• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोनाको त्राससँगै आएको विवाहको खुसी

इभान वाटसन शनिबार, वैशाख २७, २०७७  १६:५२
1140x725
दुलाहा इभान वाट्सन र उनकी बेहुली राना‚ विवाहका लागि जाँदै

हङकङ- म र मेरी प्रेमिका आ-आफ्नो स्थानमा उभिएपछि मैले सोधें‚ ‘अब मास्क खोल्न मिल्छ?’

‘मिल्छ‚ खोल्नुस्’ हङकङस्थित विवाह दर्ता कार्यालयका एक कर्मचारीले भने। उनको मुखमा पनि मास्क देखिन्थ्यो।

केही क्षणपछि राना (मेरी प्रेमिका) र मैले एकअर्काको औंठी साटासाट गर्‍यौं‚ कागजातमा हस्ताक्षर गर्‍यौं र एउटा लामो चुम्बन लियौं। 

अर्कोपट्टि हाम्रो परिवार‚ साथीहरू‚ जो अहिले अमेरिका‚ लेबनान र अन्य क्षेत्रमा हुनुहुन्छ‚ उहाँहरूले इन्स्टाग्राममार्फत लाइभ स्ट्रिममा हाम्रो विवाह हेर्नुभयो। र खुसीको प्रतीकात्मक संकेतको रूपमा विभिन्न प्रेमिल स्टिकरहरू पठाइरहनुभयो।

Family and friends tune in to watch the wedding via livestream. Photo: Rana Wehbe Watson
इन्स्टाग्रामबाट लाइभ विवाह हेरिरहेका आफन्त र उनीहरूले प्रेमस्वरूप व्यक्त गरेका प्रेमिल इमोजी।

औपचारिक रूपमा विवाहको कार्यक्रम सकिनुअघि हामीले प्रयोग गरेका मास्कलाई ‘हिज’ अर्थात् ‘उसको’ र ‘हर्स’ अर्थात् ‘उनको’को नाम दियौं।

डिसेम्बरको अन्तिम साता जब न्यूयोर्कको चिसो रातमा उनलाई मैले प्रेम प्रस्ताव राखेको थिएँ‚ त्योबेला यस्तो दिन आउला भन्ने सोचेका पनि थिएनौं।

त्यो समय हङकङको लामो उडानपछि हामी दुवैजना थाकेर एकैछिन निदाएका थियौं। हामी त्यो समय एकदमै खुसी थियौं। उनको बहिनी र भाइहरूका अगाडि फोटो खिच्नका लागि विभिन्न पोज दिँदै खुसी साट्न थाल्यौं। त्यो बेलामा हामीले भरखरै चीनको वुहान सहरमा निमोनियाजस्तै अर्को कुनै संक्रमण भेटियो रे भन्नेमात्र सुनेका थियौं। त्यसैको ठ्याक्कै साढे चार महिनापछि हाम्रो विवाह नै कोरोनामय हुनपुग्यो।

Ivan proposed to Rana in New York City on December 21, 2019. Photo: Anya Hanson
सन् २०१९ डिसेम्बर २१ मा रानालाई न्यूयोर्कमा प्रेम प्रस्ताव राखेपछि फोटो खिचाउँदै राना र इभान​​

अहिले हामी कोही पनि कोरोनाबारे अनभिज्ञ छैनौं।

Ncell 2
Ncell 2
nimb
nimb

राना‚ बेरूतमा गृहयुद्ध चलेका बेलामा त्यहीँ बसेर हुर्किइन्। सानै उमेरमा उनले आफ्नो बुबा गुमाइन्‚ जुन उनको लागि जीवनमै कहिले नबिर्सिने क्षणमध्येको एक दुःखद क्षण थियो।

मेरो बाल्यकाल भने उनको तुलनामा धेरै सुखी थियो। २० वर्षकै उमेरदेखि रिपोर्टिङका लागि देश विदेश यात्रा गर्न थालें‚ जहाँबाट मैले राजनीतिक अस्थिरता‚ प्राकृतिक विपद् र गम्भीर वास्तविकताको बारेमा जान्ने धेरै ठूलो मौका पाएँ।

त्यो बेलासम्म हामी दुवै जनालाई आधुनिक वैश्विक महामारीले छोएकोसम्म पनि थिएन। तर जनवरीको अन्तिमतिर बिहानै हङकङको प्रशासनबाट एक कल आयो। त्यही दिनदेखि त्यहाँका विद्यालयहरू बन्द गर्ने निर्णय भएको थाहा पाएँ। र धेरै भीडभाड भएको ठाउँहरूमा सटडाउन गर्ने भन्नेबारे थाहा पाएँ।

त्यहाँका सरकारी कर्मचारीहरूले कार्यालयका कामहरू घरबाटै गर्नुपर्ने भयो। 

चीनको वुहान सहरबाट सुरू भएको कोरोना भाइरस महामारी चीनभर नै फैलिसकेको थियो। त्यसपछि हङकङ र मकाउका सहरहरूमा यसको संक्रमण देखिन सुरू गर्‍यो। हङकङका नागरिकले कहिले पनि यसलाई हेलचेक्र्याईंको रूपमा लिएनन्। कोरोना संक्रमण फैलिएको जानकारी पाउनासाथ सबैले व्यक्तिगत सुरक्षाका लागि मास्कको प्रयोग गरेका थिए। फेब्रुअरीको सुरूमा हामीले पनि मास्क लगायौं र जन्म‚ मृत्यु तथा विवाह दर्ता कार्यालयमा विवाहको मिति तय गर्नका लागि गयौं।

Rana and Ivan at Hong Kong's Births, Deaths and Marriages Registrations Office on February 9. Photo: Ivan Watson
फेब्रुअरी ९ मा जन्म‚ मृत्यु तथा विवाह दर्ता कार्यालय अगाडि सेल्फी खिच्दै राना र इभान

घर परिवारबाट स्वास्थ्यको ख्याल राख्नु भनेर भनिरहनुहुन्थ्यो। तर यो कोरोना महामारीको सन्दर्भमा चाहीँ जहिले पनि ‘यो धेरै परको त्रास हो। एसियाको समस्याले हामीलाई केही असर गर्दैन।’ भनिरहनुहुन्थ्यो।

जति जति राना चिन्तित देखिन्थिन्‚ म त्यति नै उनलाई आशावादी भएर सम्झाइरहेको हुन्थें। त्योबेलामा दक्षिण कोरियामा कोरोना महामारीले धेरै डरलाग्दो रूप लिएको थियो। त्यही बेलामा रिपोर्टिङको लागि म दक्षिण कोरिया जानुपर्ने भयो। मार्चको सुरूवाततिर दैनिक हजारौं कोरियाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखियो। त्यहाँको सरकारले तुरून्तै आपतकालीन अवस्था बाहेकको अवस्था बाहेक बाह्य उडानहरू रद्द गर्ने निर्देशन दियो। त्योबेला मेरो रात कोरियाको सिओलको एक होटलमै चिन्तै चिन्तामा बित्यो।

मार्च १० मा अब दक्षिण कोरियाबाट हङकङ जाने एकमात्र उपाय भनेको लन्डन हुँदै एकदमै लामो दूरी तय गर्नु थियो। दक्षिण कोरियाबाट फर्कँदै गर्दा ब्रिटिस एयरवेजका सदस्यहरूले बिना सुरक्षा कवच अरूलाई स्वागत गरिरहेको देख्दा म र सिएनएनका क्यामेरा पर्सन टोम बुथ आश्चर्यमा पर्यौं। ट्रान्जिटका लागि हामी हिद्रो एयरपोर्ट ओर्लँदा कसैले पनि हाम्रो शरीरको तापमान जाँच गरेनन्। बेलायती नागरिकहरूले यस्तो व्यवहार देखाइरहेका थिए कि मानौं‚ कोरोना भाइरस भन्ने संक्रमण नै छैन।

हङकङ आएपछि हामी त्यहाँको प्रशासनले तोकेबमोजिम २ साताका लागि अनिवार्य क्वारेन्टाइनमा बस्यौं। त्यहाँ दिनको दुईपटक ज्वरो नाप्ने गरिन्थ्यो। र यदि ममा कोरोनासँग सम्बन्धित कुनै लक्षणहरू देखा पारेमा तुरून्तै कोरोनाका सबै परीक्षण गरिन्थ्यो। त्यहाँको स्थानीय निकायले तोकेको नियमविरूद्ध भए पनि राना १४ दिनसम्मै मेरै नजिक बसिरहिन्। भाग्यवश‚ हामी दुवै जना कोभिड-१९ को शिकार भएनौं।

मार्चबाट कोरोनाको संक्रमण विश्वभरी नै फैलियो। मध्यपूर्व‚ यूरोप र उत्तर अमेरिका सबैतिर फैलन सुरू गर्‍यो। अचानक राना र मलाई हाम्रोभन्दा पनि अमेरिका र लेबनानमा बसिरहेका हाम्रा परिवारको चिन्ता लाग्न थाल्यो। 

Ivan is fitted for his wedding suit. Photo: Rana Wehbe Watson
विवाहका लागि तयार हुँदै इभान

ती दुई जना‚ जसले आफ्नो जीवनको यौवनावस्था विदेशमै गुजार्नुपर्‍यो‚ घरको सम्झनामा हामी दुवै जना सँधै केही न केही तवरले चिन्तित हुन्थ्यौं। अब हामी परिवारमा केही आपत्कालीन अवस्था नै आएपनि फुत्त निस्किएर प्लेनबाट आफ्नो घरसम्म पनि जान नसक्ने अवस्थामा थियौं।

तनाव र डरको बीचमा अलिकति आशा भने पलाएको थियो। यो महामारीमा हामी दुवै जना सँगै बस्न पाएका थियौं। किनकि घरबाट काम गर्नुपर्ने भएकाले हामी दुवै सँगै बसेर एकअर्काको ख्याल राख्न सक्यौं।

पाजामामा रहेको एउटा सानो‚ साँघुरो घरबाट हामी कार्यालयका कामहरू गरिरहेका थियौं। कोरोना भाइरसले हाम्रो जिन्दगीको एक किसिमको गतिलाई नै रोकिदिएको थियो। हाम्रा लागि वर्षिएका आशिर्वादका हातहरू धेरै थिए। यो महामारीले विश्वलाई धेरै कुरा सिकाइरहेको थियो कि हाम्रो जीवन अर्कै शक्तिमा अधीन छ। अर्कै शक्तिबाट हामी सञ्चालित छौं।

 मानव समुदायमा यसले विनम्रताको पाठ सिकाएको छ। हाम्रो हातभन्दा बाहिर पनि धेरै शक्तिशाली कुराहरू रहेछन् भन्ने पाठ सिकाएको छ। हाम्रो शरीरका कुनै पनि अङ्ग हाम्रा लागि सँधैका लागि होइन रहेछन्‚ जुनबेला पनि जे पनि स्थिति आइपर्न सक्छ भन्ने सन्देश दिएको छ यो महामारीले।

Rana dons a mask for a wedding dress fitting. Photo: Rana Wehbe Watson
वैवाहिक पोशाकसहित मास्कमा सजिएकी राना

यो भइरहँदा पनि जिन्दगी चलिरहँदो रहेछ। ‘तिम्रा हजुरबा हजुरआमाको पनि द्वितीय विश्वयुद्धको समयमा विवाह भएको थियो‚’ ममीले विगत सम्झन थाल्नुभयो।

रूसमा गृहयुद्ध चलिरहेका बेला त्यहाँकै धेरैमध्येका दुई शरणार्थीले एकअर्कालाई आफ्नो जीवनमा स्वागत गरेर एउटा सानो परिवारको सुरूवात गरेका थिए।

यसैलाई तुलनात्मक रूपमा भन्दा राना र म‚ जसले इन्गेजमेन्ट भएपछि धेरै समय सोफामा पल्टिएर ‘टाइगर किङ’ (आपराधिक श्रङ्खलासम्बन्धी बनाइएको अमेरिकी सिरिज) हेरेरै बिताएका थियौं।

अहिलेसम्म हाम्रा लागि दिनहरू सहजसँगै कटिरहेका छन्। विपद्कै बेला भएपनि एक हप्ताअघि हाम्रो विवाहको कार्यक्रम थियो। रानाकी ८४ वर्षीया हजुरआमालाई स्ट्रोक भएर बेरूतको अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। 

त्यस विषयमा हामीले गर्न सक्ने केही थिएन। यदि हामी प्लेनबाट लेबनान जान सक्ने स्थिति नै हुन्थ्यो भने पनि राना फेरि त्यहाँ गएर कोरोना संक्रमण फैलने डरले परिवारसँग टाढै रहेर बस्नुपर्ने स्थिति आउने थियो। त्यसैले प्लेनमा अपरिचित मानिसहरूका बीचमा लेबनान‚ आफ्नो घरमा जाँदा यदि आफूमा कोरोनाको संक्रमण भइहालेमा परिवारका लागि यस्तो जोखिम मोल्न आँट आइरहेको थिएन।

भाग्यवश‚ ब्रेन सर्जरीपछि पनि हजुरआमाको स्वास्थ्यावस्था स्थिर भयो। 

अन्ततः मे महिनामा गर्ने भनिएको हाम्रो विवाहको दिन आँगनमै आइसकेको थियो। विवाहको दिन दुलही र दुलाहा‚ दुवैले अन्य कपडाजस्तै मुखमा मास्क लगायौं। त्यसमा लेख्यौं ‘रजिस्ट्रीतर्फ जाँदै’।’

Ivan puts a surgical mask on new bride Rana. Photo: Keith Richburg
बेहुलीलाई सर्जिकल मास्क लगाइदिँदै दुलाहा इभान

हङकङको त्यो सहर‚ जहाँ हामी बस्दै आएका थियौं‚ त्यहाँ विवाह समारोहमा २० जनासम्मलाई समावेश हुन दिइने भन्ने स्थानीय निकायको निर्देशन थियो। तर हामी जम्मा ८ जना थियौं।

१५ मिनेटको सानो वैवाहिक समारोहमा उनका लागि मैले प्रतिज्ञा गर्ने समयसम्म पनि थिएन। तर हामीलाई त्यसको आवश्यकता पनि थिएन। कोरोना महामारीसँगै गरिएको यो विवाह‚ भविष्यले जस्तोसुकै परिस्थिति ल्याए पनि हाँसी हाँसी सँधै सँगै रहेर सामना गर्नेछौं। 

(सिएनएनमा प्रकाशित यो सामग्री प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्