एजेन्सी- आँखाको दृष्टी कमजोर भएर कन्ट्याक्ट लेन्स लगाउनेहरुहरुलाई त्यसको विकल्पमा फ्रेम चश्मा लगाउन विज्ञहरुले सुझाव दिएका छन्।
कन्ट्याक्ट लेन्स लगाउँदा आँखामा छुँदा कोरोना भाइरसको संक्रमण सर्नसक्ने भन्दै चिकित्सकहरुले त्यसको विकल्पमा कन्ट्याक लेन्सको उपयोग गर्न सुझाव दिएको सिएनएनले उल्लेख गरेको छ।
अमेरिकाको आँखा सम्बन्धी प्रतिष्ठानले फ्रेम भएको चश्मा लगाउँदा मुहारलाई छनु नपर्ने भएकाले विकल्पमा फ्रेम भएको चश्मा प्रयोग गर्न सुझाव दिएको हो। लेन्स प्रयोग कर्ताले लगाउँदा र झिक्दा दिनमा पटक पटक आँखा छुनुपर्ने भएकाले विकल्प रोज्न उसले सुझाव दिएको हो।
कन्ट्याक लेन्स राख्दा र झिक्दा आँखामा पटक पटक छुँदा हात धुन बिर्सिएमा कोरोनाको जोखिम उच्च हुने भएकाले विकल्पमा फ्रेम भएको चश्मा सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।