एजेन्सी- कोरोना संक्रमणका कारण स्पेनमा ४ हजारको ज्यान गएको छ। बिहीबारसम्म स्पेनमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघिसकेको छ।
स्पेनको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार बिहीबारसम्म ४ हजार ८९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ५६ हजार एक सय ८८ जना संक्रमित भएका छन्। २४ घण्टाभित्रमा ६ सय ५५ जनाको ज्यान गएको थियो। बुधबार एक दिनमा ७ सय ३८ जनाको ज्यान गएको थियो।
पछिल्लो समय कोरोना भाइरसबाट बढी मृत्यु हुने देशमा स्पेन दोस्रो स्थानमा छ। पहिलो सूचिमा इटाली छ। मार्च १३ बाटै स्पेनमा लक डाउन लागू गरिएको छ। तर कोरोनाको प्रभाव भने घटेको छैन।
सिएनएनका अनुसार आगामी दिनमा थप संक्रमण बढ्ने स्पेनका स्वास्थ्य अधिकारीहरुले बताइरहेका छन्।
लकडाउनपछि पनि संक्रमितको संख्या नघटेपछि १५ दिनका लागि लागू भएको लकडाउनको अवधी थप १४ दिन बढाउने तयारी भइरहेको छ। स्पेनले यो विचमा चीनबाट चार सय ६७ मिलियन अमेरिकी डलर बराबरको माक्स, कोरोना परिक्षण किट,पञ्जालगायतका स्वास्थ्यसम्बन्धी सामाग्री खरिद गरेको छ। सो सामान एक सातामा आइपुग्ने सरकारी निकायले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।