Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोनाका बिरामी : किन र कतिलाई चाहिन सक्छ आइसियु?

डा हेमराज पनेरु सोमबार, चैत २४, २०७६  १२:५९
1140x725

अहिले हामी सबैलाई पिरोलिरहेको कोरोना भाइरस (कोभिड-१९)ले एकाएक आइसियुको आवश्यकताको चर्चालाई चुल्याएको छ।

यस्तो हुनुको कारण संसारभरी आइसियु बेडको कमी टड्कारो रुपमा देखापरेको र धेरै बिरामीहरुलाई आइसियुमा भर्ना गर्नु परिरहेको समाचारहरु आइरहनुले हो। 

कोभिड-१९का बिरामीहरुमध्ये करीब ५ देखि १५ प्रतिशतसम्मलाई क्रिटिकल केयरको आवश्यकता परिरहेको समाचारहरु आइरहेका छन।

कुनैपनि आफन्तलाई आइसियुमा भर्ना गर्नुपर्ने स्थिति आएमा हामी सबैमा एक किसिमको शारीरिक एवम् मानसिक तनाव पैदा हुनेगर्छ। 

यस्तो हुनुको कारण आइसियुु भनेको बिरामीलाई उसको जीवनको अन्तिम समयमा भर्ना गर्ने ठाउँ हो वा अब बाँच्ने सम्भावना निकै कम छ भन्ने मनोविज्ञान वा अन्धविश्वासले काम गरेको हुन्छ।

कुनैपनि आफन्तलाई आइसियुुमा भर्ना गर्नुपरेमा परिवारका सदस्यहरुमा एक किसिमको शंका, उपशंका, निराशा, रिसाहापन र निर्णय लिनसक्ने क्षमतामा ह्रास आउनेजस्ता समस्या देखिने गर्छन। जसको कारण आइसियुुको भिन्न किसिमको वातावरण तथा बिरामीको सिकिस्त अवस्था नै हो।  

आइसियुु भनेको के हो?
आइसियुु भनेको अस्पतालको एउटा विशिष्ट किसिमले तयार गरिएको कक्ष अथवा वार्ड हो।  जहाँ सिकिस्त किसिमका बिरामीको विशेष किसिमका उपकरण समेतको सहयोग लिई उपचार गरिन्छ। 

आइसियुुको भवन निर्माण, बनावट, स्वास्थ्यकर्मीहरुको तालिम, उपकरणको व्यवस्था समेत विशेष किसिमले तयार गरिएको हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आइसियुुको निर्माण सिकिस्त किसिमका बिरामीको उपचारमा केन्द्रित भई गरिएको हुन्छ। 

यस्ता बिरामीहरु लगातार स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहन्छन्। बिरामीको रोगको कारणले शरीरका बिभिन्न अंगहरुले काम गर्न छोडिरहेको अवस्थामा मुख्य रोगको उपचारसँगै ती अंगहरुको कामलाई कृत्रिम रूपमा सघाउने प्रक्रियाहरुको (जस्तैः कृत्रिम श्वाशप्रश्वास वा मेकानिकल भेन्टिलेटर, रक्तचाप बढाउने औषधीहरु, हेमोडायालिसिस आदि) व्यवस्था आइसियुुमा गरिएको हुन्छ। 

यी र ज्यान बचाइराख्न आवश्यक पर्ने यस्ता किसिमका प्रक्रियाहरुका लागि विभिन्न विशिष्ट किसिमका तालिम प्राप्त जनशक्ति (जस्तैः ईन्टेन्सिभिस्ट वा क्रिटिकल केयर फिजिसियन, क्रिटिकल केयर नर्स, फिजियोथिरापिस्ट, फार्मासिस्ट, डायटिसियनलगायत अन्य सहयोगीहरु) चौबिसै घण्टा सेवामा उपस्थित रहन्छन। 

सामान्य वार्डभन्दा निकै भिन्न किसिमले निर्मित आईसियुु सञ्चालन ईन्टेन्सिभिस्ट (क्रिटिकल केयर फिजिसियन) को नेतृत्वमा हुनुपर्दछ।  र एकजना बिरामी हेर्नका लागि एकजना डेडिकेटेड नर्स हुनुपर्दछ। 

साथै बिरामीको मुटुको गति, रक्तचाप, श्वासप्रश्वासको गति, शरीरको तापक्रम लगाताररुपमा नापिरहने उपकरण र अन्य यन्त्रहरु बिरामीको छेउमै रहेका हुन्छन्।

बनावट र सुविधाको उपलव्धताका आधारमा आईसियुुलाई विभिन्न लेभलमा विभाजित गर्ने गरिएको छ।

आइसियुको लेभलको सक्षिप्त रुपमा यसप्रकार बुझ्न सकिन्छ.
लेभल १ः  स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी चाहिने तर ज्यान बचाउनका लागि कृत्रिम उपायहरुको सुविधा नभएको आइसियु

लेभल २ः स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी चाहिने र केही समयसम्मका लागि निश्चित कृत्रिम उपायहरु गर्न सकिने सुविधा भएको आइसियु

लेभल ३ः स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी चाहिने र ज्यान बचाइ राख्न गर्न सकिने सम्पूर्ण कृत्रिम उपायहरुको सुविधा भएको (जस्तैः ईन्टेन्सिभिस्ट वा क्रिटिकल केयर फिजिसियन लगायत कृत्रिम श्वाशप्रश्वास, मेकानिकल भेन्टिलेटर, रक्तचाप बढाउने औषधीहरु, हेमोडायालिसिस आदि)

हाम्रो वर्तमान अवस्था
सबभन्दा पहिले नेपाल सरकारले तोकेका मापदण्द हेरौँ। नेपाल सरकारको वि.स २०७० को मापदण्डले निम्न बमोजिमका बुँदाहरु उल्लेख गरेको छः 
 १. कूल उपलब्ध बेडको पाँच प्रतिशतको अनुपातमा आइसियुु बेड व्यवस्था गरेको हुनुपर्दछ। 
२. आइसियुु कक्षमा प्रति दुई बेडका लागि एक भेन्टिलेटर हुनुपर्दछ। 
३. प्रति बेड अनुपातमा एकजना स्टाफ नर्सको व्यवस्था हुनुपर्दछ। 
४. कडा सरुवारोग भएका बिरामीलाई सघन उपचार आवश्यक परेमा बिरामीलाई छुट्टै आइसोलेशनमा उपचारको प्रबन्ध मिलाएको हुनुपर्नेछ।  

आजको मितिसम्मको यकीन आँकडा नभएको स्थितिमा नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले काठमाडौं उपत्यकामा एउटा टेलिफोन सर्वे गरेको छ। 

यस सर्वे अनुसार काठमाडौं उपत्यकामा रहेका सरकारी तथा निजी अस्पताल समेत गणना गर्दा जम्मा ४८० वटा आइसियुु वेड रहेको पाइएको छ। 

जसमध्ये झण्डै १५० वेड चाहिँ सरकारी अस्पतालहरुमा छन्। भेन्टिलेटरको संख्या झण्डै २६० रहेको छ भने जम्माजम्मी ८०० जना क्रिटिकल केयर नर्सिङमा अनुभव वा तालिम प्राप्त नर्सहरु रहेका छन्। 

तालिम प्राप्त क्रिटिकल केयर फिजिसियन भने थोरै मात्र अस्पतालहरुमा रहेका छन्। 

काठमाडौं उपत्यका बाहिरका मुख्य सहरमा पनि आइसियुुहरु सञ्चालन रहेका छन तर उपलब्ध सेवाको बारेमा यकिन तथ्यांक छैन। 

लेभल ३ सुविधा भने निकै थोरै आइसियुुहरुमा मात्र रहेको छ। धेरैजसो अस्पतालहरूमा छुट्टै आइसोलेशन बेड छैनन्।

आइसियुु कसरी सञ्चालित छन् त?
विभिन्न सरकारी एवम् निजी स्वास्थ्य संस्थाहरुमा आइसियु सञ्चालनमा छन्। 

आइसियु सञ्चालनको नेतृत्व विशेष किसिमले प्रशिक्षित क्रिटिकल केयर फिजिसियन वा इन्टेन्सिभिस्टले गर्नुपर्दछ। 

तर नेपालमा भने आइसियुु सञ्चालनमा रुचि भएका तर अरुपनि जिम्मेवारी निभाइरहेका चिकित्सकहरुले (जस्तैः एनेस्थेसियोलोजिष्ट, इन्टर्निष्ट, जनरल सर्जन आदि) आइसियुुको समेत जिम्मेवारी सम्हालिरहेका छन जुन पर्याप्त छैन। 

नर्सिङ लगायत अन्य जनशक्ति समेत नगण्य मात्र उपयुक्त किसिमले तालिम प्राप्त रहेका छन्। 

सरकारी निर्देशिका आइसियुु सञ्चालनको नेतृत्व कसले गर्ने भन्नेवारे मौन छ। 

आजको मितिसम्ममा नेपाल सरकारको स्वास्थ्य सेवामा क्रिटिकल केयर मेडिसिनलाई छुट्टै विधाको रुपमा अङ्गिकार गरिएको देखिदैन। जुन आइसियुुको स्थापना, उपयुक्त सञ्चालन, र विकासको लागि निकै महत्वपूर्ण छ। 

देशभरिका सरकारी स्वास्थ्य संस्थाहरु हेर्नुभयो भने एकाध आइसियुुबाहेक धेरै जसो आइसियुुहरुमा लेभल ३ स्तरको सुविधा उपलब्ध छैन।
 
बिरामीलाई कति दिनसम्म आइसियुुमा राखिन्छ? के सबैजनाको मृत्यु हुन्छ त?
बिरामीलाइ आइसियुुमा राख्नुपर्ने समय रोगको प्रकृति, गम्भिरता, र उपचारको प्रभाव अनुसार फरक फरक हुन सक्छ। 

केही दिनदेखि, महिनौँसम्म पनि आइसियुु मै राखि उपचार गर्नुपर्ने हुनसक्छ। 

कतिपय रोगहरुमा उपचार नै सम्भव नहुन सक्छ, वा कृत्रिम तरीकाले मात्रै बिरामी बाचिरहेका हुनसक्छन। 

निको पार्न नसकिने प्रकृतिका रोगहरु रहेछन भने डाक्टरसँगको परामर्श अनुसार उपचार रोक्नुपर्ने पनि हुनसक्छ।

बिरामी बाँच्ने वा नबाच्ने सम्भावना रोगको प्रकृति, रोगको गम्भीरता, उपचारको असर लगायत धेरै कुराहरुमा भर पर्ने हुन्छ। 

विभिन्न अध्ययन अनुसार लेभल ३ आइसियुुमा उपचार चाहिने बिरामीहरुमध्ये करीब १५–४० प्रतिशत बिरामीहरुको चाहिँ मृत्यु हुनेगरेको पाइन्छ। हाम्रो अनुभव पनि त्यही नै हो।

कोरोना भाइरस डिजिज (कोभिड(१९) का कारण किन र कति जनालाई आइसियुु चाहिन्छ?
कोरोना भाइरसले फोक्सोमा असर गरी श्वासप्रश्वासमा कठिनाइ पैदा गर्ने गरेको देखिएको छ।  जसलाइ एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) भनिन्छ। 

करिब दुई तिहाई बिरामीहरुमा भेन्टिलेटर चाहिने प्रमुख कारण एआरडिएस नै हो। 

कोभिड१९ प्रमाणित बिरामीमध्ये करीब ५ प्रतिशत बिरामीहरुलाई आइसियुु चाहिने आँकलन गरिएको छ। 

चीनको वुहानको अनुभवका आधारमा कुरा गर्दा आइसियुु चाहिएका धेरैजसो बिरामी ६० बर्ष माथिको उमेर समूहका थिए।  जसमध्ये ४०प्रतिशत बिरामीहरु अन्य रोगहरुले समेत पीडित (मधुमेह एवम् मुटुका रोगी) व्यक्तिहरु थिए। 

कोरोनाभाइरस डिजिज (कोभिड-१९) संग लड्न हामीले के गर्नु पर्छ?
१. नयाँ अस्पताल वा नयाँ आइसियुुको निर्माण गर्नु निकै कठिन कार्य हो। 
अहिलेको उत्तम विकल्प हामीसँग सञ्चालनमै रहेका अस्पतालमा क्रिटिकल केयर बेड थप्ने होस् जस्तैः धेरैजसो अस्पतालका पोस्टअपरेटिभ वेडहरूलाई केही जनशक्ति र उपकरण थप गरि आइसियुुको रूपमा सञ्चालन गर्नु पर्छ।

२. बिरामीको चाप धेरै वृद्धि  भएमा अपरेशन थिएटरहरुलाई समेत आइसियुुको रुपमा प्रयोग गर्ने सम्भाव्यता रहन्छ। यसबारे ढिलो नगरी छलफल गरिहाल्नु पर्दछ।

३. कोभिड१९ ले गराउने एआरडिएसको उपचार गर्न निकै कठिन एवम् चुनौतिपूर्ण हुने र उक्त अवस्थाको उपयुक्त उपचार गर्न चाहिने इन्टेन्सिभिष्टको अभाव रहेकोले अन्य विधाका चिकित्सकहरुको (एनेस्थेसियोलोजिष्ट तथा इन्टर्निष्टका साथै उक्त विधाका अध्ययनरत रेजिडेण्ट चिकित्सकहरु) तुरुन्त पहिचान गरी उपचारमा संलग्न गराउन सकिन्छ।

४. आइसियुु सञ्चालनका लागि चाहिने नर्स सहित अन्य जनशक्ति समेतको तुरुन्त पहिचान गरी केही आवश्यक तालिम सहित टीमहरु निर्माण गर्नुपर्छ।

५. सुरक्षा सामग्री निकै ठूलो परिमाणमा आवश्यक पर्छ त्यसको जोहो गर्न थाल्नुपर्छ।

६. लेभल ३ आइसियुु सञ्चालनका लागि आवश्यक अन्य डिस्पोजेवल सामानहरूको समेत व्यवस्था गर्नुपर्छ।

- (डा पनेरु त्रिवि शिक्षण अस्पतालका इन्टेन्सिभिस्ट हुन् भने नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन का महासचिव पनि हुन्)

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी
लेबनानमा युद्ध–विराम लागु
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेबनानमा युद्ध–विराम लागु शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन शुक्रबार, वैशाख ४, २०८३
संसदका सबै गतिविधि पारदर्शी बनाउँछु : सभामुख शुक्रबार, वैशाख ४, २०८३
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्