एजेन्सी- प्रायः विवादमा आइरहन्छिन् भारतीय अभिनेत्री कंगना रनौतकी बहिनी रंगोली चंदेल। सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा निक्कै सक्रिय उनी प्रायः कंगनाविरुद्ध कसैले केही बोले प्रतिरोधमा उत्रिहाल्छिन्। ऋतिक रोशन र कंगनाको विवादमा उनी निक्कै सक्रिय भइन् सामाजिक सञ्जालमा।
पछिल्लो समय भने उनी आफ्नै साम्प्रदायिक भावना भड्काउने विचारका कारण विवादमा छिन्। उनले कुनै समुदाय लक्षित गरेर गरेको ट्वीटले सामाजिक भावनामा चोट पुर्याउने भन्दै ट्वीटरले उनको अकाउन्ट निलम्बन गरिसकेको छ भने उनीविरुद्ध प्रहरीमा समेत उजुरी दर्ता भएको छ।
वलि अली कासिब खानले उनीविरुद्द मुम्बइको एक प्रहरी कार्यालयमा एक खास धार्मिक समुदायविरुद्ध सामाजिक सञ्जालमा लेखेर सामाजिक सदभाव भड्काउन खोजेको भनेर उजुरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।