एजेन्सी- विश्वभर कोरोना संक्रमितको संख्या ७ लाख २० हजार पुगेको छ। दिनकै संक्रमितको संख्या बढीरहेको छ। नेपाली समय अनुसार सोमबार विहानसम्म कुल संक्रमित ७ लाख २० एक सय १७ पुग्यो।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। दोस्रोमा इटली, तेस्रोमा चीन, चौथोमा स्पेन, पाँचौमा जर्मनी रहेको छ।कोरोना संक्रमणबाट ३३ हजार ९ सय २५ जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै ज्यान गुमाउने इटलीका छन्। दोस्रोमा स्पेन।
एक लाख ४९ हजार जना उपचारपछि निको भइसकेका छन्। निको हुने धेरैमा चीनका छन्। अनी स्पेन र इटलीका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।