एजेन्सी- अभिनेत्री नीतु कपुरले इन्स्टाग्राममा श्रीमान् ऋषि कपुरलाई सम्झँदै हाँसिरहेको तस्बिर राखेकी छन्। तस्बिरमा ऋषि ह्विस्कीको गिलास हातमा लिएर मुस्कुराइरहेका छन्। उनले २ वटा लभ साइनको इमोजी राखिन् र लेखिन्,‘हाम्रो कहानी सकियो।’
२ वर्षदेखि ल्युकेमिया रोगबाट पीडित ऋषिको बिहीबार बिहान निधन भएको थियो। फिल्म क्षेत्रमा सक्रिय रहेकै बेला नीतुको ऋषिसँग विवाह भएको थियो। उनी त्यो बेला २१ वर्षकी थिइन्। दुवैको प्रेम विवाह भएको थियो।
'जहरीला इन्सान' नामको फिल्ममा अभिनय गर्ने क्रममा दुवैको भेट भएको थियो। सँगै काम गर्दागर्दै दुवै प्रेममा परेपछि कपुर परिवारको एक सदस्यको विवाहको समयमा ऋषिले नीतुसँग विवाहको प्रस्ताव राखेका थिए। उनी पनि सहमत भइन् र दुवैको विवाह भएको थियो।
जुन उमेरमा अन्य फिल्म क्षेत्रमा प्रवेश गर्छन्, त्यो उमेरमा नीतुले विवाह गरेर अभिनय गर्न छाडेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।