नयाँ दिल्ली- भारतमा पछिल्लाे २४ घण्टामा ५,६११ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ भने १४० जनाकाे मृत्यु भएकाे छ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे चाैबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भएका हुन्। याेसँगै भारतमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ६ हजार ७५० पुगेकाे हाे।
२४ घण्टामा १४० जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ। याेसँगै मर्नेकाे संख्या ३,३०३ पुगेकाे छ।
मन्त्रालयका अनुसार ४२ हजार बिरामी निकाे भएका छन्। काेराेनाका सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।