एजेन्सी-कोरोनाको कहर बढ्दो छ। बेलायती प्रधानमन्त्री समेत कोरोना संक्रमणबाट गम्भिर भएर आइसियुमा भर्ना भइसकेका छन्। तर कोरोनाको यो विश्वव्यापी कहरका विच पनि केही भाग्यमानीहरु छन् जसले यो डरलाग्दो भाइरसलाई पराजित गरे।
अहिलेसम्म कोरोनासँग जीवन हारेकाहरुको संख्या भन्दा जीवन जितेकाहरुको सख्या नै धेरै छ। ७३ हजारले कोरोनासँग हारे पनि २ लाख ७५ हजार ८ सय ३२ जनाले कोरोनालाई पराजित गरेका छन्। यसरी पराजित गर्ने सबैभन्दा धेरै छन् चीनमा । चीनमा कोरोना संक्रमण भएका ७७ हजार ३ सय १० जनाले कोरोनालाई पराजित गरेर सामान्य जीवन यापनमा फर्किएका छन्।
दोस्रो संख्या छ स्पेनमा । स्पेनमा ४० हजार ४ सय ३७ जना उपचारपछि कोरोना संक्रमण मुक्त भएका छन्। यसैगरी जर्मनीमा २८ हजार ७ सय, इरानमा २४ हजार २ सय ३६, इटलीमा २२ हजार ८ सय ३७, अमेरिकामा १७ हजार ४ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।