• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
लकडाउनले सिकाएको वैकल्पिक जीवनशैली
सन्जय पन्थी मंगलबार, वैशाख २३, २०७७  १३:०८
1140x725

विश्वजगत यतिबेला कोभिड-१९ (कोरोना भाईरस) को महामारीले त्रस्त छ। त्यसको प्रत्यक्ष असर मानव जगतलाई परेको छ। विश्वस्तरमा नै लकडाउन त्यसको उपज हुन पुगेको छ। आधुनिक विश्व जगतले पहिलोपटकमा नै लकडाउनको लामाे अनुभव गर्नु परेको छ। यसमा हामी नेपाली पनि अभ्यस्त हुनुपरेको छ । 

लकडाउनमा मानिसले अभाव र भयको वातावरण कल्पनामात्र नभएर सामना नै गर्नु परेको छ। विश्व जगतले पटक-पटक टरेको भनिएको तेस्रो विश्वयुद्धको अनुभव वर्तमानमा गर्नु परेकाे छ।  लकडाउनमा प्रत्येक नागरिक अहिंसक तथा सत्याग्रही र स्वास्थ्यकर्मी युद्धमा खटिएको शसस्त्र सैनिकजस्तै बन्नु परेको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वजगत सतर्क र सचेत हुन पुगेको छ।

यस अवधिमा विश्वभर कोरोना संक्रमणका कारण सवा २ लाखभन्दा धेरै मानिसको मृत्यु भैसकेको छ। शक्तिसम्पन्न देश बेलायत र रसियाका प्रधानमन्त्रीसमेत रोगको संक्रमणबाट अछुतो रहन सकेनन्। स्पेनकी राजकुमारीको यो महामारीले नै ज्यानै लियो। त्यसैले भविष्यमा यो महामारीलाई शस्त्ररहित तेस्रो विश्वयुद्धको उपमा दिए कुनै आश्चर्य मान्नु पर्ने छैन।

नेपालमा ७५ जनामा संक्रमण भएको पुष्टि भए पनि भाग्यवश एक जनाको पनि मृत्युको खबर सुन्नु परेको छैन। याे आलेख तयार गर्दासम्म विदेशमा ७० भन्दा धेरै नेपालीको मृत्यु भएको समाचार सार्वजनिक भएको छ। ती परिवारका सदस्य र आफन्तका लागि यो क्षण अकल्पनीय दु:खद भएको छ। 

आधुनिक जीवन शैलीमा अभ्यस्त मानव जगतका लागि यस अवधिले वैकल्पिक जीवनशैलीको शिक्षा दिएको छ। यस अवधिमा सीमित आवश्यकता पूर्ति गरेर जीवन निर्वाह गर्नु हामी सबैको कर्तव्य भएको छ। वर्तमानको महामारीको कारक अरु कोही नभएर मानवजगत नै हो। यो तथ्यलाई स्वीकार्न सक्ने हो, भने हामीले अहिलेसम्म हामीले अपनाउँदै  आएको जीवनशैली परिवर्तन गर्न आवश्यक छ। प्रकृति र मानवबीचको सम्वन्धमा सन्तुलन मिलाउन आवश्यक भएको छ।

प्रकृतिको तीव्र दोहनमा अभ्यस्त मानव जगतका लागि यस अवधिले ठूलो शिक्षा दिएको छ।  प्रकृतिको अति दोहनले यस्तो भयावह अवस्था आउला भन्ने हामीले कहिल्यै पनि विचार गरेनौ । किनकि विज्ञान र भौतिक जगत सबै कुराको समाधान तत्काल निकाल्न सक्छ भन्ने हाम्रो मान्यता रह्यो । 

मानव जगतको जीवनशैलीमा आएको परिवर्तनले यो समस्या आएको हो भन्ने तर्कसँग असहमत हुनसक्ने अवस्था रहेन। वैज्ञानिक जगतले उक्त तथ्य पुष्टि हुने गरी अभिव्यक्ति सार्वजनिक गरिरहेको छ। यस अवधिमा विश्व मानव जगत चाहेर वा नचाहेर शैशव सत्याग्रही बन्नु परेको छ। सीमित आवश्यकताबाट जीवन निर्वाह गर्नु सत्याग्रहको अभ्यास हो । अनुशासित जीवन शैलीले भय र सन्त्रासबाट मुक्त तुल्याउछ। आचार,विचार र व्यवहारमा संयम हुनु नै सत्याग्रहको व्रत पालना हो।

व्यापारीले उपभोक्तासँग वस्तुको बजारमूल्यभन्दा धेरै असुल गर्नु कालोबजारी हो भने उपभोक्ताले आवश्यकताभन्दा धेरै संग्रह पनि हिंसाको स्वरुप हो। वर्तमानले हामीलाई उक्त विषयमा सचेत तुल्याएको छ। घरभित्र पर्याप्त खाद्यान्न जोहो छ, तर सन्तुलित भोजन गर्नुपर्ने भएको छ । घरमा गाडी छ, चढ्न अनुमति लिनु परेको छ। सहरमा होटल छ, चाहेर पनि त्यहाँको स्वाद लिन सक्ने अवस्था छैन। सुन्दर युगल जोडी चाहेर सार्वजनिक रुपमा खुला वातावरणमा चाहेको स्थानमा जान सक्ने अवस्था छैन। धनदौलत प्रशस्त छ, बिरामी भएर आफूले चाहेको अस्पतालमा गएर सेवा लिनसक्ने अवस्था छैन। केयरटेकर रहेकी नर्सले वृद्ध आमाबाबुको केयरमा आउन छाड्दा उनको सट्टा अर्कालाई भर्ना गर्न सक्ने अवस्था छैन।

Ncell 2
Ncell 2

यो अवस्थालाई नियाल्ने हो, भने मानिसले चाहेर नचाहेर सत्याग्रही बन्नु परेको छ। न्यूनतम साधनको पूर्तिबाट जीवनयापन गर्नु परेको छ।  मृत्युका समाचारलाई भयावह मानेर संवेदना प्रकट गर्नु यतिबेलाको दैनिकी भएको  छ। चाहे उ अमेरिकी नागरिक होस्, अफ्रिकी वा एशियाली नागरिक किन नहोस्।

सत्याग्रह र सत्याग्रही भन्नेबित्तिकै हामीले महात्मा गान्धीलाई स्मरण गर्न पुग्छौं । बुद्धको पंचशील सिद्धान्तलाई आधार मानेर आफ्नो मूल्य र मान्यतालाई सहयोग पुग्ने गरी ११ व्रतको नियम बनाए र त्यसको पालना आफूबाट सुरु गरे। गान्धीका अनुसार व्रतको अर्थ 'अटल र निश्चय' हो। अनुभवका आधारमा यो भन्न सकिन्छ, प्रतिबद्धता र निश्चय बिना परिवर्तन र संकटबाट मुक्ति छैन।

अझै हामी नेपालीले सत्याग्रह भन्नेबित्तिकै राजनैतिक उद्देश्यका लागि गरिने लडाइँ भनेर बुझ्छौ। तर त्योमात्र नभएर सत्याग्रहको अर्थ सत्यको पालना गर्नु हो । सत्यको पालना गर्दा मानिस वा समाजको नैतिक शक्ति उच्च हुन पुग्दछ। सत्यको पालनाले ढिलोचाँडो  मानवसिर्जित समस्याबाट मुक्त हुन सकिन्छ। 

वर्तमानमा विश्व मानव जगत असत्य र हिंसाबाट हरपल सर्तक भैरहेको अवस्था छ। असत्यका बारेमा स्पष्ट पार्न आवश्यक नहोला तर हिंसा भन्नेबित्तिकै हामीले प्रत्यक्ष वा साँस्कृतिक हिंसालाई मात्र बुझ्दछौ। गान्धीले प्रतिपादन गरेको सिद्धान्तअनुसार आवश्यकताभन्दा धेरै संग्रह वा विलासी हुनु पनि हिंसा हो। गान्धी आफैँ  अहिंसाका साधक थिए। उनको साधनालाई नियाल्न बेला-बेला स्वदेशी तथा विदेशी उनको आश्रम आईपुग्थे। उनको जीवनशैली र चिन्तनबाट प्रभावित भएर अनुयायी बन्न पुग्थे। त्यसमध्येकी एक थिईन् ब्रिटिश नौसेना प्रमुखकी छोरी म्याडलिन। 

साथै बेलाबखत सन्त, सन्यासी र योगीहरु समेत गान्धीको आश्रमको स्थलगत अवलोकन गर्न पुग्थे। तर पूर्वस्वीकृती लिएर। सन् १९३५ अगस्टमा परमहंस योगानन्द गान्धीको बर्धा आश्रम पुगेका थिए। त्यसदिन सोमबार परेको रहेछ। प्रत्येक सोमबार गान्धी मौन व्रतको पालना गर्थे। उनी पुग्नासाथ लेखेर उनलाई स्वागत टक्राएछन्। उनको त्यो साधनाले योगी प्रफुल्ल भएछन्। गान्धी आश्रममा सबै कुरा तालिकाबद्ध र अनुशासनपूर्वक हुन्थ्यो। त्यो सबै देख्दा उनलाई बडो आनन्द  आएछ।

गान्धीको आश्रममा बेलायती नौसेना प्रमुखकी छोरी म्याडलिन स्लेड सन् १९२५ मा आएकी थिईन्। गान्धीले उनको भारतीय नाम मीरा बेन राखिदिएका थिए। उनी पनि आश्रमको जीवनशैलीमा अभ्यस्त भएकी थिईन्। परहंसको स्वागत सत्कारमा उनले देखाएको सत्कारभाव आफैँमा बडो स्तुत्य थियो।  मीराबेनको हातमा सन्ध्यामा चर्खा देख्दा उनी भारतीय जीवनशैलीमा अभ्यस्त रहेको अनुमान  योगीले गरे। उनका पिता ब्रिटिस शासकका बफादार नौसेना अध्यक्ष थिए। तर उनै नौसेना अध्यक्षकी छोरी गान्धीका सच्चा अनुयायी (सत्याग्राही) बनेकी थिईन् । 

उनले आफूमा आएको परिवर्तनलाई योगीसमक्ष यसरी प्रस्तुत गरेकी थिईन्-अब कहिल्यै आफ्नो पूरानो जीवन र स्वार्थी काममा फर्कन चाहन्नँ। उनको उक्त भनाइले जीवन मानवताका लागि कति महत्वपूर्ण रहेछ भन्ने बुझ्न सकिन्छ।

गान्धीको जीवन मानवतामा आधारित थियो। आत्मअनुशासनका लागि कतिपय व्रतको पालना गर्न आवश्यक ठहराए। सच्चा सत्याग्राही बन्न गान्धीले प्रतिपादन गर्नु भएको ११ व्रतको नियमलाई अधिकतम पालना गरेर उनी त्यहाँ बसेकी थिईन्। जुन नियमको पालनाले जीवन संयम र शाश्वत सत्यको पक्षपाति बन्न सकिन्छ । गान्धी जीवनकाल भारतमा बिताएर उनी जीवनको उत्तरार्द्धमा भारतबाट अन्यत्र गईन्। 

गान्धीको अहिंसावादले मानव जगतको सर्वाेच्च चेतनालाई छुन्छ। यतिबेला त्यो चेतनाले सम्पूर्ण मानव जगतको संरक्षक बन्न पुगेको छ। आज राष्टहरु मृत्युसँग नभएर जीवनसँग, विनाशका लागि नभएर निर्माणका लागि, घृणाका लागि नभएर प्रेमका लागि, रोगव्याधीको महामारीका विरुद्ध उपचार र सम्बन्धका लागि प्रयासरत छन्। एउटा सत्य स्वीकार्नै पर्नै भएको छ,  शक्ति आर्जनको होडमा मानवता विर्सिएका शक्तिसम्पन्न राष्ट्र र पक्ष-विपक्षमा लाग्नेहरुका लागि वर्तमान महामारीको संकटले मानवताका बारेमा सचेत मात्र नभएर कर्तव्यवान हुन सिकाएको छ।

युद्ध र अपराध मानवजगतका लागि कहिल्यै पनि फाइदाजनक हुँदैनन्।  अमेरिकन तत्कालीन राष्टपति एफआर रुजभेल्टले भनेका छन्, 'जति धेरै हिंसाका हतियार हुनेछन् त्यति धेरै मानव जातिलाई दुःख हुनेछ। हिंसाको विजयको परिणाम शोकको उत्सव हो। यतिबेला हामीले भाग्नु परेको कहर कहीँ न कहीँ हिंसात्मक जीवनशैलीको उपज हो। अतृप्त ईच्छा र चाहनाका कारण नै मानिस दुःखको दलदलमा फसेको हो।

त्यसैले ईच्छा र चाहनाहरुलाई सीमित तुल्याएर जीवनशैलीमा परिवर्तन ल्याएर वर्तमान महामारीसँग जुध्न सक्नु नै यतिबेलाकाे आवश्यकता हो। आवश्यकतालाई परिपालना गर्नु नगर्न हाम्रो स्वविवेक हो। विवेकलाई सत्यको साक्षी बनाएर जीवनशैलीमा परिवर्तन ल्यायौं भनेमात्र हामी सुरक्षित हुन सक्ने छौं। साथै विकासोन्मुख राष्ट्रहरुले गान्धीले भने जस्तै अन्न,वस्त्र, आरोग्य र शिक्षामा आत्मनिर्भर हुनसके दुनियाँमा कुनै शक्तिकाे गुलामी हुनु पर्ने छैन। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १३:०८
  • ##lockdown
  • #jeevanshaili

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
लिची बगान प्रकरण- दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर, गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख बिगो माग बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्