एजेन्सी- हिन्दी फिल्म 'फ्यान'मा शाहरुख खानसँगै अभिनय गरेकी अभिनेत्री अहिले अभिनय छाडेर कोरोना संक्रमित विरामीको उपचारमा संक्रिय भएकी छिन्। भारतीय अभिनेत्री शिखा मल्होत्रा अभिनयलाई केही समय बिश्राम दिएर मुम्बइको अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीको उपचारमा खटिएकी हुन्।
नर्सको रुपमा उनले अस्पतालमा काम शुरु गरेपछि भारतिय अभिनेत्री कैटरिना कैफले असली जीवनको हिरो भन्दै उनको प्रशंसा गरेकी छिन्। अभिनय क्षेत्रमा आउनु अगाडि शिखा नर्सको अध्ययन गरेकी थिइन्। अभिनयमा लागेपछि उनले पुरै तालिम पुरा गर्न सकिनन्।
उनले अनुमती लिएर मुम्बइको बालासाहेब ठाकरे अस्पतालको आइसोलेसन वार्डमा काम शुरु गरिसकेकी छिन्। उनलाई अस्पतालको मेडिकल सुपरिडेन्डेन्टले गाइड गरिरहेका छन्।
भारतमा कोरोना भाइरसको संक्रमण बढेर ६ हजार नाघिसकेको छ। एक सय १० जना बढिको मृत्यु भइसकेको छ। भारतमा सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा फैलिएको छ। कोरोना संक्रमण फैलिएसँगै स्वास्थ्यकर्मीहरुको अभाव शुरु भएको बेलामा शिखाले गरेको निर्णयको सबैले प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।