एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण भएपछि अहिले उनी आइसोलेसनमा छन्। जोन्सन आफैले टुइट गरेर आफुले पहिलो पटक डिजिटल क्याविनेट मिटिङको अध्यक्षता गरेको जानकारी दिँदै सबै बेलायतवासीलाई घरमा बस्न आग्रह गरेका थिए।
पछिल्लो समय बेलायतमा कोरोना भाइरसको संक्रमण बढीरहेको छ। बेलायतका युवराज चाल्स समेत कोरोना संक्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्। संक्रमण रोक्न बेलायतले पछिल्लो समय लकडाउनको नीति लिदै आफ्ना नागरिकलाई घरमै बस्न प्रोत्साहित गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।