• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोना ह्युमन स्यानिटाइजर टनेल : के छ बैज्ञानिक आधार?

64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  २३:३५
1140x725

हालै पत्रपत्रिका र सामाजिक सञ्जालमा देखिएको कोरोना स्यानिटाइजर टनेल झट्ट सुन्दा, पढ्दा निकै रोचक लाग्यो।  अहिलेको समयमा सम्पूर्ण विश्व कोरोना भाइरसको सङ्क्रमण र यसले जनजीवनमा पारेको प्रतक्ष्य असरको समाधानका लागि लागिपरेको छ। हरेक व्यक्ति आ-आफ्नो दायराबाट कसरी यसको समाधान गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छन्।

यस्तैमा चितवनका केही स्थान र पोखराका युवा र प्राविधिकहरुले निर्माण गरेको स्यानिटाइजर टनेलको समाचारले मेरो ध्यानाकर्षण गर्योस। यसको बारेमा अरु जान्ने उत्सुकुता जाग्यो। यससँग प्रतक्ष्य संलग्न भनी समाचारमा आएका प्राविधिकसँग सम्पर्क गर्ने कोशिस पनि गरें। अझै विस्तृत विवरण प्राप्त गर्न सकेको छैन। कोरोना भाइरस र यसले गराउने रोग, नियन्त्रण प्रयास र उपचारका बारेमा सकेसम्म जानकारी लिने र सेयर गर्ने प्रयास गरिरहेको हुँदा समाचारमा आएका तथ्यहरुको आधारमा केही टिप्पणी गर्न उचित लाग्यो। 

स्थानीय तहमा गरिएका रचनात्मक कामहरु प्रोत्साहनका हकदार हुन्। महामारीको समयमा गरिएका प्रयत्नहरु अन्य युवाको लागि प्रेरणादायी हुन सक्छन्। स्थानीय स्रोत र साधन प्रयोग गरी बनाइने सामग्रीले स्थानीय स्तरका समस्याहरु समाधान गर्न सहयोग गर्न सक्छन्। युवा र प्राविधिकले गरेको यो प्रयास र प्राविधिक सफलता सह्रानीय छ। समाज कल्याणलाई ध्यान मा राखी गरिएको यो प्रयासले विशेष महत्व राख्छ। यस्ता प्रयासका बारेमा सुन्न पाउनु नै गौरवको विषय हो। यस्तो प्रयास गर्ने सम्पूर्ण प्राविधिकहरु, यसलाई प्रोत्साहन गर्ने सामाजिक निकाय र नेतृत्वलाई बधाई तथा धन्यवाद। यस्ता नयाँ र रचनात्मक कामहरुको बारेमा अझै सुन्न, प्रोत्साहन गर्न र सकेको सहयोग गर्न पाइयोस्।

तर, के यो प्रयासको पछाडि कुनै वैज्ञानिक अनुसन्धानको आधार छ? कतै राजनीतिमा छिमेकको नक्कल गरेजस्तै, थाल, ताली ठटाएर, कोरोना भगाए जस्तै सामाजिक सञ्जालमा आएका छिमेकका अप्रमाणित पहलहरुको सिको त हैन? महामारीमा मनपरी गर्ने छुट त छैन होला। सम्बन्धित सरकारी र पेसागत संस्थाहरुको अधिकारिक धारणा के हो? यसमा नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल फार्मेसी काउन्सिल अथवा औषधिको नियमन गर्ने निकाय, जनस्वास्थ्य विभागका केन्द्रीयदेखि स्थानीय स्तर र स्वास्थ्य मन्त्रालयको आधिकारिक धारणा के हो? 

यहाँ उल्लेखित स्यानिटाइजर टनेल जनजीवन र जनस्वास्थमा प्रतक्ष्य असर गर्ने विषय हो। स्वास्थ्य क्षेत्र मा काम गर्ने नाताले स्थानीय स्तरमा भएका गतिविधिमा केही कुरा उल्लेख गर्न उचित लाग्यो। यहाँ व्यक्त गरिएका प्रश्नहरुले केही वैज्ञानिक आधारको विश्लेषणमात्र गर्न खोजेका हुन्। मानव कल्याण र परोपकारको नियतले गरिएको प्रयास सह्रानीय छ। त्यसमा कुनै सन्देह छैन र त्यसमाथि प्रश्न गर्न खोजिएको कदापि हैन। प्रश्नहरुको गलत अर्थ नलागोस्।   

यो सुन्दा चमत्कारिक लाग्छ तर हल गर्न खोजिएको समस्याको जादुमयी समाधान नहुन सक्छ। असम्भव छ भन्न खोजिएको हैन। अवश्य पनि बन्नसक्छ र स्थानीय स्रोत र सिर्जनशीलताले नै गर्न सम्भव होला। तर व्यक्तिगत र जनस्वास्थ्यमा प्रत्यक्ष्य असर गर्ने साधनकको वैज्ञानिकता स्पष्ट हुन आवश्यक छ। अन्यथा गाउँघरमा देखिने सुनपानी छर्केर चोखो बनाउने अन्धविश्वासजस्तो आधाररहित र भ्रामक हुनसक्छ। स्यानिटाइजर टनेलमा प्रयोग गर्ने केमिकलले मानिसको ज्यान नै जान सक्छ। 

सर्वप्रथम यो जान्न जरूरी छ कि टनेलमा प्रयोग भएको स्यनिटाइजर कुन केमिकल हो? मानव स्वास्थ्यमा प्रत्यक्ष्य असर गर्ने साधनहरुको सुरक्षित प्रयोग विस्तृत अनुसन्धानद्वारा निर्क्योल गर्नुपर्ने हुन्छ। के यस विषयमा स्थानीय, राष्ट्रिय अथवा अन्तर्रास्ट्रिय स्तरमा कुनै वैज्ञानिक अनुसन्धान, विस्लेषण र निष्कर्ष निकालिएका छन्? के तिनीहरुलाई आधार मानिएको छ? असर गर्नको लागि मानव शरीरको अथवा कपडाको सम्पर्कमा कति समयसम्म रहनुपर्ने हो? 

यसले असर पार्न खोजिएको कोरोना भाइरसलाई भनेजस्तो असर गर्छ कि गर्दैन? यदि गर्छ भने कति प्रतिशत र कुन स्थानमा भएको किटाणुलाई गर्छ? त्यसको लागि निर्मूल पार्न खोजिएको भाइरस भएका निर्जीव वस्तुहरुलाई टनेलबाट प्रवेश गराई, सफा गर्नुभन्दा पहिले र गरिसकेपछि भाइरसको मात्रामा कति कमी आयो भनेर पटक-पटक विश्लेषण गरेर एउटै निष्कर्षमा पुगिएको छ कि छैन?  यसले मानव शरीर/अङ्ग वा कपडामा भएको किटाणु कुनलाई प्राथमिक असर गर्ने हो? यसले मानिसको छाला, आँखा, नाक, मुख, फोक्सो अथवा रक्तसञ्चारमा गएर केही असर गर्छ कि गर्दैन? के यो मानव स्वास्थ्यको लागि सुरक्षित छ? यदि हानिरहित तरिकाले फाइदामात्र दिने हो भने, यसमा कस्तो प्रकारको व्यक्ति प्रवेश गर्ने हो? के त्यस क्षेत्रमा प्रवेश गर्ने सबै आगन्तुक यही द्वारमार्फत प्रवेश गर्नुपर्ने हो? 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म वैज्ञानिक रुपमा सबैभन्दा सरल, सुरक्षित, सुलभ र प्रभावकारी मानिएको स्यनिटाइजर भनेको साबुन पानी हो। यदि सर्वसाधारणलाई निश्चित क्षेत्र प्रवेश गराउनुभन्दा पहिला साबुनपानीले स्नान गराउने हो, लगाएकै अवस्थामा कपडा धुने हो, मानिसहरु तयार छन् र व्यावहारिक रूपमा सम्भव हुन्छ भने त्यो राम्रो होला। तर छोटो समय टनेलबाट हिँड्दा वा उभिँदा त्यसको प्रभावकारिता कतिको हुन्छ त्यो पनि विचार गर्नुपर्ने हुन्छ। जस्तो हात धुँदा कम्तीमा २० सेकेण्ड भनिन्छ, त्यो भनेको हातको लागि मात्र हो, पूरै शरीरको लागि हैन। यदि यो व्यावहारिक रूपमा सम्भव र प्रभावकारी भयो भने, मानिस तथा लुगालाई तुरुन्तै ओभानो पार्ने संयन्त्र पनि चाहिन सक्छ। दैनिक सयौं हजारौंको संख्यामा आवतजावत हुनसक्ने ठाउँमा यसको प्रयोग सम्भव होला? यदि साबुनपानी नै प्रयोग गरेको हो भने स्यानिटाइजर टनेल भनेर कमर्सिअल मुनाफामा किन लाग्नुपर्यो । त्यसलाई त स्नान गृह अथवा धारा भने भइहाल्यो।  

अर्को स्यानिटाइजर भनेको अल्कोहोल बेस्ड स्यानिटाइजरहरु हुन्, जसमा कम्तीमा पनि अल्कोहोल्को मात्रा साठी प्रतिशत हुनुपर्छ। अल्कोहोललाई यही प्रयोजनको लागि विशेष तरिकाले तयार गरिन्छ। यसको उत्पादन औषधि विशेषज्ञको निगरानीमा गर्न सम्भव हुन्छ। जुनसुकै रक्सीलाई प्रयोग गर्दा प्रभावकारी हुँदैन, भ्रम नपरोस्। यसमा हुने हाइड्रोजन परआक्साइड लगायतका रसायन आँखा, नाक मुख र छाला बाहेकका अन्य अङ्गहरुको लागि हानिकारक हुन्छन्। स्यनिटाइजरको प्रयोग गरी हात मोलेपछि आफैँ हावामा सुख्खा हुन दिनुपर्छ। यो प्राथमिक रुपमा हातको लागि प्रयोग गर्ने भएर नै “ह्यान्ड स्यनिटाइजर” भनिएको हो। सम्पूर्ण शरीरको लागि यो सुरक्षित हुँदैन।  

त्यस्तै अर्को निर्जीव वस्तुहरुको किटाणुनाशक भनेको ब्लिच हो। ब्लिच मानवशरीरको प्रतक्ष्य सम्पर्कमा ल्याउन हानिकारक हुन्छ। किटाणु मारे पनि ब्लिचलाई मानव स्यनिटाइजरको रूपमा प्रयोग गर्नु हुँदैन। ब्लिचमा हुने रसायन सोडियम वा क्याल्सियम हाइपोक्लोरेट मेडिकल रूपमा पनि प्रयोग हुन्छ तर यसको कन्सन्ट्रेसन अत्यन्त कम, बढीमा ०.५ प्रतिशत हुन्छ। यो आँखाको लागि हानिकारक हुन्छ र कतिपय मानिसलाई यसको एलर्जी हुनसक्ने हुनाले अनियन्त्रित तरिकाले प्रयोग भएमा दृष्टि गुम्ने वा ज्यानै जाने डर हुन्छ। ठूलो स्केलमा प्रयोग गर्दा गुणस्तर र सुरक्षा निश्चित गर्न कठिनाइ हुन्छ। यसको प्रयोग हचुवाको भरमा गर्न हुँदैन। विशेषतः यसको प्रयोग छालाका घाउहरुमा, सानो मात्रामा र नियन्त्रित तरिकाले हुन्छ। सम्पूर्ण शरीरमा स्प्रयेरबाट स्प्रे गरी प्रयोग गर्न हुँदैन।  

कुनै पनि रसायनिक किटाणुनाशक मानव शरीरमा प्रयोग गरी कोरोना भाइरसको नियन्त्रण गर्ने गरी विस्तृतमा अध्ययन गरिएको छैन। यसका सम्बन्धमा मानिसमा अनुसन्धान गर्ने प्रयास पनि किन गरिएको छैन भने अनुसन्धानको लागि मानिसमा प्रयोग गर्ने सुरक्षित केमिकल नै छैन भन्ने अनुसन्धानमा आधारित र नियमन गर्ने वैज्ञानिक निकायहरूको आधिकारिक जानकारी छ। कुनै केमिकलले कुनै भाइरस वा जिवाणुलाई नस्ट गर्न निश्चित समयसम्म सम्पर्कमा आउनुपर्छ। त्यो प्रत्येक जिवाणु र केमिकलमा फरक हुन्छ। मेडिकल एक़ुइप्मेण्टको निर्मलीकरण गर्न प्रयोग हुने यी र अन्य रसायनहरुले मानिसमा छालाको रोग, आँखामा असर, फोक्सोमा असर, दम, क्यान्सरसम्म गराउन सक्छन्। यिनीहरूको नकारात्मक असर त्यतिमा मात्र सीमित छैन, यसले मानिसको तुरुन्तै मृत्यु पनि हुन सक्छ।     

अर्को एउटा समाचारमा त्यस क्षेत्रमा प्रवेश गर्ने सम्पूर्ण सवारी साधानलाई स्यानिटाइज गर्ने भन्ने देखियो। सवारी साधनका निर्जीव पाटपुर्जाको स्तर र कार्यमा असर परेन भने त्यस्तो गर्न उपयुक्त होला। तर मानिस र सवारी साधनलाई उस्तै उपाय प्रयोग गर्न सकिन्न, मानिसलाई “कार वास” बाट सफा गर्न त नमिल्ला। त्यस्तो सजिलो र सुरक्षित उपाय भइदिए मानव स्वास्थ्य र उपचार संवेदनशील र जटिल विषय हुने थिएन।

कोरोना भाइरस र यसका प्रभावले आक्रान्त जनजीवनलाई सामान्य बनाउन सबैको सहयोग, रचनात्मक योगदान र सहकार्य जरूरी छ। समाधानका नयाँ उपायहरु निकाल्न खोज्दा नयाँ र पहिले नदेखिएका पुराना समस्याहरु उत्पन्न हुने सम्भावना पनि उत्तिकै हुन्छ। अहिलेसम्म नयाँ भाइरसले ल्याएका नयाँ स्वास्थ्य र सामाजिक समस्याहरुको समाधानको आधार वैज्ञानिक खोज र सुरक्षित प्रयोग, तर्क, वितर्क नै हो। त्यसमा बुद्धिजीवी, समाजशास्त्री, वैज्ञानिक, प्राविधिक र स्वास्थ्यकर्मीको भूमिका र जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुन्छ। सुरक्षित समाधानको लागि सावधान हुन अत्यन्तै आवश्यक छ। जनहितको लागि गरिएका समाधानका उपायलाई हानिरहित बनाउन सकियो भने मात्र त्यो समाधान हुन्छ। अन्यथा बिनाश र अपराध बन्न सक्छ किनकि यो मानिसको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष्य सरोकार राख्छ। कुनै कुराले सुरक्षा कवचको भ्रामक प्रत्याभूति नदेओस्। उपलब्धिमूलक काममा गर्न सकिने लगानी वैज्ञानिक रूपमा निराधार र हानिकारक साधनमा नखर्चियोस्। 

यदि यो सरकारी स्तरबाटै आएको हो भने यसमा प्रयोग हुने केमिकलको फाइदा र बेफ़ाइदाको जानकारी सर्वसाधारणलाई पनि होस्। हैन भने जबसम्म यसका वैज्ञानिक र व्यावहारिक आधारहरु छर्लंग हुँदैनन् र आधिकारिक रूपमा यो प्रमाणित हुदैन तबसम्म सर्वसाधारण लाई प्रयोगशालामा छिराएर अन्जान रसायनले ननुहाइयोस्। कोरोनाबाट बच्ने आशमा सर्वासाधारणको प्रयोगशालामा ज्यान नाजावोस् अथवा नयाँ रोग नलागोस्।  

कोरोना भाइरसबाट बच्न सर्वसाधारणले गर्नसक्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको व्यक्तिगत सरसफाइमा ध्यान पुर्याइउने हो। त्यसका लागि साबुन पानीले हात धुने, उपलब्ध छ भने ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने। हाछ्युँ गर्दा वा खोक्दा हातले, कुहिनोले अथवा कपडा, रूमालले नाकमुख छोप्ने। यदि रुघा, खोकी, ज्वरो आउने अथवा कोरोनाका कुनै पनी लक्ष्यण भएको शंका लागेमा, त्यस्ता व्यक्तिको प्रतक्ष्य सम्पर्कमा आएमा आफूलाई सेल्फ आइसोलेसनमा राखी, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थासँग सम्पर्क गर्ने र विशेषज्ञको आधिकारिक सल्लाह अनुसार अगाडि बढ्ने।

यदि कसैलाई त्यस्तो केमिकलको बारेमा थाहा छ भने, यो जनस्वास्थसँग सम्बन्धित संवेदनशील विषय हो, सार्वजनिक गरौँ। छैन भने सरकारले आधिकारिक रुपमै यसको निर्माण, बिक्री, वितरण र प्रयोगमा तुरुन्तै बन्देज लगाउन जरूरी छ। लहलहैमा लागेर बनाएको मानव प्रयोगशालामा कसैलाई हानि भएमा त्यसको जिम्मेवारी कसले लिने? सम्बन्धित निकायले यसलाई तुरुन्तै सम्बोधन गर्न जरूरी छ।

हल्लाको पछाडि नलागौं,  स्वस्थ, सुरक्षित र खुसी रहौं।

(लेखक अमेरिकाको, म्यासाचुसेट्स राज्यमा इण्टर्नल मेडिसिनकf चिकित्सक हुन्।)

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  २३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्