काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले राजधानीका २ सुन पसलेलाई पक्राउ गरेको छ। न्यूरोडस्थित आर.के ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका सञ्चालक पवन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।
तस्करी गिरोहमा उनीहरु समेत संलग्नता रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरुलाई पक्राउ गरेको हो।
घटनामा संलग्न २० जना पक्राउ परेका छन्।
तस्करीको ३३ किलो सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको गत फागुन १८ गते करेन्ट लगाएर हत्या गरिएको थियो।
हत्यापछि मुख्य नाइकेहरुले महानगरीय अपराध महाशाखाका प्रहरीलाई परिचालन गरी अनुसन्धानलाई प्रभावीत बनाएका थिए। सो तथ्य खुलेपछि अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका तीन डिएसपीलाई महाशाखाबाट हटाइसकिएको छ।
उनीहरुले सुन तस्करीमा संलग्न गिरोहलाई कारबाही नहुने गरी अनुसन्धान गरेका थिए।
गृहमन्त्री रामबहादुर थापाले सो सूचना पाएपछि छानबिन थालेका थिए। जसक्रममा सो समूहले विमानस्थलबाट ठुलो मात्रामा सुन तस्करी गर्दै आएको खुलेको हो। एयरलाइन्सका कर्मचारीहरुसँग मिलेर सुन तस्करी हुँदै आएको खुलेको छ।
पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले शुक्रबार बिहान अनामनगर वृत्तको हिरासतमा आत्महत्या गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।