काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको सोमबार सातौं दिन। पहिलो पटकको बाट १८ गतेसम्म गरिएको लकडाउन लम्ब्याएर चैत्र २५ गतेसम्म पुर्याइएको हो।
सरकारले अकस्मात् लकडाउन गरेका कारण आम मानिसले तयारी गर्न पाएनन्। दैनिक ज्यालादारीमा काम गरेर खाने श्रामिकले पनि कुनै तयारी गरेनन्। खानाकै लागि समस्या पर्न थालेपछि हिँडेर भएपनि आफ्नो घर फर्कन थालेको छन्।
काठमाडौंका विभिन्न नाकाबाट हिँडेरै भएपनि निस्कने र पाइएको खण्डमा ढुवानीका सवारी साधन भए पनि चढेर घर जानेको समूह देखिन थालेको छ। सवारी साधनमा महँगो भाडा तिरेर भए पनि घर जान राजी छन् धेरै मानिस। विशेषगरी तराई मूलका मजदुर घर जान ठूलै रकम खर्च गर्न पनि बाध्य छन् काठमाडौंबाट घर जान। काम नभएकाले साहुसमेत सम्पर्कमा नभएको र आफूसँग खाने कुरा नभएपछि हिँडेरै भए पनि घर जान लागेको एक श्रमिकले बताए।
कतिपय गाडीहरूले जिल्ला प्रशासन कार्यालय भक्तपुर, काठमाडौ र ललितपुरबाट पास लिएर रिजर्भ भनेर आफूखुशी भाडा असुल्ने गरेका छन्।
बस र माइक्रोबसले साँझको समयमा कलंकी, चोभार, बनेपाजस्ता ठाउबाट संकलन गरी यसरी यात्रु बोक्ने गरेको सुरक्षामा खटिएका प्रहरीको भनाइ छ। प्रशासनको पास भएपछि रोक्न नमिल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।