एजेन्सी- कोरोना भाइरसका कारण ज्यान गुमाएका मानिसप्रति समर्पित गर्दै चीन तीन मिनेटका लागि रोकिएको छ। चीनको स्थानीय समय १० बजे पुरा देश तीन मिनेटका लागि रोकिएको हो।
कार, ट्रेन, समुन्द्री जहाजलगायत सबै तीन मिनेटका लागि रोकिएको थियो। चीनका राष्ट्रिय झन्डा पनि आधा झुकाइएको छ। चीनको वुहानवाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रासमा रहेको छ।
डिसेम्बर ३१ मा वुहानमा पहिलो पटक कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको थियो। जनवरी एक हुदाँ उक्त संख्या ४० पुगेको थियो। चीनका शहरी इलाकामा सबै ट्राफिक लाइटहरू रातो पारिएको थियो र गाडीहरु जहाँ थिए त्यहीँ रोकिएका थिए।
चीनमा कोरोना भाइरसका कारण ३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। यसमा १४ जना मेडिकल साइन्स क्षेत्रका थिए। तर चीनले दिएको तथ्यांकलाई विश्वले शंका गर्दै आएको छन्। हाल चीन कोरोना भाइरस नियन्त्रणतिर अघि बढेको छ भने युरोप र अमेरिकी देशहरुमा फैलिरहेको छ। पुरै विश्वमा अहिले ११ लाख मानिस यसको चपेटामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।