• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोना महामारीपछिका सामाजिक समस्या

केशव पौडेल शुक्रबार, वैशाख २६, २०७७  १९:५७
1140x725

४६औं दिनको बन्दाबन्दी हामीले पार गरिसकेका छौं। हामीमध्ये धेरैलाई अहिले कोरोनाको मौजुदा समस्या ठूलो लाग्न सक्छ तर अहिले यो समस्याभन्दा यसको प्रभाव र असरबाट आगामी दिनमा आउने समस्या झन् चुनौतीपूर्ण छन्। अमेरिकाका विज्ञहरुले कोरोना महामारी २०२२ सम्म रहने अनुमान प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। 

नेपालमा कोरोनाको असर कति ठूलो हुन सक्छ अहिले नै ठोकुवा गरेर भन्न सक्ने अवस्था त छैन। तैपनि हालसम्मका तथ्य र तथ्यांक हेर्दा स्थिति निकै खराब हुने र सामाजिक समस्या बढ्ने अनुमान गर्न सकिन्छ। देशमा आर्थिक मन्दीबाट सुरु भएको यसको प्रभावले बेरोजगारी र गरिबीको दर बढेर जाने देखिन्छ। गरिबीले भ्रष्टाचारको बाटो पकड्ने, चोरी, लुटपाट र सामाजिक कलह बढ्ने, मद्यपान र लागुऔषधको प्रयोग बढ्न पनि सक्छ। 

खाद्यान्नको माग र आपूर्तिको सन्तुलन नमिल्दा मूल्यवृद्धि हुने देखिन्छ। निजी तवरबाट संचालित व्यवसायमा आर्थिक मन्दीको असर कतिसम्म पुग्ला भनेर अनुमान गर्न गाह्रो छ। समाजमा मनोरोगीका साथै अन्य रोगी बढ्न सक्ने भएकाले मानव जनशक्ति र सामाजिक भलाईमा असर पर्न सक्छ। नेपालको अर्थतन्त्र परनिर्भर भएको हुनाले यसको असर बृहतदेखि सुक्ष्म अर्थतन्त्रसम्म पर्ने हुँदा समस्या अझ केही वर्षदेखि दशकसम्म पनि रहन सक्छन्। नेपालले अपनाएका सामाजिक समस्या निराकरणका पूर्व सावधानी (सेफ गार्ड)ले समस्याले कुन रूप लिनेछ भन्नेमा निर्णायक भूमिका खेल्नेछ। 

कोरोना हावाबाट र मानिसबाट पनि मानिसमा सर्ने भएको कारणले गर्दा सर्वप्रथम यात्रामा प्रतिबन्ध लगाइयो। हवाई उद्योग र पर्यटनमा यसको बढी असर पर्‍यो। विश्व अर्थतन्त्रमा प्रत्यक्ष रूपमा ३ दशमलव ६ र अप्रत्यक्ष रूपमा १०.३ प्रतिशत योगदान गर्ने पर्यटन तथा हवाई सेवा व्यापक प्रभावित भएपछि यसको समग्र असर धेरै मानिसका चुलासम्म पुगिसकेको छ। नेपालको जिडिपीमा ३ दशलमव ७ प्रतिशत प्रत्यक्ष रूपमा र ९ प्रतिशत अप्रत्यक्ष रूपमा योगदान गर्ने यो क्षेत्रका गतिविधि २ महिनादेखि ठप्प छन्। लकडाउन खुलेपछि केही हदसम्म नेपाली हवाई उद्योगले गति लिएपनि विश्वव्यापी समस्याले गर्दा सन् २०२० भर नै पर्यटनमा असर पर्ने देखिन्छ। यसको प्रभाव अन्य क्षेत्रमा पर्दै जाने नै भयो। 

लकडाउनसँगै यातातात उद्योग पूर्णतया बन्द छ। होटल, खुद्रा पसल, होलसेल पसल, स्वरोजगार, अनौपचारिक श्रम बजार (भरिया, ज्यालादारी) र निजी तवरबाट संचालित विभिन्न व्यवसायले राष्ट्रिय र अन्तराष्टिय अर्थतन्त्रमा ठूलो योगदान दिएका छन्। यी क्षेत्र पनि बन्द छन्। नेपाललगायत विश्वबजारमा नै  रोजगारी घटेको छ। वैदेशिक रोजगारीको असर नेपालको रेमिट्यान्समा देखिइसकेको छ। बेरोजगार भई नेपाल फर्किने र रेमिट्यान्स झन् घट्ने हुँदा नेपाल दोहोरो समस्या पर्ने निश्चित छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार विश्व श्रम बजार हाल ८० प्रतिशत रोजगार कटौती भएको छ। ती श्रम बजारबाट कति नेपाली स्वदेश फर्कने हुन् अहिल्यै भन्न सकने स्थिति छैन। 

नेपालको जिडिपीमा रेमिट्यान्सको मात्र योगदान २८.५६ प्रतिशत (२०१८) छ भने राष्ट्रिय राजस्वमा ४५ प्रतिसत योगदान छ। यो वर्ष रेमिट्यान्स धेरै कम हुने अनुमान रहेकोले राज्यको आम्दानीमा कमी आउने छ। कोरोनाको कारणले थपेको व्ययभारले र राष्ट्रिय आम्दानीमा हुने कमीले सार्वजनिक ऋण बढ्न जाने देखिन्छ। हवाई उद्योग, पर्यटन र यातायात बन्द हुँदा देशभित्र र बाहिर आर्थिक प्रणालीमा खलबल आएको हुँदा अर्थतन्त्र चलायमान हुनबाट बन्चित हुने र थुप्रै व्यवसाय मन्दीमा जाने भइसकेका छन्। वित्तीय संस्था, श्रम बजार, स्टक मार्केट, र  सरकारी वित्त प्रणालीमा समेत यसको असर देखिनेछ। आर्थिक वृद्धिदर  खुम्चिएर १ दशमलव ५ प्रतिशतको आसपास रहने अनुमान सार्वजनिक भइसकेका छन्। 

आर्थिक तथा सामाजिक क्षेत्रमा कोरोनाको असर कतिसम्म पर्छ भन्ने अनुमान गर्न गाह्रो छ। होटल, खुद्रा पसल, होलसेल पसल, स्वरोजगार र निजी तवरबाट संचालित विभिन्न व्यवसायमा पर्ने आर्थिक असर राज्यबाट सम्बोधन हुन नसके समस्या ठूलो र दीर्घकालीन हुने देखिन्छ। विश्व बैंकले विश्वको आर्थिक वृद्धिदर 'माइनस ३' रहने, आर्थिक मन्दी सन् २००९ को भन्दा ३० गुना खराब हुने अनुमान गरेको छ। अमेरिकामा जुन महिनामा पनि दैनिक ३ हजार मानिस मर्नसक्ने वासिंटन पोस्टका साथै सरकारी अनुमान र लकडाउनको समयमा पनि भारतलगायतका देशमा बढिरहेको संक्रमितको दर हेर्दा विश्व ठूलो समस्या र चुनौतीसँग जुधिरहेको छ भने यसले समाजका हरेक क्षेत्रमा मन्दी हुन सक्ने अनुमान गर्न गाह्रो छैन।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले कृषिजन्य व्यवसाय (मासुजन्य, दुग्ध, तरकारी, फलफूलसहित)मा माग र आपूर्तिबीच सन्तुलन नहुँदा आर्थिक मार परिसकेको छ। राष्ट्रिय अर्थतन्त्रमा यसको नकारात्मक पर्ने देखिन्छ। यसैगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय खाद्यान्नको माग र आपूर्तिको असन्तुलन बढ्दा खाद्यान्नको मूल्यवृद्धि हुन जाने देखिन्छ। छिमेकी र मित्रराष्ट्रले खाद्यवस्तु निर्यात नगर्दा खाद्य असुरक्षाको व्यापक संभावना छ। जनतालाई गरिबीको दुष्चक्रमा फस्न बाध्य बनाउनेछ। हामी जहिल्यै लकडाउनमा बस्न सक्दैनौं। विश्वको अवस्था हेर्दा कोरोना छिटै संसारबाट बिदा लिने छाँट पनि छैन। लकडाउनपश्चात् विदेशबाट फर्कने मानिसको संख्या सरकारले आँकलन गरेकोभन्दा बढी हुनेछ। तिनीहरुको चेकजाँच तथा व्यवस्थापनले थपेको व्ययभार राज्यकोषको आकार घटाउनेलगायत अन्य समस्या ल्याउने छन्।

अध्ययनअनुसार भारतमा ३५ लाख नेपाली श्रमजीवी छन्। तीमध्ये १० लाख अस्थाई श्रमजीवी अनौपचारिक श्रम बजारमा काम गर्छन्। ती मानिससँगै अन्य पनि लकडाउनमा र लकडाउनपछि नेपाल फर्कनेछन्। ४० लाख जति भारतबाहेक अन्य देशको श्रम बजारमा काम गर्छन्। बैदेशिक रोजगार बोर्डका अनुसार ५ लाख ३४ हजार मध्यपूर्वका अन्तर्राष्ट्रिय श्रम बजारबाट तत्काल नेपाल फर्कन चाहेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार विश्व श्रम बजार हाल ८० प्रतिशत रोजगार कटौती भएको छ। ती श्रम बजारबाट कति नेपाली स्वदेश फर्कने हुन् अहिल्यै भन्न सकने स्थिति छैन। 

विश्वव्यापी आर्थिक मन्दीसँगै विदेशमा रहेका विद्यार्थी र सामाजिक सुरक्षा नभएको ठाउमा काम गर्ने केही कामदारलाई नेपालबाट पैसा पठाउनु पर्ने स्थितिले एकातिर नेपाली अभिभावकमा आर्थिक बोझ थपिनेछ भने अर्को तिर विदेशी मुद्रा सञ्चितिमा असर गर्नेछ। नागरिकहरु खराब स्थितिबाट गुज्रिदा मनोवैज्ञानिक समस्या बढ्ने देखिन्छ।

नेपाल राजनीतिक रुपमा स्थिर भइनसकेको र नेपाली समाज विश्वव्यापी भूमण्डलीकरणले अस्थिर हुँदै गएको अवस्थामा बेरोजगार र गरिबी बढ्दै जाँदा यसले सामाजिक र राजनीतिक समस्या नआउला भन्न सकिँदैन। बेरोजगार र गरिबीले निम्त्याउने चोरीलगायतका अपराधिक क्रियाकलाप देशमा मात्र नभई यसको जालो छिमेकी देशमा फैलन सक्छ। 

चीनको बुहानमा महामारी फैलँदै गर्दा बाँकी विश्वले हाल भोगिरहेको समस्याबारे अनुमानसमेत गरेको थिएन। आउने दिनमा स्थिति कति बिग्रने हो, कसैलाई थाहा छैन। सामाजिक, आर्थिक समस्या निराकरण गर्न सरकारले गम्भीर भएर पूर्व सावधानी( सेफ गार्ड)का उपाय अपनाउन जरुरी छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्