• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विपद्का बेला 'जीवन बचाउ कार्यक्रम'

ईश्वर रौनियार शुक्रबार, चैत १४, २०७६  १७:३९
1140x725

'पत्रपत्रिकाहरु धमाधम बन्द हुँदैछन्। त्यसैले रेडियोलाई अलि सक्रिय बनाऔं। विपद्का बेला रेडियोको भूमिका महत्वपूर्ण हुन्छ। यस्तै बेला हो, ‘जीवन बचाउ कार्यक्रम’ प्रयोगमा ल्याउने। सही सूचना दिएर सचेत बनाऔं। जीवन बचाऔं।'

फेसबुकको भित्तामा केही दिन अघि मैले यो स्टाटस लेखेपछि मलाई चिन्ने रेडियोका केही साथीहरूले म्यासेजमार्फत् आफूहरुले गरेको कामबारे जानकारी गराए। साह्रै खुशी लाग्यो। यस्तै विपदका बेला हो, सूचनाले औषधीको रूपमा काम गर्ने।

केही समय अघि रौतहटमा रेडियोकर्मीहरुसँग विपद्का‍ बेला के-कस्ता कार्यक्रम बनाउन सकिन्छ भनेर एउटा कार्यशालामा आफ्ना अनुभव साट्न पाइएको थियो। उनीहरुका अनुभव पनि सुन्न पाइएको थियो। 

‘रेडियो जीवन हो, र रेडियोकर्मीको लगावले नै रेडियोलाई जीवन्त बनाइरहने हो। गत वर्ष बारा/पर्सामा आएको हुँरीको बेला कसरी मानिसहरुलाई सही सूचना दिएर बाहिर निस्किन बाट रोके भने कतिलाई हुनसक्ने भवितव्यबारे जानकारी गराए। र धेरैलाई बचाए भन्ने अनुभव सुन्न पाइयो। मैले यहाँ भन्न खोजेको कुरा पनि त्यति नै हो। 

समग्रमा हामीले बुझ्ने ‘जीवन बचाउ कार्यक्रम’ भनेको मानवीय संकटमा परेकाहरूको जीवन जोगाउन सहयोग गर्ने। कोरोना भाइरसका कारण उत्पन्न अहिलेको अवस्था पनि त्यस्तै छ। हामीले बनाउने सूचना सामग्रीले विपद्‍मा परेकालाई सहयोग गर्ने हो। त्यही सहयोगले उनीहरूको जीवन सहज बनोस् र थप जोखिमबाट बच्न सकुन्। 

यसो गर्दैगर्दा हामीले ख्याल गर्नपर्ने अर्को कुरा के हो भने विपद्‍‍बाट प्रभावितका बारेमा मात्रै नभएर प्रभावितका लागि आवश्यक सूचना दिन जरूरी छ। विपद्‍का कारण यति जना मृत्यु भयो, उति जना घाइते भए, यति बिरामी भए भन्ने मात्रै होइन। जोखिमबाट जोगिन के गर्न सकिन्छ? सावधानी कसरी अपनाउन सकिन्छ त? जस्तो अहिलेको हकमा, घरभित्रै बसिरहेका बेला रचनात्मक काम के गर्न सकिन्छ। आफ्ना साना बालबच्चा र वृद्ध आमाबाबालाई कसरी रोग लाग्न नदिई सावधानी अपनाउन सकिन्छ जस्ता सूचना नै जीवन बचाउ कार्यक्रमका महत्वपूर्ण पक्ष हुन्। अर्को कुरा भनेको रेडियोको माध्यमबाट बालबालिकालाई ज्ञानगुणका कुरामा सहभागी पनि गराउन सकिन्छ।  

'कम्युनिकेसन इज एड' अर्थात् 'सञ्चार एक सहयोग हो' भनेर संसारभर नै विपद्को बेलामा मूलमन्त्रका रूपमा लिइने गरिन्छ। यो बेलामा सर्वसाधारणलाई जति सक्यो उपयोगी जानकारी दिनु जरूरी हुन्छ। 

सूचना राष्ट्रिय स्तरमा भन्दा पनि स्थानीय तहमा अझ प्रभावकारी हुन सक्छ। मानौं, अहिलेको लकडाउनको अवस्थामा यो ठाउँमा यति बजेदेखि यति बजेसम्म पसल खुल्छ अथवा यो गाउँपालिका वा नगरपालिकाले यस्तो निर्णय गरेको छ, यस्तै यस्तै। रेडियोमा फोनकै माध्यमबाट भए पनि घरमा बसिरहेका जनताहरुका कुरा सुन्ने। उनीहरूको प्रश्नहरुलाई सम्बन्धित निकाय सम्म पुर्‍याएर उत्तर खोज्न सहयोग गर्न सकियो भने घाउमा मल्हमको काम गर्न सक्छ। कोरोनाको सन्त्रासमा, सामाजिक दुरी कायम गर्नु भनिरहेको बेला रेडियो नै यस्तो विकल्प हो जसले सूचना दूरीबाट पठाउँछ तर घरघरमै पुग्छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्रास फैलाउने भन्दा पनि समस्या कम गर्ने खालका सूचना तथा जानकारी दिन सकिन्छ। यसले स्रोताको मनोबल बलियो बनाउन सकिन्छ। अहिले झन् घरघरमा कोरोनाको त्रास छ। आफ्नैले आफ्नालाई बिरामी भए नछुने, नजिकै नजाने अझ भनौं मृत्यु नै भए पनि मलामी नपाउनेसम्मको त्रास छ। 

कसैले खोके अथवा हाछ्युँ गरे हात धोऔ भनेर छिछि दुर्दुर् गर्ने सम्मको अवस्था छ। यो विपद अरु विपद जस्तै भूकम्प, बाढीभन्दा फरक छ। त्यसैले पनि ‘खतरनाक’ छ। माथि भनिएका विपद्‍मा कम्तीमा सबैजना साथसाथ हुन्छन। एकले अर्कालाई सहयोग गर्छन्। एक्लो भएको महसुस हुँदैन। तर यो विल्कुल उल्टो छ। मानव सभ्यतामा पहिलो पटक जुटेर हिडे जोखिम झन् बढी छ भन्ने यसले देखायो। त्यसैले पनि हामी सचेत हुन आवश्यक छ।

हालै १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको समाचार आएपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा आङ् नै जिरिङ्ग हुन्छ। मैले त सबै प्रतिक्रिया पढ्नै सकिनँ। कहाँसम्मको घृणा? सञ्चारकर्ममा लागेका हामीले सावधानी अपनाउन जरुरी छ। अहिले सूचना सम्प्रेषण गर्दा त्यसले पर्नजाने मारको पनि आँकलन गर्न जरुरी छ। 

इन्टरनेटको सुविधा पुगेका धेरै स्थानमा अनलाइन समाचारले व्यापकता पाएको छ। रेडियोसँग जोडेर यस आलेखमा विषयवस्तु उठान गरिएपनि ‘जीवन बचाउ कार्यक्रम’ले रेडियो, टिभी, पत्रपत्रिका तथा अनलाइन पोर्टललाई समेत समेट्छ। र सबैले यसलाई ख्यालमा राखेर अगाडी हिड्दा राम्रो हुन्छ। 

यस विषयम मैले हासिल गरेका केही अनुभव संकटको यो घडीमा फलदायी हुने विश्वास लिएको छु। विगतमा हामीले बाढीपहिरो हुरिबतास र भूकम्पजस्ता महामारीको सामना गरेका थियौं। भूकम्पको बेला रेडियोले राम्रै भूमिका खेल्यो। 

मलाई अझै याद छ, त्यतिबेला रेडियो सुनेर धेरै प्रभावितहरुले राहत वितरणबारे थाहा पाए। कतिले त रेडियोमा फोन गरेर आफू फसिरहेको ठाऊँ र उद्धारका लागि मद्दत मागे। उनिहरुको उद्धार पनि गरियो। बिबिसी मिडिया एकस्नले साझा सवालका विशेष कार्यक्रम सञ्चालन मात्र गरेन, मिलिजुली नेपाली नामक नयाँ कार्यक्रम पनि ल्यायो। यसले पनि जीवन बचाउ कार्यक्रमकै रुपमा उपयोगी सूचना, कथा, अन्तरवार्ता गर्‍यो। 

म आफैं पनि २०७४ सालको बाढीमा सप्तरी जिल्लामा ‘हालचाल’ नामको रेडियो कार्यक्रम उत्पादन तथा प्रशारणमा खटिएको थिएँ। मैथिली भाषामा प्रशारण हुने सो कार्यक्रम डिसिए नेपालको आर्थिक सहयोग र छिन्नमस्ता रेडियोको सहकार्यमा सुरु भएको थियो। कार्यक्रम विपद अवधिभर चल्यो। हामीले अलि पृथक् गर्न खोज्यौं। रेडियोको माध्यमबाट। ‘क्याम्पमा’ बसिरहेका हुन् वा घर फर्किसकेका हुन् उनीहरूको घाउमा थोरै भए पनि मल्हम लाग्यो होला भन्ने हाम्रो टिमको विश्वास अझसम्म पनि कामयै छ। 

हामीले सकेसम्म धेरै प्रभावितका घरमा पुग्ने प्रयत्न गरेका थियौं। ५ जना महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालकका हातमा हामीले एकएक ओटा रेडियोको सेट थमायौं। ‘पेनड्राइभ’ छिर्ने त्यो रेडियोमा हामीले स्थानीय मैथिली भाषाका ‘जनहितमा जारी’ सुचना राख्यौं। 'पानी शुद्धीकरण विधि, सर्पबाट बच्ने उपाय, मच्छर झुलको प्रयोग, स्थानीय सरकारले ल्याएका सेवा सुविधाबारे जानकारीलगायत राहत वितरणबारेसमेत कार्यक्रमका माध्यमबाट आम जनतामाझ सूचना पुर्‍याउने प्रयास थियो। 

रेडियो बोकेका महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक परिचालक गाउँगाउँ घुम्न थाले। उनीहरु जताजता जान्थे उनीहरूसँगै रेडियो पनि घन्कन्थ्यो। अनि ठ्याक्कै दिउँसो ४ बजे तिर महिला स्वास्थ्य स्वयंसेविका आफू रहेको क्षेत्रका मानिसलाई जम्मा गर्थे। सँगै बसेर कार्यक्रम सुन्थे। स्वास्थ्य स्वयंसेविकहरुले रेडियोको स्टुडियोमा आउनु भएका खानेपानी प्रमुख, स्वास्थ्य प्रमुख, प्रमुख जिल्ला अधिकारीसँग प्रभावितहरुको कुरा गराउथे र उनीहरुका समस्यामा समाधानको बाटो खोज्थे। 

मेरो अनुभवले त्यतिबेला कता के भइरहेको छ भनेर अन्यौलमा बसेका मानिसलाई राहत त दियो नै सरकारलाई पनि आफ्ना जनतासमक्ष पुग्न सहज वातावरण बनाइदियो। विपद्का बेला सञ्चारको भूमिका झन् महत्वपुर्ण हुन्छ। यो कुरा हामी धेरैले बुझेका छौं। सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरिने जीवन बचाउका कार्यक्रम झन् महत्वपूर्ण हुन्छन्। विपद्का बेला प्रभावितलाई सहयोग पुग्ने गरी सूचना सम्प्रेषण भए सञ्चारमाध्यमको सामाजिक योगदान झन् बढेर जान्छ। 

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:३९
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार
प्रतिनिधि सभा बैठक (लाइभ)
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्