• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले कसरी घुँडा टेकायो अमेरिकालाई?

64x64
नेपाल लाइभ सोमबार, चैत १७, २०७६  २०:४१
1140x725

एजेन्सी- अचेल ९/११ को स्मारकमा नयाँ फूल देखिएको छैन। अमेरिकामा यो एउटामात्र यस्तो क्षेत्र थियो‚ जहाँ सधैं ताजा गुलाबका फूल ढकमक्क सजिएको देखिने गर्थ्यो।

 अमेरिकास्थित न्यूयोर्क सहरको चहल पहल हुने क्षेत्र ‘ब्रोडवे’‚ जुन ठाउँ अहिले सुनसान भएको छ। यस्तो ठाउँको चर्चित रेल स्टेसन अहिले भूतघरजस्तो देखिएको छ। संसारभर चर्चित न्यूयोर्कको म्यनहट्टन क्षेत्रबाट स्टेटेन आइल्याण्ड जाने पानीजहाज‚ स्ट्याचु अफ लिबर्टीको नजिक भएर अझै पनि बगिरहेका देखिन्छन्।

टाइम्स स्क्वेयर

नजिकबाट नियाल्ने हो भने त्यहाँ कुनै मानिहरू देखिदैनन्। कुनै समय मानिसहरूले भरिभराउ हुने ती ठूला जहाजलाई रित्तो देख्दा यस्तो लाग्छ‚ मानौं यो संसारमा अब कोही बाँकी छैन। 

पृथ्वीभरी लगभग सबैतिर ढाकिसकेको कोरोना भाइरसको महामारीले यस्तो बनाइदियो कि आज कोही पनि कुनै चौकुनामा बसेर तीता-मिठा पल सम्झन इच्छुक छैनन्।

विश्वभरमा न्यूयोर्क सहर एउटा त्यस्तो उर्जावान सहर थियो‚ जसले संसारलाई ‘म कहिले निदाएको छैन’ भन्ने सन्देश दिइरहन्थ्यो। त्यही सहर आज कुम्भकर्णी निद्रामा निदाउन बाध्य भयो।

आज न्यूयोर्क सहरमा कोरोनाका संक्रमित यति छन् कि अमेरिकाको अन्य सबै प्रान्तका संक्रमितसँग तुलना गर्ने हो भने पनि न्यूयोर्क सहरका संक्रमित जति पुग्दैनन्। न्यूयोर्क सहरले फेरि एकपटक ‘ग्राउन्ड जेरो’ को उपाधी पाएको छ। यो यस्तो उपाधी हो जोसँग न्यूयोर्कमा बस्ने जोकोही बँच्न चाहन्थ्यो। 

New York ve Los Angeles'ta 'corona' önlemi: Barlar, sinemalar ...

Ncell 2
Ncell 2
nimb
nimb

जस्तो संकटको समयमा मान्छेले मान्छे चिन्छ‚ ठीक त्यसैगरी सामुन्ने ठिङ्ग उभिएको चुनौतीलाई देखेर सबै नतमस्तक भइरहेका छन्। यस्तो संकटको घडी अगाडि हुँदा कुन देशले के गर्न सक्छ सबैले अन्दाज लगाउन त सक्छन् नै। उनीहरूको शक्तिको परीक्षा पनि यस्तैबेला हुनेगर्छ।

डोनाल्ड ट्रम्पबाट यही आश थियो?
आज अमेरिका एक राष्ट्रव्यापी मात्र होइन‚ विश्वव्यापी संकटको सामना गरिरहेको छ। यस्तो बेलामा हामीले अमेरिकालाई कसरी हेर्ने?

के अमेरिकी सत्ताको केन्द्र‚ क्यापिटल हिलमा बसेका सांसदले यो चुनौतीको सामना गर्न सक्छन्? यी अमेरिकी सांसद तिनै हुन्‚ जो वर्षौंदेखि संसदमा दाउपेचको जालोमा अल्झिरहेका छन्।

डोनाल्ड ट्रंप

यस्तोमा उनीहरू यस्तो महामारीबाट पैदा हुने चुनौतीसँग जुध्नका लागि कतिसम्म एकजुट हुनका लागि तयार छन् त?

अमेरिकी राष्ट्रपतिले यसलाई लिएर दिने प्रतिक्रिया हामीले सोचेअनुरुप नै हुनपुग्यो। ट्रम्पमा कुनै किसिमको परिवर्तन आएन। ट्रम्प अझै पनि समझदार हुन सकेका छैनन्। उनमा आफ्नो गल्ती स्वीकार्न सक्ने सामर्थ्य छैन। उनमा अझै पनि विनम्रताको सानो लेशमात्र पनि आएको छैन।

ट्रम्पले यो संकटका लागि आफूले चालेको कदमलाई आफैंले १० मा १० नम्बर दिएका छन्। राजनीतिसँग कुनै सम्बन्ध नराख्ने यो भाइरसको संक्रमणबाट उब्जिएको संकटलाई पनि उनले राजनीतिकरण गरेका छन्।

Opinion | Our New Historical Divide: B.C. and A.C. — the World ...

सेन्टर्स फर डिजिज् कन्ट्रोल (सिडिसी) मा जाँदा राष्ट्रपति ट्रम्पले चुनावको प्रसारको लागि लगाएको टोपी लगाएर गएका थिए‚ जसमा मोटा अक्षरमा लेखिएको थियो- ‘मेक अमेरिका ग्रेट...’ अर्थात अमेरिकालाई महान् बनाऔं। यसबाट पनि थाहा हुन्छ ट्रम्पको प्रशंसामोह।

साँचो कुरालाई पनि बङ्ग्याएर भन्न सिपालु ट्रम्पको तौरतरिका सबैको मष्तिस्क हल्लाउने किसिमको हुन्छ। ट्रम्पले यो संकटको अनुमान पहिलेदेखि नै थियो भनेका छन्‚ तर‚ संक्रमण फैलिएको हप्तौं बितिसक्दा पनि उनले यस्तो खतरनाक संक्रमणलाई सानोतिनो संक्रमणको संज्ञा दिन छाडेका छैनन्।

अर्काको मजाक बनाउने नेता
फेरि‚ ट्रम्पले उनको लापरवाहीमा प्रश्न उठाउने मिडियालाई ‘फेक न्यूज मिडिया’को संज्ञा दिएर सधैं झैं फेरि एकपटक पहिलाको जस्तै व्यवहार देखाए।

ट्रंप

ह्वाइटहाउसका एक संवाददाताले‚ ‘कोरोना भाइरसको संक्रमणदेखि डराएका अमेरिकीलाई तपाईंको सन्देश के छ?’ भनी सोधिएको प्रश्नमा ट्रम्पले ‘तल्लोस्तरको संवाददाता’ भन्दै प्रश्नकर्तामाथि अपहेलना गरेका थिए। त्योबेला ट्रम्पको असलीपन फेरि उजागर भयो।

त्यसपछि पनि सिनेटर मिट रोमनीले आफैं आइसोलेसनमा जाने भनी गरेको निर्णयलाई लिएर उनले मजाक उडाएका थिए। मिट रोमनी एकमात्र यस्ता रिपब्लिकन सिनेटर थिए‚ जसले ट्रम्पको विरुद्धमा लगाइएको महाअभियोगमा ट्रम्पलाई पदमूक्त गराउनका लागि भोट गरेका थिए।

जसले यो भाइरसको संक्रमणलाई अघि बढेर नियन्त्रण गर्नका लागि सधैं लागिरहे‚ उनीहरूलाई ट्रम्पले सँधै कुनै कुनै किसिमले आरोप लगाइरहे‚ मजाक उडाइरहे। प्रचारको चक्करमा ट्रम्प जे पनि बोल्दिन्छन्।

कोरोना भाइरसको सन्दर्भमा उनले‚ ‘हाइड्रोक्सी क्लोरोक्वीन र एजिथ्रोमाइसिन’ लाई मिलाएर हामीले औषधिको इतिहासमा गेम चेन्जरको भूमिका निभाएका छौं।’ भनेका थिए। तर‚ त्यही समयमा यता डाक्टरहरूले यस्ता किसिमका अफवाहका पछि नलाग्नका लागि सर्वसाधारणलाई अपिल गरिरहेका थिए।

ट्रम्पको प्रशंसामोह
नागरिकको दुःख‚ कष्टका विषयलाई ट्रम्पले कहिले पनि मनमा लिएनन्‚ अझ भनौं‚ त्यस्ता विषयबाट दुःखी भएनन्। जसले आफ्ना आफन्त गुमाएका छन्‚ उनीहरूलाई ढाडस दिनुको सट्टा‚ संकटको समाना गरिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गर्नुको सट्टा ट्रम्प ह्वाइट हाउसमा बोल्नका लागि अगाडि स्टेजमा पुग्नासाथ आफ्नै प्रशंसाबाट भाषणको सुरुवात गरिरहेका हुन्छन्।

जब ट्रम्पले आफ्नो भाषण सक्छन् र बोल्नका लागि उपराष्ट्रपति माइक पेन्स अगाडि आउँछन् अनि फेरि ट्रम्पको यसरी प्रशंसा गर्छन्‚ मानौं पेन्स दरवारी कवि हुन्‚ जसले राजाको प्रशंसामा कविता रच्नका लागि विद्यावारिधी गरेको छ।

ट्रम्पको ह्वाइट हाउसमा हुने प्रेस कन्फ्रेन्सलाई देख्दा यस्तो लाग्छ कि मानिस अमेरकामा होइन‚ उत्तर कोरियामा छन्‚ जहाँ तानाशाहको चापलुसी अनिवार्य रुपमा गर्नैपर्ने हुन्छ। यी सबै घटना देख्दा सहजै अनुमान लगाउन सकिन्छ‚ ट्रम्पको आत्ममुग्धतालाई बुझाउन असम्भवप्रायः छ।

यतिमात्रै होइन‚ अन्य देशका नागरिकप्रति पनि ट्रम्पमा धेरै नै घृणा भरिएको छ। यो घृणा ट्रम्पको राजनीतिक यात्राको एक हिस्सा नै बनिसकेको छ। उनी पटक पटक कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनिरहन्छन्। ठिक यसैगरी सन् २०१६ को चुनावको प्रचारको समयमा अमेरिकाको औद्योगिक साम्राज्य ध्वस्त हुनुमा चीन र मेक्सिकोका आप्रवासीको हात रहेको बताउँदै आएका थिए।

ठिक यसैगरी कोरोना भाइरसको प्रकोपका लागि अमेरिकाले चीनलाई दोषी ठहर्‍याइरहेको छ ‚ ताकी उनी फेरि यसको फाइदा उठाएर दोस्रोपटक राष्ट्रपतिको चुनाव जित्न सफल होउन्। उनको शासन जहिले पनि वर्तमानका लागि मात्र भएको छ।

उनको कुनैपनि कदमले दीर्घकालीन बाटो समातेको देखिँदैन। सार्वजनिक स्वास्थ्यमाथि आइपरेको यत्रो ठूलो चुनौती र आर्थिक संकटसँग जुध्न सक्ने क्षमता ट्रम्पको प्रशासनमा रहेको देखिँदैन। डोनाल्ड ट्रम्पको शासनकाल सधैं नै आफ्नो मनमा लागेका काम र कुरा गर्नका लागि मात्र भएको जस्तो देखिएको छ।

अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमण विश्वकै लागि एक संकटकाल हो‚ यस्तो बेलामा केवल ट्वीट गरेरमात्र समस्याको समाधान हुँदैन भनेर धेरै विशेषज्ञहरूले भनिसकेका छन्।

यस्तो खतरनाक संक्रमणलाई केवल प्रचारको बलमा नियन्त्रण गर्न सकिँदैन। दिनप्रतिदिन अमेरिकी नागरिकको मृत्यु भइरहेको तथ्याङ्कबाट कोही पनि मुख लुकाएर बस्न सक्दैनन्। 

दुई ध्रुवमा बाँढिएको अमेरिकी समाज
अहिलेको कुरा गर्ने हो भने अमेरिकी समाज दुई ध्रुवमा बाँडिएको छ। आज पनि रिपब्लिक पार्टीका समर्थक कोरोना भाइरसको संक्रमणको बारेमा जतिपनि तथ्याङ्क बाहिर आएका छन् ती सबै अफवाह हुन् भन्ने ठान्छन्। उनीहरूका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जे भन्यो त्यही नै सत्य हुन्छ।

अमरीका

त्यसैगरी डेमोक्र्याटिक पार्टीका समर्थकहरूले ट्रम्पको कुनै पनि कुरामाथि विश्वासको नजरले हेर्दैनन्। तर‚ डेमोक्र्याटिक पार्टीमै पनि ८ प्रतिशत यस्ता समर्थक छन् जो ट्रम्पको बोलीमा विश्वास गर्छन्।

जब सेन्टर्स फर डिजिज् कन्ट्रोल (सिडिसी)ले २१.४ करोड अमेरिकी नागरिक कोरोना भाइरसबाट संक्रमित हुनसक्ने आँकलन सार्वजनिक गर्‍यो। त्यसबेला दक्षिणपन्थी वेबसाइट ‘द फेडरलिस्ट’का संस्थापक सन डेभिसले एक ट्वीट गर्दै‚ ‘मिडियाहरू अमेरिकालाई घृणा गर्छन्। जबसम्म आफूले समर्थन गरेको पार्टी सत्तामा पुग्दैन तबसम्म विरोध आइरहन्छ किनकी अमेरिकाको विरोध गर्ने सबै मिडियाकर्मीहरू कम्युनिस्ट देशको इशारामा चलेका छन्‚ जहाँबाट कोरोना संकट सुरु भयो’ भनेका थिए।

कस्तो छ ट्रम्पको लोकप्रियता?
आज कोरोना भाइरसको यो संकटको अगाडि अमेरिका कसरी बाँडिएको छ भन्ने कुराको तथ्यांक ग्यालोप पोलले सार्वजनिक गरेको छ। यसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार‚ रिपब्लिकन पार्टीको ९४ प्रतिशत समर्थक यो संकटबाट मुक्ति पाउनका लागि ट्रम्प प्रशासनले जे गरिरहेको छ‚ त्यसमा पूर्ण सन्तुष्ट छन्।

त्यसमा केही डेमोक्र्याट समर्थकलाई मात्र ट्रम्पको कुरामा विश्वास छ। तर सबैलाई मिलाएर भन्ने हो भने कूल १० मध्ये ६ जना ट्रम्पको पक्षमा उभिएका छन्। जसले गर्दा आज पनि ट्रम्पको लोकप्रियताको रेटिङ ४९ प्रतिशत छ।

यो उनको शासनकालकै उच्चतम रेटिङसरह हो। जुनसुकै होस्‚ राष्ट्रव्यापी संकट यदि अगाडि छ भने सबै नागरिक राष्ट्रपतिकै पक्षमा हुन्छन्। यसभन्दा अघि पनि ११ सेप्टेम्बरमा भएको अमेरिकी हमलापछि जर्ज डब्ल्यू बुसको लोकप्रियताको रेटिङ ९० प्रतिशतभन्दा पनि माथि थियो। 

‘ब्लू अमेरिका’ अर्थात डेमोक्रेटिक पार्टीका समर्थकहरूलाई ट्रम्पको सरकारभन्दा ज्यादा आफ्ना-आफ्नै प्रान्तका सरकारको बढी विश्वास छ।

दूतको उदय
यो संकटको समयमा अमेरिकी उदारवादीका लागि डाक्टर एन्थोनी फोची एक यस्ता दूत हुन्‚ जसले ट्रम्प प्रशासनको सत्तालाई समेत चुनौती दिइरहेका छन्। डा फोची‚ नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेजका निर्देशक हुन्।

डॉ. एंथनी फ़ॉची और ट्रंप

उनी पोस्ट ट्रुथको समय ट्रम्प शासनकालमै कोरोना भाइरसको भ्याक्सिनको निर्माणकार्यमा संलग्न एक चर्चित व्यक्ति हुन्। जसले कोरोना भाइरसको प्रकोपलाई देखेर ट्रम्पको ढुलमुले प्रवृत्तिको सधैं विरोध गर्दै आएका छन्। उनी अहिले अमेरिकामा एक चर्चित अनुहार बनेका छन्। 

कोरोना भाइरसले अमेरिकाको इतिहास बदल्ला?
राजनीतिक रुपले हेर्दा भाइरसले निकै नै ठूलो संकट ल्याउने देखिन्छ। उदाहरणका लागि जब जर्ज डब्ल्यू बुसले सरकारी रुढिवादलाई बढावा दिन सुरु गरे‚ जसरी अमेरिकी नागरिकले‚ बाराक ‌ओबामाले काला जातिको सट्टा गोरा जातिको हितमा बढी अग्रसर भएको पाए‚ त्यसबेला उनीहरूका विरूद्ध टी पार्टीको रुपमा एउटा नयाँ अभियान अगाडि आएको थियो।

पुरुष

टी पार्टीको आधिकारीक इतिहाँसलाई पल्टाएर हेर्ने हो भने जब तत्कालीन राष्ट्रपति बुसले ट्रबल्ड एसेट रिलिफ प्रोग्रामको कानुनमा हस्ताक्षर गरेका थिए त्यहीबेला सन् २००३ अक्टुबर ३ मा आन्दोलन भएको थियो।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विश्वभर फैलिएको कोरोना संक्रमणका लागि कस्तो कदम उठाउँछन् त्यसले उनी भविष्यमा फेरि राष्ट्रपति बन्ने वा नबन्ने भन्ने कुराको निर्धारण गर्न मुख्य भूमिका खेल्छ।

उनका लागि पनि यो समय आउँदै गरेको राष्ट्रपतीय चुनावका लागि सदूपयोग गर्न सकेमा महत्त्वपूर्ण  र परीक्षाको समय हुने विशेषज्ञहरू बताउँछन्।

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्