा खटिएको र सूचना समेत गलत देखिएपछि अहिले सो अप्रेशन विवादमा आएको छ। प्रदेशले छापा मार्न कार्यक्षेत्र नपर्ने प्रहरी कार्यालयका प्रहरीको प्रयोग गरेको थियो।

छापा मार्न प्रदेश २ प्रहरी कार्यालयको ठाडो आदेशमा इलाका प्रहरी कार्यालय सिमरा, बाराका डिएसपी गोविन्द पुरीसहितको टोली रौतहट पुगेको थियो। उनीसहित सिमराकै सई सागर समशेर राणाको टोली बाराबाट रौतहट पुगेको थियो। जबकी यस घटनाबारे स्थानीय प्रहरीलाई कुनै जानकारी नै दिइएको थिएन।

गोप्य अप्रेशन भए पनि प्रहरी प्रधान कार्यालयसँग समन्वय हुने गरेको थियो। तर यो अप्रेशनमा प्रदेश नम्बर २ का प्रमुख धिरजप्रताप सिंहले प्रहरी महानिरिक्षकलाई समेत गुमराहमा राखेपछि केन्द्रले उनलाई प्रष्टीकरण सोधेको छ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सिंहलाई मौखिक स्पष्टिकरण सोध्दा उनले चित्त बुझ्दो जवाफ नदिएपछि लिखित प्रष्टीकरण सोध्ने तयारी भएको छ। केन्द्रलाई जानकारी नगराएको, आएको सूचनाको पुष्टिको प्रयासै नगरी जिल्लातहको नेतृत्वतहसँग समेत समन्व नगरी असम्बन्धित प्रहरी कार्यालयका प्रहरी परिचालन गरेर प्रहरी कर्मचारीको ज्यान जोखिममा पारेको भन्दै केन्द्रले सिंहसँग प्रष्टीकरण लिने तयारी गरेको हो।

Ncell 2
Ncell 2

जिल्ला प्रहरी कार्यालय रौतहटका अधिकारीले आफूहरुलाई जानकारी नदिई छापा मारिएको र समस्या आएपछि मात्रै जानकारी आएको जनाएको छ। स्थानीय प्रहरीलाई समेत खबर नगरी छापा मार्न सादा पोशाकमा प्रहरीले आलमको घरको गेट तोडफोड गरेर भित्र प्रवेश गर्ने प्रयास गरेका थिए। घरमा रहेकाहरुले प्रतिकार गरेर आक्रमण सुरु गरेपछि प्रदेशको टोली संकटमा परेको थियो। त्यसपछि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको थियो। 

मध्यराति गेट तोडफोड गरेर भित्र प्रवेश गर्न लागेपछि आलमका परिवारका सदस्यहरु डाका आएको भन्दै चिच्याएका थिए।

‘डाका आएको भनेर चिच्याएपछि नजिकै रहेको मस्जिदको साइरन बजाएर स्थानीयले मन्त्रीको घरमा डाका आएको भन्दै कराएका थिए। त्यसपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले प्रहरीलाई घेरेर ट्रयाप्पमा पारेका थिए।

स्थानीयले प्रहरीलाई डाका भनेर घेरेर ट्र्यापमा पारेपछि जोगिन प्रदेशको टोलीले  २ दर्जन हवाई फायर गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘दुई दर्जनभन्दा बढी हवाई फायर भएको छ। तर भन्नलाई प्रहरीले एक दर्जनमात्रै भनेको छ’ स्रोतले भन्यो।

यता प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले एक दर्जनमात्र हवाई फायर गरेको दाबी गरेका छन्।

प्रहरीले हवाई फायर गर्दै प्रहरी हौं भनेपछि स्थानीय शान्त भएका थिए। स्थानीयले डाका भनेर आक्रमण गर्दा दुई जना प्रहरी सामान्य घाइते भएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।

स्थानीय प्रहरीलाई समेत कुनै जानकारी नदिई जनकपुर र बाराबाट प्रहरी लगेर रौतहटमा छापा हानेको प्रहरीले केन्द्रलाई समेत कुनै जानकारी दिएको थिएन। 

‘यस्तो ठूलो अपरेशन थियो भने सम्बन्धित लोकल प्रहरीलाई जानकारी दिनुपर्ने हो। त्यहाँमाथि यति ठूलो अपरेशनमा केन्द्र प्रहरीलाई जानकारी गराउनुपर्ने हो। तर यहाँ न लोकल प्रहरीलाई जानकारी गराएको पाइयो न केन्द्र प्रहरीलाई नै’ स्रोतले भन्यो, ‘संगठनको चेन अफ  कमाण्ड हुन्छ। कसैलाई जानकारी नदिई किन छापा मारियो यसबारे संगठनले आवश्यक सोधपुछ गर्छ।’

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले आलमका भाइसहित तीनजना घरमा आएको सूचना आएपछि छापा मारेको दाबी गरे। तर प्रहरीले कसैलाई पनि फेला नपरेकाले सूचना गलत रहेको देखिन्छ।

एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा पुर्पक्षका लागि आलम जेलमा छन्। उनी कारागारमा रहेपनि उनको भाइसहितका अन्य अभियुक्त फरार छन्।

आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलगायत फरार छन्। उनीहरुमध्ये तीनजना गए राति रौतहट आएको सूचना आएपछि छापा हान्न गएको प्रदेश २ प्रहरी कार्यालयको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा... बिहीबार, मंसिर २५, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो । बुधबार, मंसिर २४, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ ‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने। बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान शुक्रबार, मंसिर २६, २०८२
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
अहिलेको अवस्थाबाट निकाश पाउन निष्पक्ष निर्वाचन सम्पन्न हुनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, मंसिर २६, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्