• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

क्युबाली स्वास्थ्य प्रणालीको पाठ

64x64
देवराज पोखरेल आइतबार, चैत २३, २०७६  १०:५१
1140x725

दुनियाँ आज कोरोनाबाट आक्रान्त बनिरहेको छ। उद्गमस्थल चीनको वुहान मानिए पनि यसको संक्रमण मानवमा कसरी भयो भन्ने मतैक्यता पाइँदैन। अध्ययन हुँदै जाला, निष्कर्षहरु बिस्तारै निकालिएलान्।

कोरोना संक्रमणले महामारीको रुप धारण गरिसकेको छ। अधिकाशं देशहरू यसको चपेटामा परिसकेका छन्। उद्गमस्थल चिनले यसलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ भने शक्तिशाली मुलुकहरू यो लडाइँमा अत्यन्त कठिनाई भोगिरहेका छन्। उनिहरुको अत्याधुनिक प्रविधिले समेत निर्णायक भूमिका खेल्न सकिरहेको छैन। शक्तिशाली मुलुकहरू कोरोना विरुद्धको लडाइँमा असफल देखिएपछि विभिन्न स्वास्थ्य प्रणालीका विषयमा बहस सुरू भएको छ।

तुलनात्मक रूपमा सानो तथा करिब आधा शताब्दीभन्दा लामो समय अमेरिकी नाकाबन्दी व्यहोरेर आर्थिक समस्यामा रहेको मुलुक क्युबाले कसरी संसारकै अब्बल स्वास्थ्य प्रणाली विकास गर्न सक्यो? यस आलेखमा क्युबाको स्वास्थ्य प्रणालीलाई खोतल्ने प्रयत्न गरिएको छ।

माथि नै चर्चा गरियो, क्युबा आर्थिक कोणबाट तुलनात्मकरूपले कमजोर मुलुक हो। उसको आर्थिक बृद्धिदर कमजोर हुने प्रक्षेपण भएका छन्। मासिक ज्यालादर करिब २० डलर छ। यो सम्भवत दुनियाँको सबैभन्दा कम हो।

क्युबाको उसका स्वास्थ्य सुचकांक भने अब्बल छन्। सन् २०१९ मा संसारभरको बाल मृत्युदर सरदर ४२.५ प्रतिहजार हुँदा क्युबाको जम्मा ४.३३ थियो। जुन  अमेरिकाको भन्दा कम हो। त्यसैगरी औसत आयु ७८.९ वर्ष छ, जुन विकसित मुलुकहरुको हाराहारी हो। डाक्टरको संख्या १ करोड १० लाख जनसंख्यालाई ९५ हजार छ। अर्थात्, करिब १ सय १५ जना बराबर एक डाक्टर छन्। जुन संसारको सबैभन्दा बढी हो।

यसरी आर्थिक रुपले कमजोर मुलुकले स्वास्थ्य क्षेत्रमा असाधारण प्रगति हासिल गरेको छ। आन्तरिक स्वास्थ्यका साथै क्युबाका डाक्टरहरु अन्तर्राष्ट्रिय जगतमा समेत अब्बल साबित भएका छन्। आज पनि करिब ३० हजारको संख्यामा विभिन्न ६७ देशमा कार्यरत छन्। सरकारी स्तरबाटै पठाइने ती डाक्टरहरु, जसलाई फिडेल क्याष्ट्रोले ’आर्मी अफ ह्वाईट कोट’ को संज्ञा दिएका थिए, उनीहरु क्युवाको अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तार गर्नुको साथै विदेशी मुद्राको आर्जनको प्रमुख स्रोत बनेका छन्।

विभिन्न देशमा आइपर्ने ठूलाठूला प्राकृतिक विपत्ति र महामारी नियन्त्रणमा क्युबाली डाक्टरहरुले सफल भूमिका निर्वाह गरिरहेका छन्।

क्यूबाको स्वास्थ्य प्रणाली अध्ययन गर्दा सन् १९५९ मा पुग्नुपर्छ, जतिबेला फिडेल क्याष्ट्रोको नेतृत्वमा समाजवादी क्रान्ति मात्र सम्पन्न भएन, समाजवादी स्वास्थ्य मोडलको जग बसाल्ने काम समेत सुरु भयो। समुदायमा आधारित स्वास्थ्य प्रणालीमा जोड दिइयो।

Ncell 2
Ncell 2
nimb
nimb

उता अमेरिकाले स्वतन्त्र बजारको नाममा स्वास्थ्य क्षेत्रको निजीकरणमा जोड दियो। पुँजीवादले स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्‍यो। जुन पुँजीवादको स्वभाविक चरित्र हो। पुँजीवाद नाफा केन्द्रित हुने हुँदा उसले ’रोग’लाई पनि नाफा आर्जन गर्ने अवसरको रुपमा लियो। त्यसैले अमेरिकाले रोगको रोकथाममा लगानी गरेन।

तर क्युबाको समाजवादी मोडलमा निजी लगानी बर्जित थियो। जहाँ नाफाको गुञ्जायस थिएन। त्यसैले उसले रोग लागेर उपचारभन्दा, प्रतिरोध मा जोड दियो। स्वास्थ्य सेवालाई समुदायमा आधारित बनाइयो। विद्यालय शिक्षामा अनिवार्य स्वास्थ्य शिक्षा समावेश गरियो। मेडिकल विद्यार्थीहरुलाई निश्चित समय समुदायमा बसेर अध्ययन गर्नुपर्ने व्यवस्था भयो।

पुँजीवादी मुलुकमा जहाँ बढी अवसर देखिन्छ, डाक्टरहरू त्यतै केन्द्रित भए, दूरदराजमा विशेषज्ञ सेवाको सधैं अभाव रह्यो। उनीहरु नाफाको पछाडि दौडिनु स्वाभाविक थियो।
क्युबामा भने निजी स्वास्थ्य सेवाको अन्त्य र सामुदायिक स्वास्थ्य प्रणाली अवलम्बन गरेपछि डाक्टरहरू समुदायमा बस्न थाले। समुदायका हरेक मान्छेको स्वास्थ्य अवस्थाको विषयमा डाक्टरहरू जानकार रहे। उनीहरुको बीचमा भावनात्मक सम्बन्ध स्थापित भयो। हरेक नागरिकको घरघरमा पुगेर सेवा दिन थाले। उपचारभन्दा प्रतिरोधमा जोड दिने प्रणालीका कारण सररफाई, पोषण आदि पनि समुदायका डाक्टरहरूको प्रत्यक्ष निगरानीमा गर्न थालियो। र, क्युबाका जनताको स्वास्थ्य अवस्था गुणात्मक ढंगले सुदृढ़ भयो।

विगत लामो समयदेखि क्युवामा कुनै महामारीको प्रकोप देखिएको छैन। प्रतिरोधी उपचार प्रणालीका साथै क्युवाले केही महत्वपूर्ण रोकथाम गर्ने भ्याक्सिन बनाएर दुनियाँलाई राम्रो गुन लगाएको छ। म्यानेन्जाइटिस ’बी’ विरूद्धको खोप, इबोला बिरुद्धको खोप, क्यान्सरका सेलहरुको बिस्तार रोक्ने खोप आदि बनाउनुका साथै एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने प्रकृया रोक्न क्युबा पूर्ण रुपले सफल भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले कोरोनाको महामारीका बीच दुनियाँभर नाफामा आधारित पुँजीवादी स्वास्थ्य प्रणालीका विपक्षमा बहसहरु चलिरहेका छन्। स्वभावैले नेपाल पनि यस बहसबाट अछुतो रहन सक्दैन। नेपालको संविधानमा समाजवाद उन्मुख मुलुक लेखिएको र स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ। अब नेपालको स्वास्थ्य प्रणालीको रुपान्तरणका विषयमा गम्भीर बहस जरुरी छ। क्युवाको समाजवादी मोडल हाम्रो लागि उपयुक्त हुनसक्छ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १०:५१
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
देवराज पोखरेल
लेखकबाट थप
क्युबाली स्वास्थ्य प्रणालीको पाठ
सम्बन्धित सामग्री
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो... बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्