तस्बिर एपी काठमाडौं– भारतको कर्नाटक राज्य सरकारले घरमै क्वारेन्टाइनमा बसेकाहरुले प्रत्येक एक घण्टामा आफ्नो सेल्फी खिचेर पठाउनुपर्ने जनाएकाे छ। कोरोना भाइरस रोकथामका लागि भन्दै कर्नाटक राज्य सरकारले घरमै क्वारेन्टाइनमा राखिएकालाई विशेष एपमार्फत् प्रत्येक एक घण्टामा एउटा सेल्फी पठाउन निर्देशन दिएको हो।
राज्य सरकार अन्तर्गतको मेडिकल शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यदि क्वारेन्टाइनमा बसेको व्यक्तिले प्रत्येक एक घण्टामा सेल्फी नपठाए उनीहरुलाई सजाय स्वरुप ‘मास क्वारेन्टाइन’मा पठाइने छ। सेल्फी पठाउनका लागि सरकारले एप बनाएको र त्यहीमार्फत् फोटो पठाउन सकिने बताइएको छ।
पठाएको तस्बिर सही भए/नभएको जाँच सरकारको तस्बिर प्रमाणीकरण टिमले गर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।