एजेन्सी- विश्वभर फैलदै गएको कोरोना भाइरसको संक्रमितको संख्या ६ लाख ५२ हजार पुगेको छ। शनिबार बेलुकासम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ६ लाख ५२ हजार ७९ पुगेको हो।
कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ३ सय १३ पुगेको छ भने अहिलेसम्म कोरोना संक्रमित एक लाख ३७ हजार ३ सय १९ जना उपचारपछि निको भएका छन्।
सबैभन्दा संक्रमित अहिले अमेरिकामा देखिएका छन्। अमेरिकामा संक्रमितको संख्या नै एक लाख १९ हजार ७ सय ४८ पुगेको छ। दोस्रोमा इटली ९२ हजार ४ सय ७२ पुगेको छ। कोरोना भाइरस शुरु भएको चीन ८३ हजार संक्रमितसहित तेस्रो स्थानमा छ। स्पेनमा ७२ हजार संक्रमित पुगिसकेका छन्।
कहाँ कती ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।