• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाका कारण निधन भएकी भाउजूप्रति

शलिक गौतम सोमबार, वैशाख २९, २०७७  १४:०२
1140x725

समाजमा बस्नुको अर्थ एकअर्काको सुखदुखमा साथ दिनु पनि हो। आफ्नो देश छोडेकाहरूलाई एकअर्काको साथ अझ अझ धेरै खट्कने गर्छ। साथ पाएका बेला यसको मूल्य पनि धेरै बढी हुने रहेछ। तर विश्वभर तवाही मच्चाएको कोरोना भाइरसको विपद्ले सुखमा त परै जाओस् दुखमा पनि साथ हुने भावना बन्देज लगाएको छ। 

सुखमा भन्दा दुःखमा साथ हुन नपाउँदा मन उकुसमुकुस हुने रहेछ। अदृश्य भाइरसको त्रासले जीवनको अन्तिम क्षणमा समेत साथ दिन सकिएको छैन। यस्तै भयो मेरो जीवनामा पनि, केही दिनअघि।

नेदरल्यान्ड आएर बस्न थालेपछि भाउजू हाम्रा लागि प्रिय बनिसक्नु भएको थियो। तर उहाँले दर्शाउने प्रियताको आयू पनि त्यति लामो रहेनछ। 

रगतको नाता नभएपनि विदेशमा नेपाली जति सबै आफ्नै लाग्दा रहेछन्। सायद देश र परिवेशले मेरा लागि उहाँ अझ प्रिय बन्नु भएको थियो होला। 

000

कोरोना भाइरसको संक्रमणपछि अस्पतालमा भाउजू उपचाररत हुनुहुन्थ्यो। विश्व नै लकडाउनको अवस्थामा चाहेर पनि अस्पताल गएर भेट्न वा घरमा गएर अन्य सदस्यसँग कुराकानी गर्न सम्भव थिएन।

हामी सबैले भाउजूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नै घरमा बस्नुको विकल्प थिएन। हामी यही प्रार्थनामा थियौं। 

भाउजूलाई शीघ्रातिशीघ्र कोरोनामुक्त बनाउन सक्ने शक्ति प्रदान गरून् भन्ने हाम्रा प्रार्थना सायद भगवानले सुनेनन् होला। भाउजूले संसारबाट बिदा लिनुभयो। 

Ncell 2
Ncell 2
nimb
nimb

000

बढी उमेर समूहका मानिसका लागि कोरोनाको संक्रमणका कारण ज्यानै जान सक्ने खतरा बढी हुन्छ भन्ने सुनिएको थियो। बाग्लुङकै एक जना वृद्धाले समेत कोरोना जितिसकेको र काठमाडौं सनसिटीकी ८१ वर्षीया हजुरामामा समेत कोरोनामुक्त भएको खबर सुनिसकेका हामी भाउजूलाई पूर्ण रूपमा निको हुन्छ भन्ने कुराबाहेक अरू कुनै पनि कुरा सोचेकै थिएनौं। भाउजूको उमेर त्यति पाको थिएन।

कोरोनाको संक्रमण जो कोहीलाई पनि हुन सक्छ। जतिसक्दो आफू सुरक्षित रहेमात्र अरूलाई पनि सुरक्षित राख्न सकिन्छ। लाउँलाखाउँला भन्ने उमेरमा नै कोरोनाले लुटेको भाउजूको जीवनका अन्तिम दिनमा समेत अस्पतालमा श्रीमान्, छोराछोरी कोही थिएनन्। नाबालक सन्तानले आफ्नी आमाको जीवनको अन्तिम क्षणमा मुख हेर्न त पाएनन्। मृत्यु भएपछि पनि पाएनन्। 

भाइरसको संक्रमण फैलन सक्ने जोखिमका कारण भाउजूको शव परिवारलाई दिइएन।

000

कोभिड-१९ का कारण भाउजूले सदाका लागि चिरनिद्रा रोजिसक्नु भएको थियो। मनले तुरुन्तै दाइलाई भेट्न जा भन्यो। तर भय र त्रासका अगाडि लाचार बन्नुपर्ने भयो।

सहानुभुति र समवेदनाको लागि भौतिक रूपमा उपस्थित हुन त्रास थियो। दुखद् खबर थाहा हुँदा पहिलोको जस्तो भए घरमा मानिसको भीड भइसकेको हुनथ्यो। अहिले मानिस जम्मा हुन पाइँदैन। 

अरुको के कुरा भयो। समयले यस्तो बनाएको थियो। सदाका लागि बिदा भएकी भाउजूलाई दाजुले समेत भिडियो क्यामेराबाट मात्र देख्न पाउनु भयो। अन्तिम क्षण एक घुट्की पानीसमेत पिलाउन पाउनु भएन।

त्यो पल शब्दमा लेख्न सकिन्न। मनमा फुटेको भक्कानो र अचानक आइपरेको विपद्को दर्दनाक अवस्था। 

000

विश्वको अति व्यस्तमध्येको एक नेदरल्यान्डको सिपोल एयरपोर्टमा चहलपहल सकिएको छ। यति बेला यहाँको आकाशमा विरलै जहाज देखिन्छन्। ती धेरैजसो जहाज पनि विगत जस्तो मानिसले भरिभारउ छैनन्। कार्गोका जहाज सामानले मात्र भरिएका छन्। मर्दापर्दा सयौंको संख्यामा उपस्थित हुने नेपाली डायस्पोरा सिपोल एअरपोर्टजस्तै सुनसान भयो। केही भएकै छैन जसरी। समयले कसरी मानिसलाई बसमा पारेर राख्छ, साह्रै तीतो अनुभव हुँदै थियो।

२ जना नाबालकले आमा गुमाएका छन्। अति नजिकका छिमेकी घर बाहिरसम्म पुगे। परिवारका अन्य व्यक्ति संक्रमित थिएनन् तर त्रासको अगाडि सबै लाचार थिए।

साँझको ८ बजेको थियो। एकजना दाइको फोन आयो। एक पटक त भेट्न जाउ भन्ने कुरा गर्नुभयो। म पनि तत्कालै तयार भएँ। जति पीडा भाउजूको देहान्तको खबर सुन्दा भएको थियो त्यति नै त्रास उहाँको परिवार भेट्न जाने बेला पनि भयो। सायद अरुलाई त्यसै भएको हुनुपर्छ।

तर हाम्रो त्रासभन्दा पीडा बढी भएको थियो सायद। हामी उहाँको परिवारलाई भेट्न नगई बस्न सकेनौं। हामी तीनजना भेटघाटको लागि गएका थियौं। ढोकाको घन्टी कस्ले बजाउने? ह्यान्डिल कस्ले समाएर खोल्ने? कुर्चीमा कसरी बस्दा हामीमा पनि मुखामुख भयो। अनेक तर्कना मनमा आइरहेका थिए।

त्यहाँ पुग्दाको शोकपूर्ण वातावरणको पीडा मैले लेख्न सकिरहेको छैन। अबोध बालकको मातृत्व चुँडालिएको थियो। उनीहरुका आँखाको जिज्ञासा मात्रै महसुस गर्न सकिन्छ शब्दमा व्यक्त गर्न सकिन्न।

दिवंगत भाउजुका मायालु श्रीमान अर्थात् दाइका अगाडि पहाड टुटेको थियो। बज्रपातले एकपलमै सबै भताभुङ्ग बनाइदिएको थियो। दाइले चियाका लागि अफर गर्नुभयो। सबैले पर्दैन भनेर टार्न खोज्यौं। त्यहाँ पनि त्रास अगाडि आएको थियो। दाइलाई भेट्न आएका भन्ने एउटा 'इथिक'ले छोडेन। हामीले चिया स्वीकार गर्नुको विकल्प देखेनौं। 

कुराकानीकै क्रममा स्वभाविक भाउजूको मृत्युको प्रसंग निस्कियो। स्वास्थ्य ठिकै थियो। संक्रमण पोजेटिभ देखिएपछि पनि स्वास्थ्य सामान्य थियो। त्यति नाजुक नभएको भन्ने परिवारको कुरा थियो। पछि श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो। भेन्टिलेटरसहितको आइसियूमा राखियो। रगतबाट अक्सिजन दिइएको थियो।

अत्याधुनिक प्रविधिबाट उपचार गराइएकाले निको हुने आशा हामी सबैमा थियो। परिवारमा पनि थियो। तर,  नतिजा पीडादायी भयो। 

फोक्सोले काम नगरेको र फोक्सोबाट हावा लिक भएका कारण रगतमा अक्सिजन नपुगेको समस्याले बिरामीको मृत्यु भएको चिकित्सकले बताएका थिए। सामान्य व्यक्ति निको भएर घर नआई सदाका लागि बिदा भएको विश्वास गर्न निकै गाह्रो थियो।

अस्पताल भर्ना भएपछि परिवारमा फोन भइरहन्थ्यो। एक दिन भाउजूले फोन गरेको सम्झँदै दाइले भन्नुभयो, ‘बाबा मलाई अति विशिष्ट सेवा दिँदै छ। म पछि फोन गर्छु है भन्दै फोन राखिन्। के थाहा नै अन्तिम फोन भन्ने। त्यो नै उनको अन्तिम बोली थियो। त्यस पछि उनि अलप भइन् सदाका लागि …।’ 

दाजुका शब्दले वातावरण फेरि एकपटक वातावरण कारुणिक बन्यो। दाजुको गला अवरुद्ध भयो। 

भाउजूले भन्नुपर्ने कति कुरा थिए होलान्। छोराछोरी श्रीमानलाई जीवनको अन्तिम क्षणमा देख्ने मन थियो होला। तर समय कठोर भएर उभिएको थियो। मानिस समयका अघि लाचार र विवश मात्र थिए।

जोखिमका कारण परिवारले मृतकको व्यवस्थापन परिवारले गर्न पाएन। सोही समयमा मनमा अनेक कुरा खेलिरहेका थिए। मनमनै सोचेँ- नेपालमा महामारी फैलियो भने के हालत होला?

हामी शोकाकुल परिवारलाई भेट्न पुगेकोले परिवारबाट पटकपटक फोन आइरहेको थियो। त्रासका कारण स्वाभाविक पनि थियो। 

हामी हिँड्नुपर्ने थियो। अन्य समयमा भए पालो दिने, बस्ने कुरा हुन्थ्यो। तर, महामारी र संक्रमणको आतंकले जरो गाडेको थियो। हामी विवश थियौं। घरपरिवार र सबैका ससाना छोराछोरी भएकाले पनि जोखिम लिन गाह्रो थियो।

कोभिडको कारण संसार आक्रान्त छ। युरोपेली देशहरुमा रहेको लकडाउनका कारण दैनिक जीवनचर्या नै ठप्पजस्तै छ। प्राय कामहरु बन्द छन्। सबै मानिसहरु घरमा नै बन्द छन् । 

समय बित्दै जाला। हामीमा परेको गहिरो घाउ पुरिँदै जाला। तर विवश ती बालकको मातृ वात्सल्य फर्केर आउने छैन। हामीलाई ग्लानी भइरहने छ।

प्रिय भाउजूको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली भन्नुभन्दा बढी केही बाँकी रहेन। परिवार शोकलाई शक्तिमा बदल्ने कामनाको लागि भगवानसँग प्रार्थना।

(लेखक नेदरल्यान्डको राजधानी एम्स्टरडममा बस्छन्।)

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्