नयाँ दिल्ली- कोरोना भाइरसका कारण अहिले विश्वका सबै गतिविधी ठप्प छन्। कोरोनासँग जुधिरहेका यी अहिले घरमै बसेर सुरक्षित हुने काम गरिरहेका छन्। यसको प्रत्यक्ष प्रभावमा बलिउड पनि परेको छ। अहिले फिल्म छायांकनदेखि सिनेमा घरसम्म बन्द रहेका छन्।
बलिउडका सेलिब्रेटीहरु अहिले घरमै बसेर खालीपनसँग जुधिरहेका छन्। अघिल्लो महिना दुनियाभरका बलिउडमा फ्यानहरु उत्साहित थिए। रोहित शेट्टीको सुपर कपि नयाँ सिरिज २४ मार्चमा रिलिज हुँदै थियो। सुर्यमुखीको प्रोड्युसरलाई बक्स अफिसमा धमाकेदार ओपनिङको आश थियो। किनकि यसअघि यसको रिलिज तोकिएको समयमा सरकारी छुट्टी थियो।
त्यसैले उत्साही हुँदै उसले प्रचार थालेको थियो। तर अवस्था बदलिएको छ। कोरोना भाइरसको सक्रमण रोक्न सरकारले प्रचारकै क्रममा २१ दिन लामो लकडाउन घोषणा गर्यो। त्यसपछि फेरि थपेको छ। यो क्रम सुरु भएपछि फिल्म सुर्यवंशीको रिलिज अनिश्चितकालका लागि रोकिएको छ। यो समस्या सूर्यवंशीलाई मात्र परेको भने होइन। १९८३मा क्रिकेट विश्वकप भारतले जित्दाका एक वरिष्ठ सदस्य कबीर खानको खेलजीवनमा आधारित ‘८३’ को रिलिज १० अप्रिलसम्मलाई सुरुमा सारिएको थियो तर अहिले यो पनि अनिश्चितकालका लागि स्थगित भएको छ। ८३ मा रणवीर सिंह र दिपिका पादुकोणले अभिनय गरेका छन्।
धमाधम हुँदैछ फिल्म रिलिज सार्ने निर्णय
कबीर खानले फिल्म रिलिज सार्न वा स्थगित गर्ने निर्णय गर्नुपर्दा आफूलाई धेरै दुःख लागेको बताए। ‘हामी फिल्म दुनियालाई देखाउनका लागि उत्साहित थियौं, तर केही चिज यस्ता हुदाँ रहेछन्‚ जुन हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ’ उनले भने‚ ‘अहिले फिल्म हलमा पुगेर फिल्म हेर्ने कसैको प्राथमिकता छैन।’
अहिले फिल्म बजारमा मात्र असर परेको होइन। सबै क्षेत्रमा यसको असर परेको छ। लकडाउनअघि अभिनेत्री कंगना रनावत तमिलनाडुको नयाँ फिल्म थलाइबीको सुटिङ चलिरहेको थियो।
कोरोना भाइरसका कारण अहिले विश्वका सबै गतिविधी ठप्प छन्। कोरोनासँग जुधिरहेका यी अहिले घरमै बसेर सुरक्षित हुने काम गरिरहेका छन्। यसको प्रत्यक्ष प्रभावमा बलिउड पनि परेको छ। अहिले फिल्म छायांकनदेखि सिनेमा घरसम्म बन्द रहेका छन्।
कोरोना भाइरसका कारण अहिले विश्वका सबै गतिविधी ठप्प छन्। कोरोनासँग जुधिरहेका यी अहिले घरमै बसेर सुरक्षित हुने काम गरिरहेका छन्। यसको प्रत्यक्ष प्रभावमा बलिउड पनि परेको छ। अहिले फिल्म छायांकनदेखि सिनेमा घरसम्म बन्द रहेका छन्।
‘म ४५ दिन सुटिङमा बस्नेवाला थिएँ तर हामीलाई सुटिङ गर्न र भिड जम्मा गर्न रोक लाग्यो’ उनले भनिन्‚ ‘हामीले सुटिङ रोक्यौं र मुम्बई फर्केर आयौं।’
अभिनेत्री दिपीका पादुकोण आफूलाई भाग्यमानी नै मान्छिन्। किनकी उनी लकडाउन हुनुभन्दा केही समय पहिले श्रीलंका फिल्म सुटिङका लागि जाने तयारीमा थिइन्।
उनीहरु मुम्बईबाट हिँड्दै थिए। यही समयमा लकडाउन भयो। उनी घरमै रोकिइन्। सधैं दौडधुप र व्यस्त रहने बलिउडका कालाकार अचानक फुर्सदिला भएका छन्। उनीहरु अहिले खाली समयलाई कसरी बिताइरहेका छन् भनेर सोसल साइटमा देखाउन थालेका छन्। अभिनेत्री कटरिना कैफ मेसनमा भाडा माझिरहेकी देखिन्छिन् भने दिपिका पादुकोणले खाना बनाउँदै गरेको तस्वीर सार्वजनिक गरेकी छन्।
आलिया भट्ट ,हृतिक रोशनजस्ता स्टारहरू पनि अहिले नयाँ नयाँ काममा लागेका छन्। तर केही स्टारहरुलाई लिएर आलोचना पनि सुरु भएको छ। उनीहरुले परिस्थितिलाई नसम्झेको र उनीहरुको रवैया असंवेदनशील नभएको भन्दै उनीहरुको आलोचना भएको हो।
मद्दतका लागि अग्रसर हुँदै
फिल्म निर्देशक फराह खानले इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै आफ्ना साथीहरुलाई भिडियो बनाउन बन्द नगरेमा उनीहरुलाई अनफलो गर्ने चेतावनी दिइन्। ‘मलाई थाहा छ‚ तपाईंहरु हुने खाने नै मानिसहरु हुनुहुन्छ र महामारीसँग जुधिरहनु भएको छ‚’ फरारले भनेकी छन्‚ ‘तपाईंहरुसँग आफ्नो फिगर बाहेक अन्यको चिन्ता छैन होला तर हामीलाई यो संकटमा धेरै मानिसलाई चिन्ता कम गर्ने काम गर्नु छ।’
केही सेलिब्रेटीहरुले आफ्ना फ्यानहरुलाई सोशल डिस्टेन्स कायम गर्न र त्यसको महत्व बुझाइरहेका छन्। प्यारका पंचनामका अभिनेता कार्तिक आर्यनले एक भिडियो मार्फत मानिसहरुलाई घरमै बस्न आग्रह गरिरहेका छन्। इन्स्टमग्राममा यो भिडियो एक करोडभन्दा धेरैले हेरेका छन्। बलिउडका धेरै मानिसहरु आफ्नो आफ्नो क्षेत्रबाट मद्दत गरिरहेका छन्।
अक्षय कुमार र अनुष्का शर्माले प्रधानमन्त्री मोदीको पिएम केयर फन्डमा सहयोग दिएका छन्। फिल्म उद्योगमा दैनिक मजदुरी गरिरहेका व्यक्तिका लागि लक्षित गर्दै प्रोड्युसर गिल्ड अफ इन्डियाले एक फन्ड बनाएको छ। यसमा बलिउडका सबै स्टारहरुले चन्दा दिएका छन्।
कहिले फर्कन्छन् सिनेमाघरमा...
लकडाउन बढ्ने आशंकामा बीचमा फिल्म निर्माताहरुले आफूलाई पनि परिर्वतन गर्न आवश्यक देखिएको छ। आउने समयमा उनिहरु कसरी परिर्वतन होलान् भन्ने प्रश्न उठेको छ। फिल्म निर्माता करण जोहरले आउँदै गरेको फिल्म तख्तको सुटिङ यो अप्रिलमा गर्ने तयारी गरेका थिए। उनको टिमले युरोपमा सेट निर्माण गरिरहेको थियो। उनले फिल्म उद्योगको भविष्य अनिश्चित भएको बताए।
‘हामी इटालीमा सुटिङ गर्दै थियौं त्यसपछि स्पेनको तयारी थियो‚’ उनले भने‚ ‘यसका लागि हामीले दूई वर्षको तयारी गरेका थियौं।’ देशकै विख्यात फिल्म निर्माता जोहर यो समयमा दुई फिल्म रिजिलको तयारीमा थिए।
अन्य सात फिल्म निर्माणको काम भइरहेको थियो। ‘यो त केवल धर्मा प्रोडक्सनको मात्र अवस्था हो, हरेक स्टुडियोको अवस्था यस्तै छ‚’ जोहरले भने‚ ‘हामीलाई थाहा छैन कहिले हामी यो अवस्था सामान्य हुनेछ र सिनेमा घरमा फर्कन्छौं!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।