• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मृत्यु मृत्यु छ सर्वत्र, तर कसैमा डर छैन

किशोर सापकोटा सोमबार, चैत १७, २०७६  १३:०६
1140x725

आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन्। सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानीसमेत नभएका पनि हुन्छन्।

सबैको एउटै प्रश्न छ–अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि?

मेरो उत्तरले कोहीकोही सन्तुष्ट हुँदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिँदा कसैलाई बिर्सिइयो कि भन्ने पर्दो हो। परिवारका सबै सदस्यको नाम नै लिएर सोध्छन्–फलानोलाई ठीक छ नि? फलानोलाई ठीक छ नि?

आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन। ल्यापटपबाट लिएको जानकारी टेलिफोबाट बाँड्छु। अलिअलि लेख्छु । (दुइ दिन लेखिनँ, अमेरिकामा २०० जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिएँ, पछिल्ला दुइ दिनमा त पाँच–पाँच सय मानिस मरे, के भनेर लेख्नु?)

आफन्तहरुको चिन्ता र चासो स्वाभाविक पनि हो। पछिल्लो हप्ता, हरेक दुइदिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ।

जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणबाट पहिलो व्यक्तिको निधन भएको थियो। आज ७८ दिन बित्दा विश्वभरमा ३३ हजार ९२५ जना (अपडेट ३४ हजार ५ जना) को निधन भइसकेको छ। सरदरमा आँकडा निकाल्दा विश्वमा हरेक दिन ४ सय २४ जना मानिसहरु कोरोना संक्रमणका कारण मरिरहेका रहेछन्। कोरोना भाइरसको संक्रमणका कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरे पनि पछिल्लो दिनमा गुणात्मक रुपले बढिरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पांच सयको हाराहारीमा मानिस मरिरहेका छन्। यो क्रम विकराल बन्दै जाने देखिएको छ।

यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त?

बाहिरी दुनियाँमा बस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फूर्ति केही दिनका लागि त होला नि? कहाँ सक्छ र अमेरिकालाई?

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकाभित्र बसेर हेर्दा तस्विर फरक छ।

अब के गर्ने? कसरी यो समस्यालाई सम्वोधन गर्ने? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसँग छैन। ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुलमात्रै गरिरहेको छ। सानातिना राहत प्याकेजमा अल्झिएको छ। अहिले पनि कुन–कुन राज्यमा डेमोक्रेट पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊ भनेर गृहकार्यमा अल्झिएको छ। गभर्नरहरुलाई सहयोग गर्नेभन्दा पनि इवी साँध्न उद्यत छ।

न्युयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु बन्दै गएको छ। अमेरिकाको आर्थिक नगरी ठप्प छ। न्युयोर्क कहिल्यै सुत्दैन भन्ने आहान बदएर न्युयोर्क अब उठ्दैन भन्नुपर्ने अवस्थामा पुगिसकेको छ। तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेण्टीलेटरसमेत किनिदिएका छैनन्। न्युयोर्कका अस्पतालमा दुइजना बिरामीका लागि अहिले एउटा भेण्टीलेटर चलाउनु परेको छ।

स्वास्थकर्मीहरुलाई यथेष्ट पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीइ) हरु छैनन्, एउटा मास्कले पुरै सिफ्ट वा केही दिन चलाउनु पर्ने अवस्था आएको छ। यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन्। स्वास्थकर्मीहरु जागिर छाडिरहेका छन्। राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसंग सिंगौरी खेल्न त कहिले बेलायतबाट राजगद्दी त्यागेर क्यानडा हुँद अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन्।

Xtrem

Xtrem

यतिबेला अमेरिकामा सबैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थकर्मी हुन्, कोरोनावाट आफन्त गुमाएका परिवारजन हुन् र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र सिटीका मेयरहरु हुन् । प्रकोप बढ्दै जाँदा  पीपीइको अभाव हुँदै जाँदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी) ले पनि सायद सरकारी दबाबमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिँदा स्वास्थकर्मीहरु झन् जोखिममा परेका छन्।

धेरै स्वास्थ्यकर्मीले आफ्ना पीडालाई सामाजिक सञ्जालमार्फत् रुँदै व्यक्त गरेका छन्। काम गरिरहँदा कतिपय नर्स र डाक्टरहरु आफूलाई सम्हाल्न सक्दैनन् र वाथरुममा पसेर रुन्छन् । केहीबेरमा सुन्निएका आँखा लिएर फेरि बिरामीको सेवामा जुट्छन्। कोरोना संक्रमणका कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारका सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् ।

कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांस सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । परिवारका सदस्य बिरामी हुँदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल।

सुन्दा कहालीलाग्दो लागे पनि अहिले पनि ससर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउँसो म बस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरेँ। वालमार्टमा यो भयावह अवस्थाको छायाँ कतै पनि देखिएन। अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन्। जति आह्वान गरे पनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन। न त रजिस्टरमा बस्नेहरुले मास्क लगाएका छन्, न सामान्य पञ्जा नै ।

धेरै मानिसहरुले छुने भएकाले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन। मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए। कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ, अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजर भने अभाव छ । अरु बजार सामान्य भइसकेको छ।

म फर्कँदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा वारवीक्यू पार्टी चल्दै थियो। न त कसैले कोरोना संक्रमणबाट मर्नेको परिवारमा के बितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थकर्मीहरुको प्रशंसामा वेलुका ताली बजाउन नै कोही जुटेका छन्। साँझमा फेसबुक हेरे, धेरै साथीहरुले आफूले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए । टेलिभिजन स्क्रिनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुँदा पनि मानिसको मनमा अझै भय छैन। नत्र सरकारले भनेको किन मान्दैनन्?

पत्रकार सापकोटा हाल अमेरिकाका लुइभेलमा बसोबास गर्छन्। यो सामग्री उनको फेसबुक स्टाटसबाट साभार गरिएको हो

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १३:०६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्