• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जरा गाडेको भ्रष्टाचार कसरी निर्मूल गर्ने?

दिवाकर गौतम आइतबार, वैशाख २८, २०७७  १८:४१
1140x725

सार्वजनिक पदको दुरुपयोग गरी प्रचलित ऐन, कानुनद्वारा वर्जित कार्य गर्न शक्त्ति र सम्पत्ति आफ्नो पक्षमा हत्याउने क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ। सार्वजनिक पद धारण गरेका उच्च ओहोदामा विरासतदेखि न्यूनस्तरमा कार्यरतसम्मका व्यक्तिले गर्ने भ्रष्टाचारसम्मको वस्तुस्थति अध्ययन गरी ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वभरको प्रतिवेदन प्रकाशित गर्दै आएको छ। राज्यकोषको अनैतिक र अवैधानिक दोहनबारे आवाज उठाउँदै आएको यो संस्थाले सन् २०१९ मा प्रकाशित गरेको विवरणअनुसार नेपालले ३४ अंक प्राप्त गरेर ११३औं स्थानमा छ। यसको अर्थ नेपालमा चरम भ्रष्टाचार छ भन्ने हो। 

मूलतः शासकको भ्रष्ट सोच, नीतिगत भ्रष्टाचार, नोकरशाही दलाल पुँजीवाद, अनियमिता, अपारदर्शिता, एवम् स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा हुने घुसखोरीको भागीदारी नागरिकले हुनुपर्छ। राज्यकोषमा ब्रह्मलुट मच्चाएर कालोधनबाट समाजमा आनवश्यक तडकभडक देखाउने हुनाले भ्रष्टाचारले सामाजिक सहिष्णुतासमेत धरापमा पार्दै गइरहेको छ।

हाम्रो समाजमा अनगिन्ती भ्रष्टाचारका विषय छिपेका छैनन्। कोरोनाको माहामारीसँग जुधिरहेका बेला मानिस मृत्युपछि ओढाइने कात्रो किन्दा भ्रष्ट्राचार गरेको विषयले हाम्रो समाज कतिसम्म भ्रष्ट छ भनेर अनुमान गर्न गाह्रो छैन। भ्रष्टाचारको दुर्गन्धले जनता अचेत हुँदा पनि शासकको नाकका लागि सुधन्धित वायु बनेको छ भ्रष्टाचार।

भ्रष्ट्राचार, अनियमिता र घुसखोरीको मूल जरो पत्ता लाग्ने गरी अध्ययन नहुनु सबैभन्दा ठूलो कमजोरी हो। जंगलबाट विषवृक्ष निर्मूल गर्न हागाबिँगा मात्र काटेर हुँदैन। जरो उखेलेर नमिल्काएसम्म कुवृक्ष पलाउन छोड्दैन। विषवृक्षको जरो नै उखेलेर मिल्काएजस्तै भ्रष्टाचारीहरूलाई पनि कहिल्यै शिर उठाउन नसक्ने गरी नमिल्काएसम्म भ्रष्टाचार कम हुन थाल्दैन। रुखका हाँगाबिँगा काटे झन् झांगिने संभावना हुन्छ। भ्रष्ट एकदुई साना माछा समातेर छोड्नु भ्रष्टाचार झांगिने वातावरण निर्माण गर्नु मात्र हो। यसरी भ्रष्टाचार निर्मूल हुँदैन।

विश्वमा कम भ्रष्टाचार भएका देशमै रहेको शासन व्यवस्था हामीकहाँ पनि छ। तर हामी किन भ्रष्टाचारको चरम बेथितिमा छौं? राज्य संचालनको मूल नीति मानिने राजनीति र यसका चालकमा भएको जिम्मेवारीपनले मात्रै यसमा सुधार हुन सक्ने हो। तर हाम्रोमा भ्रष्ट कर्मचारीतन्त्र पोस्ने राजनीति छ। राष्ट्रसेवक कर्मचारी भ्रष्टिएका राजनीतिक चालकका पोषक मात्र बन्न पुगेका छन्। 

शासक योग्य र कुशल मात्र भएर पनि पुग्दैन, नैतिक र इमान्दार हुन पनि जरुरी छ। यदि नैतिकता र इमान्दारितामा प्रश्न उठे तत्काल हटाउन सक्ने व्यवस्था गर्न आवश्यक छ। 

हाम्रो निर्वाचन प्रणाली पनि भ्रष्ट्राचारिता पोस्ने प्रकृतिकै छ। ७५३ स्थानीय निकाय र तिनका ६ हजार ५ सय ५४ वडा कार्यालय, प्रतिनिधिसभामा २ सय ७५ (१ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक) र राष्ट्रियसभाका लागि ५९ सदस्यको  निर्वाचन गर्ने व्यवस्था छ। प्रदेशसभा सदस्य ५ सय ५० छन्। यसका लागि प्रत्येक दलका प्रतिनिधिले टिकट प्राप्त गर्ने, चुनाव प्रचारप्रसार काम गर्नु हुन्छ। भोजभतेर र पैसा नबाँडी चुनाव जित्नेको संख्या गन्न एक हातका औंला पनि धेरै हुन्छन्। वडाध्यक्षमा मात्रै चुनाव लड्दा पनि लाखौं खर्च भइसकेको हुन्छ। व्यापारीबाट चन्दा उठाएर गरिएको चुनावी ‍लगानीको प्रतिफल दिन नीतिगत भ्रष्टाचार हुने गरेका छन्। त्यतिले नपुगेर वडासमेतको राजनीतिक नेतृत्व राज्यकोष दोहनमा खुलेरै लागेको हेर्न टाढा जानुपर्दैन। 

घुसखोरी गर्ने र सुशासनको धज्जी उडाउने काममा लिप्त कर्मचारीतन्त्रको जडसूत्र राजनीति त हुँदै हो। त्यसका साथै राज्यकोषले दिने तलवभत्तासमेत कम भएको कर्मचारीको भनाइ छ। भाको पेटले नैतिकता भिरको डिलमा पुर्‍याएर अनियमितता गर्नुपरेको भनेर वकालत गर्ने पनि कम छैनन्। महँगी नियन्त्रण गर्नुको साटो सरकार आफ्ना नजिकका व्यापारीको एकाधिकार कायम गराउन उद्धत छ। राजनीतिक रुपमा तटस्थ भएर काम गर्नुपर्ने कर्मचारी शक्तिमा पुगेको दलको झन्डा ओढेर भ्रष्टाचार गरी जग हसाएको कुरा हामीलाई नौलो लाग्न छोडिसक्यो। मालदार कार्यालयमा सरुवा मिलाउन लाखौं रुपैयाँले भरिएका सुटकेससँगै नैतिकता पनि भ्रष्टीकरणको दलदलमा चुर्लुम्म राजनीतिक नेतृत्वलाई बुझाएको चर्चा पनि अब नौलो रहेन। 

nimb
nimb
Ncell 2
Ncell 2

संविधानको प्रस्तावनादेखि मौलिक हक, राज्य निर्देशक सिद्धान्त र नीतिको निष्पक्ष कार्यान्वयन गर्न संवैधानिक निकाय, शक्ति सन्तुलन र पृथकीकरणका आधारमा तीनै तहका सरकारका संरचना तयार गरिए तापनि भ्रष्टाचार, सुशासनको अभाव, अपारदर्शिता र अनियमिता कम हुने कुनै छाँट छैन। यो पुस्ताको राजनीतिक नेतृत्वबाट भ्रष्टाचार अन्त्य हुने कल्पना अब दिवास्वप्न मात्र बनिसकेको छ। राजनीतिक ईच्छाशक्ति हुने हो भने कर्मचारीबाट हुने भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छैन। तर अहिलेको राजनीतिक नेतृत्वको पुस्तामा भ्रष्टाचारप्रति शून्य सहनशीलता भेटाउनु बालुवामा खोजेर सुन भेटाउनुजस्तै हो। 

नयाँ पुस्ताको राजनीतिक नेतृत्वबाट केही होला भन्ने अपेक्षा गर्न सकिन्छ। निर्वाचन पद्धति सुधार गरी जनतालाई प्रश्न गर्न सक्ने बनाउने शिक्षाको आवश्यकता छ। शासक योग्य र कुशल मात्र भएर पनि पुग्दैन, नैतिक र इमान्दार हुन पनि जरुरी छ। यदि नैतिकता र इमान्दारितामा प्रश्न उठे तत्काल हटाउन सक्ने व्यवस्था गर्न आवश्यक छ। 

सहरदेखि दुरदराजसम्मका नागरिकलाई सशक्तीकरण गर्न आवश्यक छ। जनताले आफू शासक भएको र चुनिएर गएको राजनीतिक नेतृत्वले सेवक मात्र भएको अनुभूति नभएसम्म भ्रष्टाचारको जरा हल्लिँदैन। 

राजनीतिक नेताको चुनाव अगाडिको सम्पत्ति विवरण र निर्वाचित भई कार्यकाल प्रश्चातको यथार्थ सम्पत्ति विवरणमा फरक परे तुरुन्तै सबै सम्पत्ति राष्ट्रियकरण गर्न कठोर कानून कार्यान्वयनमा ल्याउन आवश्यक छ। राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समायनुकुल गरी पारदर्शी बनाउने र महँगी नियन्त्रण गर्ने सरकारको काम हो। 

जनताले आफू शासक भएको र चुनिएर गएको राजनीतिक नेतृत्वले सेवक मात्र भएको अनुभूति नभएसम्म भ्रष्टाचारको जरा हल्लिँदैन। 

सबैखाले भ्रष्ट्राचारजन्य गतिविधिमा संलग्न नेतालाई तुरुन्त दलबाट निष्काशित गरी भविष्यमा हुने कुनै पनि चुनावमा भाग लिन नपाउने गरी व्यवस्था राजनीतिक दलले पनि गर्न सक्छन्। यसका लागि दलले कानुन बनाउन सघाए राष्ट्रप्रतिको कर्तव्य निभाएको पनि ठहर्न सक्छ। चुनावमा तोकिएको भन्दा बढी खर्च गर्ने उम्मेदवारलाई भविष्यमा हुने कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था राजनीतिक दलसम्बन्धी कानुनमा नै गर्न आवश्यक भइसकेको छ। 

सरकार, राजनीतिक दल, संवैधानिक निकाय र कर्मचारीहरू नैतिकता र इमान्दारिता भर्न आवश्यक छ। प्रश्न उठाउन सक्ने नागरिक नबनेसम्म भ्रष्टाचार निर्मूल हुने देखिन्न। भ्रष्टाचारप्रति शून्य सहनशीलताको राजनीतिक नेतृत्व, इमान्दार र नैतिकवान् कर्मचारी, कठोर कानुनी व्यवस्था, सचेत नागरिकको प्रयासबाट मात्र ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशन गर्ने प्रतिवेदनमा हाम्रो स्थान माथि उक्लन सक्ला। हालकै अवस्था कायम रहने हो भने सन् २०१९ को भन्दा कम अंकका साथ आगामी प्रतिवेदन आ‍उने लगभग निश्चित छ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्