• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

बजेटले अर्थतन्त्रको पुनरोत्थान गर्नुपर्छ

शेखर गोल्छा बुधबार, वैशाख २४, २०७७  १६:०४
1140x725

निजी क्षेत्रमा पहिले पनि चुनौती आएका थिए। राजनीतिक  परिवर्तन भएका बेला श्रम सम्बन्ध एकदमै बिग्रेर गएको थियो। प्राय दिनहरुमा हुने बन्द हड्तालले पनि ठुलो चुनौति थपिएको थियो। विगतको चुनौती पार गर्दै अहिले श्रम सम्बन्ध धेरै सुध्रिएको छ। बन्द हड्ताल बन्द भएको छ।

विगतमा ऊर्जाको समस्या थियो। १४/१५ घन्टा विजुलीको समस्या भोगका थियौं। भूकम्प र नाकाबन्दीको चुनौती पनि विगतमा भोग्यौं। ती चुनौतीहरु पार गरि तुरुन्तै ‘रिकभर’ पनि भएका थियौं। रिकभरमा आउनका लागि मुख्य चार कारण थिए। पहिलो, नेपालको निजी क्षेत्रको ‘रेजिलेन्स’ नै थियो। विश्वासका साथ निजी क्षेत्रले लगानी गरिरह्यो। 

रिकभर हुनुमा अर्को कारण नेपालको बैंकिङ क्षेत्र हो। दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र बलियो अवस्थामा रहेको छ। तेश्रो कारण रेन्ट विश्वमै सबैभन्दा कम छ। चौथो र मुख्य कारण रेमिट्यान्स थियो। रेमिट्यान्सको प्रवाह राम्रो थियो। सोधानान्तर घाटाको कहिले पनि समस्या भएन। सोधान्तर घाटा नहुँदा अर्थतन्त्र तुरुन्तै ‘रिभाइभ’ हुन सकेको थियो।

तर, कोरोनाबाट हामी विगतको जस्तै तुरुन्तै ‘रिभाइभ’ हुन सकिँदैन। विशेषज्ञ र विज्ञले आफ्नो राय दिइसकेका छन्। पर्यटन र निर्माणमा कमिमा एक वर्ष र बढीमा दुई वर्ष पुरानै अवस्थामा नफर्कने देखिएको छ। यी क्षेत्रले जिडिपीमा गरेको योगदानमा अब ‘स्लो डाउन’ हुन्छ। कृषि लाइभस्टक उत्पादनमा पनि नकरात्मक असर लामो समयसम्म रहने देखिएको छ। 

नेपालीको उपभोग क्षमताको प्रमुख आधार रेमिट्यान्स नै हो। रेट्यिान्स घट्ने स्पष्ट संकेत देखिएका छन्। रेमिट्यान्सको प्रमुख हिस्सा मध्यपूर्वका देशहरुले ओगटेका छन्। ती देशमा मुख्य दुई समस्या आएको छ। पहिलो कोभिड १९ र दोश्रो पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट। मध्यपूर्वमा रहेका ५ लाख युवाहरु फर्केने अवस्था बनेको छ। रेमिट्यान्स केही गरि कमी भयो भने यसले दुई असर प्रत्यक्षरूपमा ल्याउँछ। सोधनान्तर घाटा र उपभोगको मात्रा घट्नसक्छ। विगतका जस्तै अहिलेको समस्या होइन,त्यसै रूपमा कोभिड १९ को समस्यालाई हेरिन हुन्न। भिन्न तरिकाले हेरिनुपर्छ।

उद्योग वाणिज्य महासंघले आसन्न बजेट अर्थतन्त्रको पुनरोत्थानसहितको हुनुपर्नेमा जोड दिएका छौं। परनिर्भरता घटाई स्वरोजगारको सिर्जना हुनुपर्दछ। सरकारलाई बजेट निर्माणमा समेट्नु पर्ने पक्षका विायमा ५३ पेजको सुझाव दिएका छौं। 

उद्योग र व्यापारको पुर्नजिवनको माग गरेका छौं। उत्पादन लागत तिव्र गतिमा बढिरहेको छ। यसलाई कस्ट अफ डुइङ विजनेस पनि भनिन्छ। ऊर्जा खेर फाल्ने अवस्था आउन लागेको भए उद्योगलाई सस्तो दरमा विजुली दिइयोस भन्ने हो। त्यसले गर्दा उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन्छ। विजुली भारतमा बेच्नुभन्दा सहुलियत दरमा नेपालकै उद्योगलाई उपलब्ध गर्न आग्रह छ। 

श्रमको उत्पादनशीलता दक्षिण एसियामै हाम्रो सबैभन्दा कम छ। आइएलओको तथ्यले यसै भन्छ। श्रीलंका र बंगलादेशको तुलनामा हाम्रो श्रमिक महँगो पनि छन्। उत्पादन बढाउन केही नीतिगत सुधार गर्नुपर्छ। श्रम ऐनमा सुधार गर्न सरकारलाई सल्लाह छ। पूर्वाधारका समेत ध्यान दिनुपर्छ। एकिकृत भन्सार सबै स्थानमा भए खर्च कटौती हुन्छ। कच्चा पदार्थ नेपाल ल्याउँदा अत्यन्तै मूल्य बढी पर्दै आएको छ। ढुवानी खर्च घटाउन ध्यान दिनुपर्छ। भारतबाट ट्रेनको माध्यमबाट ढुवानी गर्न सकिए ढुवानी खर्च घट्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

डब्लुटिओमा नेपालले हस्ताक्षर गरेको २५ वर्ष भइसक्यो। हस्ताक्षरमा नेपालले गर्व गरेपनि निर्यात बढ्न सकेको छैन। २० वर्षको तथ्यांक हेर्दा हाम्रो निर्यात नबढेको देखिन्छ। डब्लुटिओमा हस्ताक्षर गरेपछि नेपाललाई के फाइदा भयो त्यसको समेत पुर्नविचार गर्नुपर्छ। उलेगलाई पुर्नजीवन दिने हो भने अब बढी संरक्षण पनि चाहिन्छ। उद्योगको लागत बढेकाले केही वर्ष संरक्षण गर्नैपर्ने छ। त्यसले गर्दा रोजगारी पनि सिर्जना बढ्छ। विस्तारै व्यापार घाटा कम हुँदै जान्छ।

नेपालको जिडिपी ३९ खर्बको रहेको छ। त्यसको ५ प्रतिशतको ‘स्टिमुलेश प्याकेज’ ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव छ। त्यो उद्योग व्यवसायीलाई उपलब्ध गराउने होइन। कुनै न कुनै रूपमा तल्लो तहका नागरिकलाई जाओस भन्ने सुझाव हो। गरिब जनतालाई राहत उपलब्ध गराउन उदाहरणका रूपमा विजुलीको बिल पनि हुन सक्छ। गरिबलाई राहत दिन सकियो भने उपभोगको मात्रा बढ्छ । त्यसले अर्थतन्त्र पुर्नजिवित हुनसक्छ। रिकभरी प्याकेजका रूपमा हरेका देशले यस्तै प्रकृतिको राहत ल्याएका छन्।

उद्योगहरुलाई विजुलीको ‘डिमान्ड चार्ज’ नलिन आग्रह गरेका छौं। विजुलीको महशुल दर अहिलेको भन्दा २० प्रतिशत कम गर्न माग छ। भारतको औसत रेट नेपालको भन्दा २० प्रतिशतले कम छ,त्यसैको रेसियोमा महशुल दर ल्याउनुपर्छ। 

बैंक कर्जा केही वर्षको लागि  ५ प्रतिशतको हारहारीमा हुनुपर्छ। अहिलेको अवस्था हेर्दा व्याजदर त्यो पनि ठूलो देखिन्छ। विशेषज्ञसँगको कुराको आधारमा के भन्न सकिन्छ भने बैंकले अलिकति ‘कम्पेन्सेसन’ गरे भने घटाउन सकिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मूल्य अभिवृद्धि करलाई राजनीतिक कारण देखाएर विगतमा १० बाट १३ प्रतिशत पुर्‍याइएको थियो। वृद्धि भएको ३ प्रतिशत घटाउन हाम्रो माग छ। आयकरको दरमा २० प्रतिशतको छुट केही वर्षका लागि हुनुपर्छ। आयकरमा छुट भए लगानीमा आर्कषण बढ्नसक्छ। 

सम्पतिको अभिलेखीकरणको सुझाव सरकारलाई झनै महत्वपूर्ण छ। एक पटक सम्पूर्ण नेपालीलाई सम्पतिको अभिलेखीकरण गर्न पाउनुपर्छ। जसले गर्दा हरेकको सम्पति औपचारिक माध्यममा आउँछ। अर्थतन्त्रको गति बढाउन साथ दिन्छ। अन्य देशले पनि सम्पतिको अभिलेखिकरण गरेकाले नेपालले यस प्रति ध्यान दिनुपर्छ।

निर्यातका लागि केही न केही सहुलियत सरकारले ल्याउनुपर्छ। सोधानान्तर घाटा बढ्दै गयो भने कच्चा पदार्थ आयातमा विदेशी मुद्राको कमि हुन्छ। भारतको निर्यातमा ५ प्रतिशत र अन्यत्रको निर्यातमा १० प्रतिशत ‘इन्सिन्टिभ’ दिइनुपर्छ। सहुलियत दिएसँगै उद्योगको संख्यामा वृद्धि हुनसक्छ। 

कृषि र वन क्षेत्रको व्यवसायीकरण हुनुपर्छ। उपभोग बढेपनि उत्पादन बढेको छैन। खाद्यान्नको परनिर्भरता हरेक दिन बढी रहेको छ। अब कृषिमा विशेष नीति आउनैपर्छ। विदेश गएका अधिकांश कृषि क्षेत्रमा आधारित कामदार नै गएका छन्।कृषि क्षेत्रको उत्पादन अन्तराष्ट्रिय स्तरकै बनाउनुपर्छ। 

रुग्ण उद्योगलाई प्राथमिकता दिएर पुन सञ्चालनमा ल्याउनुपर्छ।कुनै समय राम्रो निर्यात गरेका उद्योग अहिले बन्द छन्। नीतिगत समस्याले गर्दा त्यस्ता उद्योग बन्द भएका छन्। 

(नेपाली कांग्रेस संसदीय दलद्वारा आयोजित सरकारको नीति, कार्यक्रम र बजेटका सन्दर्भमा आयोजित अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष गोल्छाले राखेको मन्तव्यको सम्पादित अंश)
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्