• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विपद्का बेला 'जीवन बचाउ कार्यक्रम'

ईश्वर रौनियार शुक्रबार, चैत १४, २०७६  १७:३९
1140x725

'पत्रपत्रिकाहरु धमाधम बन्द हुँदैछन्। त्यसैले रेडियोलाई अलि सक्रिय बनाऔं। विपद्का बेला रेडियोको भूमिका महत्वपूर्ण हुन्छ। यस्तै बेला हो, ‘जीवन बचाउ कार्यक्रम’ प्रयोगमा ल्याउने। सही सूचना दिएर सचेत बनाऔं। जीवन बचाऔं।'

फेसबुकको भित्तामा केही दिन अघि मैले यो स्टाटस लेखेपछि मलाई चिन्ने रेडियोका केही साथीहरूले म्यासेजमार्फत् आफूहरुले गरेको कामबारे जानकारी गराए। साह्रै खुशी लाग्यो। यस्तै विपदका बेला हो, सूचनाले औषधीको रूपमा काम गर्ने।

केही समय अघि रौतहटमा रेडियोकर्मीहरुसँग विपद्का‍ बेला के-कस्ता कार्यक्रम बनाउन सकिन्छ भनेर एउटा कार्यशालामा आफ्ना अनुभव साट्न पाइएको थियो। उनीहरुका अनुभव पनि सुन्न पाइएको थियो। 

‘रेडियो जीवन हो, र रेडियोकर्मीको लगावले नै रेडियोलाई जीवन्त बनाइरहने हो। गत वर्ष बारा/पर्सामा आएको हुँरीको बेला कसरी मानिसहरुलाई सही सूचना दिएर बाहिर निस्किन बाट रोके भने कतिलाई हुनसक्ने भवितव्यबारे जानकारी गराए। र धेरैलाई बचाए भन्ने अनुभव सुन्न पाइयो। मैले यहाँ भन्न खोजेको कुरा पनि त्यति नै हो। 

समग्रमा हामीले बुझ्ने ‘जीवन बचाउ कार्यक्रम’ भनेको मानवीय संकटमा परेकाहरूको जीवन जोगाउन सहयोग गर्ने। कोरोना भाइरसका कारण उत्पन्न अहिलेको अवस्था पनि त्यस्तै छ। हामीले बनाउने सूचना सामग्रीले विपद्‍मा परेकालाई सहयोग गर्ने हो। त्यही सहयोगले उनीहरूको जीवन सहज बनोस् र थप जोखिमबाट बच्न सकुन्। 

यसो गर्दैगर्दा हामीले ख्याल गर्नपर्ने अर्को कुरा के हो भने विपद्‍‍बाट प्रभावितका बारेमा मात्रै नभएर प्रभावितका लागि आवश्यक सूचना दिन जरूरी छ। विपद्‍का कारण यति जना मृत्यु भयो, उति जना घाइते भए, यति बिरामी भए भन्ने मात्रै होइन। जोखिमबाट जोगिन के गर्न सकिन्छ? सावधानी कसरी अपनाउन सकिन्छ त? जस्तो अहिलेको हकमा, घरभित्रै बसिरहेका बेला रचनात्मक काम के गर्न सकिन्छ। आफ्ना साना बालबच्चा र वृद्ध आमाबाबालाई कसरी रोग लाग्न नदिई सावधानी अपनाउन सकिन्छ जस्ता सूचना नै जीवन बचाउ कार्यक्रमका महत्वपूर्ण पक्ष हुन्। अर्को कुरा भनेको रेडियोको माध्यमबाट बालबालिकालाई ज्ञानगुणका कुरामा सहभागी पनि गराउन सकिन्छ।  

'कम्युनिकेसन इज एड' अर्थात् 'सञ्चार एक सहयोग हो' भनेर संसारभर नै विपद्को बेलामा मूलमन्त्रका रूपमा लिइने गरिन्छ। यो बेलामा सर्वसाधारणलाई जति सक्यो उपयोगी जानकारी दिनु जरूरी हुन्छ। 

सूचना राष्ट्रिय स्तरमा भन्दा पनि स्थानीय तहमा अझ प्रभावकारी हुन सक्छ। मानौं, अहिलेको लकडाउनको अवस्थामा यो ठाउँमा यति बजेदेखि यति बजेसम्म पसल खुल्छ अथवा यो गाउँपालिका वा नगरपालिकाले यस्तो निर्णय गरेको छ, यस्तै यस्तै। रेडियोमा फोनकै माध्यमबाट भए पनि घरमा बसिरहेका जनताहरुका कुरा सुन्ने। उनीहरूको प्रश्नहरुलाई सम्बन्धित निकाय सम्म पुर्‍याएर उत्तर खोज्न सहयोग गर्न सकियो भने घाउमा मल्हमको काम गर्न सक्छ। कोरोनाको सन्त्रासमा, सामाजिक दुरी कायम गर्नु भनिरहेको बेला रेडियो नै यस्तो विकल्प हो जसले सूचना दूरीबाट पठाउँछ तर घरघरमै पुग्छ।

Ncell 2
Ncell 2

त्रास फैलाउने भन्दा पनि समस्या कम गर्ने खालका सूचना तथा जानकारी दिन सकिन्छ। यसले स्रोताको मनोबल बलियो बनाउन सकिन्छ। अहिले झन् घरघरमा कोरोनाको त्रास छ। आफ्नैले आफ्नालाई बिरामी भए नछुने, नजिकै नजाने अझ भनौं मृत्यु नै भए पनि मलामी नपाउनेसम्मको त्रास छ। 

कसैले खोके अथवा हाछ्युँ गरे हात धोऔ भनेर छिछि दुर्दुर् गर्ने सम्मको अवस्था छ। यो विपद अरु विपद जस्तै भूकम्प, बाढीभन्दा फरक छ। त्यसैले पनि ‘खतरनाक’ छ। माथि भनिएका विपद्‍मा कम्तीमा सबैजना साथसाथ हुन्छन। एकले अर्कालाई सहयोग गर्छन्। एक्लो भएको महसुस हुँदैन। तर यो विल्कुल उल्टो छ। मानव सभ्यतामा पहिलो पटक जुटेर हिडे जोखिम झन् बढी छ भन्ने यसले देखायो। त्यसैले पनि हामी सचेत हुन आवश्यक छ।

हालै १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको समाचार आएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा आङ् नै जिरिङ्ग हुन्छ। मैले त सबै प्रतिक्रिया पढ्नै सकिनँ। कहाँसम्मको घृणा? सञ्चारकर्ममा लागेका हामीले सावधानी अपनाउन जरुरी छ। अहिले सूचना सम्प्रेषण गर्दा त्यसले पर्नजाने मारको पनि आँकलन गर्न जरुरी छ। 

इन्टरनेटको सुविधा पुगेका धेरै स्थानमा अनलाइन समाचारले व्यापकता पाएको छ। रेडियोसँग जोडेर यस आलेखमा विषयवस्तु उठान गरिएपनि ‘जीवन बचाउ कार्यक्रम’ले रेडियो, टिभी, पत्रपत्रिका तथा अनलाइन पोर्टललाई समेत समेट्छ। र सबैले यसलाई ख्यालमा राखेर अगाडी हिड्दा राम्रो हुन्छ। 

यस विषयम मैले हासिल गरेका केही अनुभव संकटको यो घडीमा फलदायी हुने विश्वास लिएको छु। विगतमा हामीले बाढीपहिरो हुरिबतास र भूकम्पजस्ता महामारीको सामना गरेका थियौं। भूकम्पको बेला रेडियोले राम्रै भूमिका खेल्यो। 

मलाई अझै याद छ, त्यतिबेला रेडियो सुनेर धेरै प्रभावितहरुले राहत वितरणबारे थाहा पाए। कतिले त रेडियोमा फोन गरेर आफू फसिरहेको ठाऊँ र उद्धारका लागि मद्दत मागे। उनिहरुको उद्धार पनि गरियो। बिबिसी मिडिया एकस्नले साझा सवालका विशेष कार्यक्रम सञ्चालन मात्र गरेन, मिलिजुली नेपाली नामक नयाँ कार्यक्रम पनि ल्यायो। यसले पनि जीवन बचाउ कार्यक्रमकै रुपमा उपयोगी सूचना, कथा, अन्तरवार्ता गर्‍यो। 

म आफैं पनि २०७४ सालको बाढीमा सप्तरी जिल्लामा ‘हालचाल’ नामको रेडियो कार्यक्रम उत्पादन तथा प्रशारणमा खटिएको थिएँ। मैथिली भाषामा प्रशारण हुने सो कार्यक्रम डिसिए नेपालको आर्थिक सहयोग र छिन्नमस्ता रेडियोको सहकार्यमा सुरु भएको थियो। कार्यक्रम विपद अवधिभर चल्यो। हामीले अलि पृथक् गर्न खोज्यौं। रेडियोको माध्यमबाट। ‘क्याम्पमा’ बसिरहेका हुन् वा घर फर्किसकेका हुन् उनीहरूको घाउमा थोरै भए पनि मल्हम लाग्यो होला भन्ने हाम्रो टिमको विश्वास अझसम्म पनि कामयै छ। 

हामीले सकेसम्म धेरै प्रभावितका घरमा पुग्ने प्रयत्न गरेका थियौं। ५ जना महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालकका हातमा हामीले एकएक ओटा रेडियोको सेट थमायौं। ‘पेनड्राइभ’ छिर्ने त्यो रेडियोमा हामीले स्थानीय मैथिली भाषाका ‘जनहितमा जारी’ सुचना राख्यौं। 'पानी शुद्धीकरण विधि, सर्पबाट बच्ने उपाय, मच्छर झुलको प्रयोग, स्थानीय सरकारले ल्याएका सेवा सुविधाबारे जानकारीलगायत राहत वितरणबारेसमेत कार्यक्रमका माध्यमबाट आम जनतामाझ सूचना पुर्‍याउने प्रयास थियो। 

रेडियो बोकेका महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालक गाउँगाउँ घुम्न थाले। उनीहरु जताजता जान्थे उनीहरूसँगै रेडियो पनि घन्कन्थ्यो। अनि ठ्याक्कै दिउँसो ४ बजे तिर महिला स्वास्थ्य स्वयंसेविका आफू रहेको क्षेत्रका मानिसलाई जम्मा गर्थे। सँगै बसेर कार्यक्रम सुन्थे। स्वास्थ्य स्वयंसेविकहरुले रेडियोको स्टुडियोमा आउनु भएका खानेपानी प्रमुख, स्वास्थ्य प्रमुख, प्रमुख जिल्ला अधिकारीसँग प्रभावितहरुको कुरा गराउथे र उनीहरुका समस्यामा समाधानको बाटो खोज्थे। 

मेरो अनुभवले त्यतिबेला कता के भइरहेको छ भनेर अन्यौलमा बसेका मानिसलाई राहत त दियो नै सरकारलाई पनि आफ्ना जनतासमक्ष पुग्न सहज वातावरण बनाइदियो। विपद्का बेला सञ्चारको भूमिका झन् महत्वपुर्ण हुन्छ। यो कुरा हामी धेरैले बुझेका छौं। सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरिने जीवन बचाउका कार्यक्रम झन् महत्वपूर्ण हुन्छन्। विपद्का बेला प्रभावितलाई सहयोग पुग्ने गरी सूचना सम्प्रेषण भए सञ्चारमाध्यमको सामाजिक योगदान झन् बढेर जान्छ। 

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:३९
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ईद उल फित्रले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्ने प्रधानमन्त्री कार्कीको विश्वास
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
बुटवल-नारायणगढ सडक अवरुद्ध शनिबार, चैत ७, २०८२
'कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गरियाेस्, म कतैबाट परिचालित छु कि छैन जान्न चाहन्छु' शनिबार, चैत ७, २०८२
पाथीभरामा पाँचौँ पटक हिमपात शनिबार, चैत ७, २०८२
सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, चैत ७, २०८२
बिपी राजमार्गमा अवरुद्ध शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
इरानलाई साउदीको चेतावनी–हाम्रो धैर्यताको एक सीमा हो, आक्रमण जारी राखे जवाफी हमला गरिनेछ शुक्रबार, चैत ६, २०८२
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्