एजेन्सी- भारतीय फिल्म निर्माता एकता कपुरले कोरोना भाइरस प्रभावितका लागि आफ्नो एक वर्षको तलव सहयोग गर्ने घोषणा गरेकी छिन्। उनले बालाजी टेलिफिल्मका कर्मचारीको सहयोगका लागि एक वर्षको तलव सहयोग गर्ने घोषणा गरेकी हुन्।
उनले निम्न आए भएका कर्मचारीहरुको सहयोगका लागि २ करोड ५० लाख सहयोगको घोषणा गरेकी हुन्। कोरोनाका कारण लकडाउनहुँदा अस्थायी रुपमा काम गर्ने, फ्रिलान्सर लगायतक न्युन आए भएकाहरुको परिवारमा समस्या परेको भन्दै उनले आफ्नो पारिश्रमिक सहयोग गर्ने घोषणा गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।