नयाँ दिल्ली- भारतमा कोरोना भाइरसका कारण २६ जनाले ज्यान गुमाएका छन्। १,०२६ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
देशका सबै राज्यमा कोरोना भाइरसका बिरामी फेला परेका छन्। भारतमा लकडाउनको आज पाँचौ दिन हाे।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बाेधन गर्दै लकडाउनका लागि माफी मागेका छन्। देशमा संक्रमितको संख्या नियन्त्रण गर्नका लागि सरकारसँग अर्को विकल्प नभएको कुरा बुझ्न पनि उनले जनतासँग आग्रह गरे।
यसैबीच, भारतीय सहरहरुमा हजारौं मानिस गन्तव्यमा जानका लागि पैदलयात्र गरिहेका छन्। कोरोनाका कारण कामकाे लागि घर बाहिर गएका मानिस घर पुग्न कठिनाइ झेलिरहेका छन् भने घर भित्रका मानिस खान नपाउने डरमा छन्।
खास गरी किसान र मजदुरहरु यो समस्याबाट धेरै त्रसित छन्। राज्य सरकार र केन्द्र सरकारले यस्ता वर्गका लागि राहत प्याकेज भने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।