• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

राष्ट्रवाद र राष्ट्रबाद

सुरेश गिरी शनिबार, जेठ १०, २०७७  १०:०४
1140x725

ब्लग लेख्नु भन्दा पहिला त यो राष्ट्रवाद भन्ने शब्द कसरी लेखिन्छ भन्नेमै सन्देह भयो। यसो गुगलमा 'सर्च' गरेको राष्ट्रवादको अर्थ त 'नेसनालिजम्' भनेर आयो। अब अलिकति कुरो बुझे जस्तो लाग्यो राष्ट्रवाद भनेको राष्ट्रियता रहेछ। अब यो राष्ट्रियताबारे पनि गुगल गर्ने विचार गरेँ। अर्को शब्द भेटेँ- राष्ट्रभक्ति। जति खोज्दै गयो त्यति गहिरो शब्दजाल रहेछ राष्ट्रवाद, राष्ट्रियता र राष्ट्रभक्ति भन्ने विषय। 

सुन्दा सबै उस्तै लाग्ने तर अर्थ सबैको फरकफरक। त्यति बुझेपछि एउटा टुंगोमा पुर्याएँ यो 'राष्ट्रवाद' भनेको हिन्दी शब्द हो। हाम्रो राष्ट्रबाद हो। किनकी हामी 'राष्ट्र+बा+द' भन्छौँ। हाम्रा छिमेकी 'राष्ट्र+वा+द' भन्दा रहेछन्। यहाँ फरक भनेको त 'बा' र 'वा' को मात्र देखेँ। के यो 'वा' या 'बा' ले नै सबै कुरा बिगारेको हो त? यो विषयमा फेरि सोच्न बाध्य बनायो। फेरि सुरु भयो- यो 'वा' र 'बा'को भिन्नताको खोजी। यो 'बा' त भोजपुरी गीतमा  नभै नहुने वाक्य रहेछ। जे गीत गाए पनि 'गएलबा', 'भएलबा', 'गरेलबा', … अनगिन्ती। 

नेपालीमा म र मेरा 'बा', 'बा' ईश्वर हुन्, 'बा' कता जानुभो यस्तै यस्तै फेला परे। सबै कवितावाला 'बा'। सबै कविता आमाका नाममा हुन्छ भन्ने सुनेको बाको बारेमा पनि फालाफाल कविता रहेछन्। यो राष्ट्रवादको खोजीमा 'बा' कविता भेटियो। भेटेकोमा म चार वर्षको हुँदा मेरा बा, छ वर्षको हुँदा मेरा 'बा' भन्ने खुब मनपर्यो। गुगल गर्नुस् तपाईलाई पनि पक्कै मनपर्छ। 

अब कुरा गरौँ छिमेकीको 'वा' को। यो 'वा' भन्ने वाक्य अलि पावरफूल रहेछ। यसको त फ्याट्टै विक्सनरी नै भेटियो। भित्र हेरेको त हिन्दी मात्रै हैन संस्कृत, कन्नड़, कोंकणी, नेवारी र पाली भाषामा पनि प्रयोग हुने वाक्य रहेछ। 'वा' ले 'बा'लाई त्यतिकै हेपेको रहेछन् भन्ने कुरो छर्लङ्ग भयो। 

यी सबै कुरो हेरेपछि बल्ल दिमागमा घुस्यो यो राष्ट्रवाद भन्ने शब्द नै यति गहिरो रहेछ की यसको अर्थ फरकफरक तरिकाले व्याख्या गर्न सकिने रहेछ। तपाईंले कुन कुरामा यो शब्दलाई अगाडि बढाउने भन्ने कुरामा तपाईको आन्तरिक रहर, इच्छा र परिचालित को संख्यामा भर पर्ने रहेछ। जसले तपाईंलाई अजय र अमर बनाउने कुरा तय गर्दछन्। यो शब्दलाई सही या गलत जुनसुकै अर्थमा प्रयोग गर्न सक्नुभयो भने तपाईंको पछाडि लाइन लाग्नेहरूको कमी नहुने हुँदा बेलाबेलामा यो शब्दको चर्चा परिचर्चा हुने गर्दो रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो शब्दको गलत प्रयोगले पनि तपाईका जतिसुकै असफलताका कर्मलाई तुरुन्त बिर्सन बाध्य बनाउँछ। जब तपाईं असफलताको चरम बिन्दुमा पुग्नुहुन्छ यो एउटा यस्तो मन्त्र हो, जसले तपाईंलाई सफलताको उत्कर्षमा तुरुन्त पुर्याउन सहयोग गर्दछ। शब्दकोषमा रहेको यो यस्तो शब्द हो, जसको प्रयोगले तपाईंलाई सबै कुरा देख्दादेख्दै र सुन्दासुन्दै पनि अन्धो र बहिरो बनाउन सक्छ। जब तपाईंले यो शब्दलाई गलत प्रयोजनको लागि प्रयोग गर्दा पनि यो गलत भयो भन्न सक्ने कोही पनि भेट्न सक्नुहुन्न। यति वजनदार शब्द हो कि  यसको जुनसुकै भाषामा उल्था गरेपनि यसको राप तापमा कुनै कमी आउँदैन। 

अब कुरो गरौँ 'बा'को। 'बा' भन्नाले राष्ट्रबादको। सहरै नभएको गाउँ नै गाउँले भरिएको, हरिया डाँडाकाँडा, कोषौँकोष टाढासम्म पाठशाला नभएको, रामायणमा खराउको कथा सुनेको तर चप्पल पनि नदेखेका, मिठोमसिनो खानलाई दशैंतिहार कुरेका, दुःखदर्द सबै देखेका बुझेका कठै मेरो 'बा'। हिजो सबै एकै हुन्, सबै समान हुनुपर्दछ भनेर जेलनेल भोगेका सबैको लागि लडेका आफूभन्दा हुने खानेलाई सामन्ती देखेका। जेलनेल, दुःखकष्ट सबै बुझेका केही गर्न सक्छन् भन्ने सबैले आश राखेका आदिआदि गुणले भरिएका मेरा 'बा'। 

आजभोलि कोरोना वा कोभिडको चंगुलमा पसेको विश्व र त्यसैको कहरमा थला परेकी आमाको ध्यान दिनुपर्ने बेला मेरा 'बा' 'वा'सँग जोरी खोजी रहेका छन्। 'बा'लाई राम्रोसँग थाहा छ- यो जोरी खोज्ने बेला होइन। आफ्ना बाउबाजेले जम्मा गरेर राखेका प्रमाण, साक्षी जम्मा गरेर सिधै 'वा'सँग कुरा गर्ने हो। न कि हल्ला गर्दै कटवाल बोलाउन लाग्ने। 'बा' ले 'वा'विरुद्ध जाइलागे जस्तो गरे भने पनि बाचुन्जेलसम्म मात्र होइन मरेपछि पनि अम्मर रहन्छु भन्ने भ्रम पालेकाले गर्दा नै 'बा' अहिले 'वा'सँग डगमगाएका छैनन्। 

'बा'ले 'वा'सँग धेरै कुरा फिर्ता लिनु छ। 'बा'ले यो कुरा बुझ्न जरुरी छ। यी घरभित्रका आफ्ना आफन्तसँग गर्जेर केही हुनेवाला छैन। गर्जने त सिधै 'वा'सँग हो। 'वा'सँग 'बा'को दुईचार पटक राम्रैसँग उठबस भएकै हो। 'बा'ले सिधै कुरा गर्न किन सक्नु भएन? किनकि 'बा'लाई राम्रोसँग थाहा थियो- असफलताको चरमबिन्दुमा पुगको। सिधै प्रमाणसहित कुरा गरेँ भने कसैले सुन्ने पनि छैन। मेरो असफलतालाई ढाकछोप गर्ने कोही हुने छैन। 

'बा'सबैलाई ढाँटेपनि मानिसले आफूलाई आफूले कहिल्यै ढाँट्न सक्दैन। एकपटक त्यो चारैतिरबाट स्वार्थले भरिएका स्वार्थी समूहको पर्खाल तोडेर बाहिर निस्कनु होला। हिजो जसको लागि ज्यानको बाजी लगाएर लड्नुभयो ती गरिबदुःखीको आवाज सुनिदिनु होला। जय देश! जय राष्ट्रबाद!!

@Rhishendra

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लिभरपुलको पहिलो जित
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी शनिबार, भदौ २०, २०८३
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्