• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

असुरक्षित चिकित्सकहरू

64x64
अमिका राजथला आइतबार, चैत ३०, २०७६  १३:५१
1140x725
सांकेतिक फोटो

विश्वले कोरोना संक्रमित बिरामी र मृतकको संख्या, उपचार पद्दति, खोज, समस्या, उपलब्धिलाई केलाउन थालेको झण्डै पाँच महिना (पहिलो केस- नोभेम्बर १७, २०१९ / साउथ मर्निङ चाइना पोष्ट) भयो। विश्वभर महामारीका रुपमा २ सयभन्दा बढी देशमा फैलिएको कोरोनाले भयावह रुप लिँदैगएको छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमितमध्ये लगभग ७९ प्रतिशत निको भएर अस्पतालबाट फर्किएका छन्। औषधि उपलब्ध नभएका कारण कतिपयलाई मृत्युबाट फर्काउन सकिएको छैन। तीमध्ये थुप्रै चिकित्सक पनि छन्। medscap.com ले प्रस्तुत गरेको तथ्यांकअनुसार अप्रिल ९ सम्ममा विश्वभरमा ३ सय ५५ जना डाक्टर तथा स्वास्थ्य क्षेत्रमा कार्यरतहरूको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

कोरोना संक्रमणबाट मुक्ति पाउने आशाका केन्द्र चिकित्सक वर्ग नै हो। त्यसैले पनि चिकित्सक वर्गलाई सुरक्षित तुत्याउनुपर्ने आवश्यकता छ। तर संसारभरका चिकित्सकहरू उपचारका क्रममा लगाइने पर्सलन प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई सेट– एन९५ मास्क, गगल्स, बुट, ग्लोब्स) को अभावका कारण आफैं संक्रमित भएको उल्लेखित तथ्यांकले स्पष्ट गर्छ। पीपीई र सेनिटाइजरको अहिले अभाव छ। पीपीई र सेनिटाइजरको अभावमा उपलब्ध अन्य साधन स्रोत प्रयोग गर्दा तथा नगर्दा स्वास्थ्यकर्मीहरू जोखिममा परेको देखिन्छ।

कारोनाबाट संक्रमितको संख्या हेर्दा यो कुनै विभिषिकाभन्दा कम भएन। यो विभिषिका विरुद्धको लडाइँका कमाण्डरहरु चिकित्सकीय औजार र औषधि बोक्ने चिकित्सकहरू हुन। युद्ध जित्नका लागि सैनिकहरूलाई शस्त्र अस्त्रले सुसज्जित गरिए जस्तै कोरोना विरुद्धको युद्धका लागि चिकित्सकहरूलाई चिकित्सकीय औजारलले सुसज्जित गराउनुपर्छ। आवश्यक सामाग्री पर्याप्त रुपमा बनाउनुपर्छ। ताकि यो युद्धमा जीत हासिल होस्।

नागरिकको उपचार गर्नु चिकित्सकको दायित्व हो। तर, स्वास्थ्यकर्मी नै मार्न सक्ने संक्रमण भएकाले गर्दा उनीहरु पनि हच्किने गरेका छन्। थुप्रै अस्पतालका डाक्टर तथा नर्स त अहिले बिदामै बसेका छन्। यही कारण अन्य रोगका बिरामीहरू समस्यामा परेका छन्, जुन हुनु हुँदैनथ्यो।

यो बेलामा विशेषतः कोरोना संक्रमितको लागि छुट्याइएका अस्पतालका चिकित्सकको मनोबल बढाउनुपर्छ। सिनियर चिकित्सकहरूले जुनियर तथा अन्य चिकित्सा क्षेत्रमा काम गर्ने सबैको मनोबल बढाउन सहयोग गर्न सक्छन्। त्यस्तै, सरकारले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि यतातिर खर्च गर्न कन्जुस्याइँ गर्नु हुँदैन।

चिकित्साकर्मीको माध्यमबाट लडिने कोरोनारुपी युद्ध भएकाले यतिबेला चिकित्साकर्मीहरूलाई प्राथमिकतामा राख्नु आवश्यक छ। दिनरात अस्पतालमैं बसेर बिरामीको उपचारमा खटिरहेका उनीहरुको आत्मबल बढाउन सुरक्षात्मक सामग्री उपलब्ध गराउनेदेखि अस्पतालमा पर्याप्त पूर्वाधारको व्यवस्था गर्नेसम्मका काम गर्नु सरकारको दायित्व हो।

हुनत चिकित्साकर्मीलाई प्रोत्साहनका लागि भत्ता बढाउने तथा वीमा गर्ने काम भइसकेको छ। घर फर्कनु नपर्ने गरी निश्चित होटल तथा अस्पतालमा नै बस्ने व्यवस्था गरिनु प्रशंसनीय काम हो। यस्तै, सरकारको छात्रवृत्तिमा चिकित्सा क्षेत्रको अध्ययन गरेकालाई परिचालन गर्ने तथा अवकाश प्राप्त चिकित्सकहरूले पनि यो भयावह अवस्थामा स्वेच्छिक रुपमा आवद्ध हुन गरिएको आह्वानले पनि चिकित्सकको मनोबल बढाउनसक्छ। यस्ता निर्णय हुनु सकारात्मक छ।

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा परीक्षण पर्याप्त मात्रामा नभएर पो संक्रमित बिरामी धेरै नदेखिएको हो कि भन्ने आशंकालाई हटाउन सरकारले ११ ठाउँबाट नमुना परीक्षण गर्न थालेको छ। यो राम्रो काम भएको छ।

चिकित्सकीय कार्यको लागि नभई नहुने पीपीईको अभाव भइरहेको अवस्थामा अन्य पेशाकर्मीले फोटो सेसनका लागि प्रयोग गर्नु निन्दनीय काम हो। पीपीईको महत्त्व सबैले बुझ्न जरुरी छ।

धरान उपमहानगरपालिकाले गरेको निर्णय असाध्यै अस्वाभाविक छ। उसले २३ चैतमा बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिलाई पत्र लेख्दै राहत कोषमा प्रतिस्ठानका पदाधिकारीले १५ दिनको तलब तथा चिकित्सक लगायतका स्वास्थ्यकर्मीले १० दिनको तलब जम्मा गरिदिन अनुरोध गर्‍यो। ज्यानको बाजी लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीलाई उत्प्रेरणा जगाउनुको साटो तलब भत्ता बुझाऊ भन्नु निन्दनीय कार्य हो।

डा शैलेन्द्र विक पोखरेल धौलागिरि अञ्चल अस्पताल, बागलुङमा रहेका २ जना कोरोना संक्रमितको उपचारमा छन्, पाँच जनाको चिकित्सक टोली सहित। चीनपछि युरोपको इटली, स्पेन, फ्रान्स तथा अमेरिकामा पनि व्यापक रुपमा महामारी फैलिएको र उपचारमा संलग्न डाक्टरको समेत मृत्यु भएको समाचार पढेपछि यस्तो ठाउँमा पनि संक्रमित भेटिए भने कसरी उपचार गर्ने भन्ने चिन्ता लाग्थ्यो, उनलाई। यद्यपि उनी साधन स्रोतको अभावमा पनि अस्पताल प्रमुखको हैसियतले अरु चिकित्सक टोलीलाई प्रोत्साहित गर्दै अगाडि बढेका छन्। ‘सुरक्षाको विधि अपनाएर डाक्टरले त बिरामी बचाउने हो नि भनेर कन्भिन्स गर्छु’, उनी भन्छन्।

अहिले विश्वभर नै स्वास्थ्य सामग्रीको अभाव भएका खबर आइरहेका तथा काठमाडौं र पोखराका अस्पतालजस्तो सुविधा नभए पनि कोरोना संक्रमितको उपचारमा लागेको उनी बताउँछन्। भन्छन्, ‘बाग्लुङ अस्पतालमा साधन र स्रोतको अभाव त छ नै, त्यसमाथि कोरोना संक्रमित बिरामीको उपचार गर्नुपर्ने ठूलो चुनौती सामना गर्दागर्दै पनि संक्रमितको उपचारमा कुनै कमी हुन दिएको छैन।‘

अहिले बाग्लुङ अस्पतालको आइसोलेसन वार्डमा १९ वर्षीया र ६५ वर्षीया दुवैको उपचार भइरहेको छ। दुई जनाकै अहिलेसम्मको अवस्था सामान्य छ। ६५ वर्षीया महिला नेपालमा फेला परेका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी उमेरकी हुन्। उनलाई दम र प्रेसर पनि छ। आइसोलेसन वार्डमा जाँदा चिकित्सकहरू पूर्ण रुपमा पीपीई सेट लगाएर जान्छन्। अस्पतालमा आईसीयू सुविधा छैन। भेन्टिलेटर पनि थिएन, केही दिनअघि मात्र प्रदेश सरकारले दिएको छ। क्रिटिकल उपचार गर्नपर्‍यो भने स्रोत र साधनको अभाव छ। पीपीईलगायत सुरक्षा सामग्रीको पनि चर्को अभाव छ। यो अवस्थामा पनि चिकित्सकहरू तीन सिफ्टमा खट्छन्, बिरामीमा थप जटिलता नआओस् भन्ने कामना गर्छन्।

पिपिईको समस्या झेल्ने नेपालको बागलुङ अस्पतालमात्र होइन। दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भारतकै प्रतिष्ठित अस्पतालमध्ये एक हो। त्यही प्रतिष्ठित अस्पतालका डाक्टरहरू समेत प्राप्त सुविधा र आफ्नो सुरक्षालाई लिएर चिन्तित छन्।

२ अप्रिल बिहीबार एम्स अस्पतालकै एक डाक्टरको कोरोना भाइरस परीक्षण पोजेटिभ आयो। लगत्तै ९ महिने गर्भवती उनकी पत्नीमा कोरोनाको संक्रमण भएको खबर आयो। उनी एम्स अस्पतालमै इमर्जेन्सी वार्डमा उपचारत थिइन्।

एम्स अस्पतालका ती डाक्टरमात्र होइन, भारतको राजधानी दिल्लीका एक दर्जनभन्दा बढी डाक्टर र नर्सहरू कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। एम्स अस्पतालका रेसिडेन्ड डाक्टरले त्यहाँका स्वास्थ्यकर्मीमा कोरोना भाइरस देखिन थालेको बताएका छन्। अब बढ्दै गए स्थिति भयावह हुने उनीहरूको भनाइ छ।

पीपीई तथा सेनिटाइजरको अभावमा चिकित्सकहरू अस्पताल जाँदा डराईडराई जानुपर्ने अवस्था छ। एक चिकित्सक भन्छन्– ‘हरेक दिन जब म ड्युटीमा अस्पताल जान्छु, मलाई आफू र अन्य साथीहरूको डर लाग्छ। हामीसँग पीपीई नै छैन। अनि, कसरी महामारीसँग लड्ने? मजस्ता फ्रन्टलाइनमा काम गर्नेहरू जोखिममा छन्।

महामारीको यो समयमा अहोरात्र खट्ने डाक्टरहरू नै जोखिममा रहेकाले यो विषयमा भारतको सर्वोच्च अदालनमा मुद्दा दायर भएको थियो। ‘महामारीसँग लडिरहेका डाक्टर, नर्स तथा मेडिकल स्टाफहरूलाई पीपीई उपलब्ध गराइयोस्’ भन्दै नागपुरका एक डाक्टरले मुद्दा दायर गरेका थिए। मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले केन्द्र सरकार र स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्यकर्मीहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, पीपीई तुरुन्त उपलब्ध गराउन आदेश दिएको थियो।
 
विश्वव्यापि रुपमा फैलिएको कोरोना महामारीले विश्वलाई आच्छुआच्छु पारेको छ। स्वास्थ्य व्यवस्था राम्रो भनिएका अमेरिका, युरोपियन देशहरू नै हायलकायल भइरहेका छन्। अहिलेसम्म थोरैमात्र संक्रमित देखिएको नेपाललाई सचेत हुने समय छ। अग्रपंक्तिमा रहेर काम गर्ने जनशक्तिलाई सुरक्षित बनाउनुपर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा कोरोना संक्रमण एकबाट अर्को व्यक्तिमा सरेको पुष्टि भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेको छ। यो घटनाले संक्रमणको खतरामात्र बढाएको छैन, नेपालमा कोरोना फैलिन सक्ने सम्भावनालाई अझै बढाएको छ।

यही माहामारीबाट बचाउन नेपालले चैत्र ११ गतेदेखि बन्दाबन्दीमा गए पनि अझै पूर्ण रुपमा पालना हुन सकेको छैन। तरकारी किन्न जाने, राहत लिन जाने, हिँडेरै भए पनि घर जाने नाउँमा मानिसहरूको आहोरदोहोर भईरहेकै छ। आआफ्ना बाध्यता र समस्याले मानिसको ओहोरदोहोर जायज मान्न सकिएला, जसमा सरकारले यसमा आफ्नो भूमिका निर्वाह गरेर बन्दाबन्दीको पूर्ण गराउनुको विकल्प छैन।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १३:५१
  • #corona
  • #doctor

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अमिका राजथला
लेखकबाट थप
असुरक्षित चिकित्सकहरू
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति शनिबार, जेठ ९, २०८३
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु शनिबार, जेठ ९, २०८३
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन : लुम्बिनी र सुदूरपश्चिमका यी जिल्लाहरूमा सावधानी अपनाउन आग्रह शनिबार, जेठ ९, २०८३
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्