काठमाडाैं- दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। उनी भर्खरै बेलायतको लन्डनबाट फर्केकी थिइन्।
बेलायतबाट फर्के लगत्तै कोरोना भाइरसको लक्षण देखिएपछि उनी अफ्रिकाको काजुलत नेटल प्रान्तको अस्पतालमा भर्ना भएकी थिइन्। उनको बुधबार मृत्यु भएको हो। उनी एचआइभी एड्सको अनुसन्धानकर्ता हुन्।
दक्षिण अफ्रिकामा महिलामा एचआइभी सर्न रोक्नका लागि उनले लामो अनुसन्धान गरेकी थिइन्। उक्त अनुसन्धानपछि उनी विश्वभर प्रख्यात भएकी थिइन्। रामजीको मृत्युपछि युएन एड्सका कार्यकारी निर्देशक बिन्नी ब्यान्याइमालेले ट्विट गर्दै उनीप्रति श्रद्धान्जली व्यक्त गरेकी छन्।
त्यस्तै वैज्ञानिक गीताको मृत्युले आफू दुखित भएको भन्दै उनले एक वैज्ञानिक र खोजकर्ता संसारले गुमाएको बताएकी छन्। दक्षिण अफ्रिका सरकारले पनि उनको श्रद्धान्जली समाराेह गर्ने जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।