बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाका नेता किम जोङ उनलाई कोरोना भाइरसको महामारीविरुद्ध लड्न सहयोग गर्ने सन्देश पठाएका छन्। उत्तर कोरियाले लगातार आफ्नो देशमा कोरोना भाइरसको संक्रमित नरहेको दावी गरिरहेको समयमा सीले यस्तो सन्देश दिएको खवर सार्वजनिक भएको हो।
राष्ट्रपित सीले किमलाई आवश्यक पर्दा सहयोगका लागि चीन तयार रहेको बताएका छन्। कोरोना भाइरसको लडाईं जित्न सफल भएकोमा किमले सीलाई बधाई दिएकाे ग्लोबल टाइम्सलाई उदृत गर्दै बिबिसीले जनाएकाे छ।
उत्तर कोरियाले कडाइका साथ सीमा बन्द गर्दा र अन्य व्यक्तिलाई प्रवेश नदिएकाले कोरोनाको संक्रमण नफैलिएको दावी गरेको थियो। तर, दक्षिण कोरियाको खुफिया एजेन्सीले उत्तर कोरियामा काेराेनाका बिरामी नरहेको खवर विश्वास योग्य नभएको बताएको छ।
उत्तर कोरिया छिमेकी चीनसँग निकट रहेको छ। उत्तर कोरियामा कोरोना भाइरसको महामारी फैलने ठूलो खतरा रहेको र त्यहाँको स्वास्थ्य पद्धती पनि खराव भएको टिप्पणी हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।