• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भविष्य नदेखेको नीति तथा कार्यक्रम

डा गोविन्द पोखरेल बिहीबार, जेठ ८, २०७७  १७:५५
1140x725

सरकारले करिब ८ हप्ता देशभरि लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनले  संक्रमण त के-कति रोकेको छ, त्यो त अनुमान गर्न गाह्रो छ। तर लकडाउनको व्यवस्थापन राम्रो गर्न नसक्दा संक्रमण रोकिने छाँट भने छैन। देशको आर्थिक-सामाजिक अवस्था भने डरलाग्दो किसिमले बिग्रिन सक्ने हुँदा राजनीतिक अस्थिरता पनि ल्याउन सक्ने सम्भावना चाहिँ प्रबल छ। 

देशको यस्तो कठिन मोडमा आएको नीति तथा कार्यक्रमले उल्लेख गरेका आगामी वर्षका सरकारका प्रस्तावित धेरै गतिविधिले कोभिड-१९ को कारणले विश्वका अरु देशमा भएको जस्तो अवस्था नेपालमा हुँदैन भन्ने आकलन गरेको देखिन्छ। नीति तथा कार्यक्रमले सरकारका गत दुई वर्षका लोकरिझ्याँइका स्वप्नदर्शी पुलिन्दालाई निरन्तरता दिई पस्केको छ।

कोभिड-१९को कारणले मुख्यतया असर पार्ने क्षेत्र स्वास्थ्य, शिक्षा, रोजगारी, खाध्य संकट, देशको राजस्व, देशले तिर्नुपर्ने ऋणको सावाँ-ब्याज र आयात गर्दा चाहिने विदेशी मुद्राको जोहो गर्न हम्मेहम्मे हुनसक्ने अनुमान सजिलै लगाउन सकिन्छ। यी समस्याबाट हाम्रो आर्थिक सामाजिक क्षेत्रमा पर्ने असरहरूलाई आगामी बजेट एवं नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने छ। 

तर, विश्वभर फैलिएको कारणले नेपालमा पनि हुने समस्याका बारेमा सरकारले आगामी वर्षमा लिने नीति र कार्यक्रमले स्पष्ट बोलेको छैन। माहामारीको बारेमा विश्व स्वास्थ संगठन तथा अन्य विज्ञहरूले यो संक्रमण ६ महिनादेखि २ वर्षसम्म हुने प्रक्षेपण गरिरहँदा सरकारले साउनदेखि लागू हुने नीति तथा कार्यक्रम ल्याउँदा कोरोनाबाट देशले त्यतिबेलासम्म पार पाउने कुरामा ढुक्क देखिएको छ। 

नीति तथा कार्यक्रम धेरै आत्मपरक देखिएको छ। गएको वर्ष नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने दावी गरेको थियो र पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार बनाउन सरकार सफल भएको भनेको थियो। तर दुई वर्ष अगाडिको नीति तथा कार्यक्रममा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रीय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी एक वर्षमा सञ्चालनमा ल्याइने छ भनिएको थियो र गत वर्ष पनि सन् २०१९ भित्र सञ्चालनमा ल्याइने भन्ने कुरा फेरि पनि अहिलेको नीति तथा कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने भनिएको छ। 

आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी प्रसारण लाइनमा जोडिने छ भन्ने कुरा अहिले पनि छ, गत वर्ष पनि थियो। झण्डै दुई तिहाइको सरकारले निर्धारण गर्ने लक्ष्य यस्तो पाराले गरिने कुरा सोच्न पनि सकिँदैन। तर सरकारको नीति कार्यकर्मले जग हसाएको छ।

अहिले नै व्यापक रूपमा रोजगारी र स्वरोजगारी उपलब्ध गराउने साना तथा मझौला उद्योग बन्द छन्। घरेलु हिंसा, भोकमरी, उपचार नपाउने अवस्थामा परेकालाई सहयोग गर्नुपर्ने हुन्छ। तर नीति तथा कार्यक्रममा सरकारले यसबारेमा पूरै बेवास्ता गरेको छ। 

त्यसैगरी बुँदा नम्बर ३० मा आब २०७५/७६ को नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा कृषिमा उत्पादन दोब्बर बनाउने भनिएकोमा दुई वर्षपछि अहिले आएर १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउने छ भन्दा कृषि जस्तो करिब ६० प्रतिशत रोजगारी उपलब्ध गराउने र २७ प्रतिशत कूल गार्हस्थ उत्पादनमा योगदान दिने महत्वपूर्ण क्षेत्रमा वर्तमान सरकारको लक्ष्य निर्धारण कति हचुवाको भरमा हुँदो रहेछ भन्ने देखाउँछ। नीति तथा कार्यक्रममा यस्ता उदाहरण धेरै छन्, यसले सरकारको तयारी छैन भन्ने देखाउँछ। आशा गरौँ, अगामी दिनमा आउने बजटले यस्तो गल्ती दोहोर्‍याउने छैन।

nimb
nimb
Ncell 2
Ncell 2

अहिले नै व्यापक रूपमा रोजगारी र स्वरोजगारी उपलब्ध गराउने साना तथा मझौला उद्योग बन्द छन्। तिनमा लगानी गर्नेहरूको लगानी डुबिसकेको छ। त्यस्तै उद्योग, कृषि क्षेत्र र यससँग सम्बन्धित उद्योगमा लगानी गर्ने निजी क्षेत्रको लगानी ठूलो जोखिममा छ। कोभिड-१९ र लकडाउनले गर्दा रोजगारी र स्वरोजगारी गुमाएका धेरै नागरिकलाई जीविकोपार्जन गर्न समस्या पर्नेछ। जोखिममा परेका महिला तथा बालबालिका, अपांगता भएका, दैनिक ज्यालादारी गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने, अस्थाई बसोबास गर्ने, दीर्घरोगी लगायतका नागरिकलाई 'पोषण भौचर' उपलब्ध गराउन सकिन्छ। घरेलु हिंसा, भोकमरी, उपचार नपाउने अवस्थामा परेकालाई सहयोग गर्नुपर्ने हुन्छ। तर नीति तथा कार्यक्रममा सरकारले यसबारेमा पूरै बेवास्ता गरेको छ। 

सरकारले अगामी बजेटमा मुख्यतया ५ वटा विषयमा ध्यान दिनुपर्ने हुन्छ। पहिलो प्राथमिकता भनेको संक्रमण रोक्ने र संक्रमितको उपचार गर्नका लागि स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार र जनशक्तिको जोहो गर्ने, लकडाउन र संक्रमणपछि पर्ने आर्थिक-सामाजिक असरहरूको लागि राहत तथा पुनर्ताजगीका कार्यक्रमहरू ल्याउनु पर्नेछ। 

दोस्रो प्राथमिकता भनेको रोजगारीका अवसरहरू सिर्जना गर्न सरकारले उत्पादन बढाउने, पूर्वाधारको निर्माणलाई गतिदिने र लगानीको व्यापक मात्रामा वृद्धि गर्ने कार्यक्रममा जोड दिनुपर्ने हुन्छ। उत्पादनमा मुख्यतया कृषि र यसमा आधारित उद्योगहरू र नेपालमै पाइने कच्चा पदार्थमा आधारित उद्योगहरू तुरुन्तै सञ्चालन गर्न सकिने छ। कृषिमा क्लस्टरिङ गरी उत्पादन गर्ने, बिमा, सहुलियतमा ऋण लगायतका किसानलाई आवश्यक पर्ने सामग्री, लगानी र पूर्वाधारलाई नयाँ सोचका साथ उपलब्ध गराउनु पर्नेछ। युवाहरूलाई ग्रामीण भेगमा कृषिमा आकर्षण गर्न ग्रामीण भेगका स्वास्थ्य र शिक्षाको गुणस्तर बढाउन जरुरी छ। यसमा पनि जोस दिनुपर्ने हुन्छ। 

अहिले करिब ४३ हजार किलोमिटरभन्दा बढी स्थानीय सडक धुले छन्। त्यस्तै सिंचाई, खानेपानी, प्रसारण लाइन लगायतका पूर्वाधार निर्माणमा बजेट छुट्याएर धेरै रोजगारीका अवसर सिर्जना हुनेछन्। त्यस्तै कृषि र निर्माण क्षेत्रले मात्रै सबैलाई रोजगारी उपलब्ध गराउन नसक्ने हुँदा आगामी बजेटले लगानीको लागि माहोल सिर्जना गर्नुपर्ने हुन्छ।

तेस्रो महत्वपूर्ण विषय क्षमता वृद्धि हो। विदेशबाट फर्किएकाको सिपको वर्गीकरण गर्ने, रोजगार गुमाएकाहरूको सिपलाई वर्गीकरण गर्ने र स्वरोजगार हुन चाहनेले माग गरेका सिपको वर्गीकरण गरेर उपलब्ध सिपको अभिवृद्धि गर्ने, नयाँ परिवेश सुहाउँदो गर्ने र सिप नभएकालाई सिप सिकाउने कार्यक्रमहरू आगामी दिनमा बजेटमा ल्याउनु पर्छ।

त्यस्तैगरी सरकारी संरचनामा आवश्यक मात्रामा जनशक्तिको व्यवस्थापन गर्ने, जनशक्तिको अभिमुखीकरण तथा क्षमता वृद्धि गर्ने, संरचनालाई आवश्यक पूर्वाधारको व्यवस्था गर्ने कार्यक्रमहरू पनि ल्याउनुपर्ने छ। विकास बजेट खर्च नहुनुका धेरै कारणमध्ये यो पनि एक प्रमुख कारण हो। सरकारी संरचनालाई क्षमतावान तथा क्रियाशील बनाएर र बजारले माग्ने जनशक्ति तयार गरे मात्र लगानीको माहोल बन्ने हो। त्यसैले थप लगानी ल्याउनका लागि पनि क्षमता वृद्धिको अभियान अगाडि बढाउन जरुरी छ।

चौथो महत्पूर्ण पक्ष भनेको नीतिगत सुधार हो। सरकारले दुई वर्षमा धेरै उपलब्धि हासिल नगरे पनि अनुभव चाहिँ धेरै गरेको छ। त्यसैले दुई वर्षमा देखिएका नीतिगत र संरचनागत अप्ठ्याराहरू फुकाउने प्रण आगामी बजेटले गर्नुपर्ने हुन्छ जसले गर्दा विकास खर्च बढोस्, लगानीको माहोल बनोस् र उत्पादन वृद्धि भई रोजगारीका अवसर सिर्जना होउन्।

पाँचौं महत्वपूर्ण पक्ष भनेको स्रोत जुटाउने, फजुल खर्च रोक्ने र उपलब्ध स्रोत उत्पादनशील क्षेत्रमा मात्र लगाउने गर्नुपर्छ। अहिले एकातिर सरकार स्रोतको संकटमा छ भने अर्कोतिर फजुल खर्च उच्च छ। यो विरोधाभासको अन्त्य हुनुपर्छ।

(पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।)

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्