एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स् युनिभर्सिटीले संकलन गरेको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट बुधबार नेपाली समय अनुसार बेलुका साढे १२ वजेसम्म २० हजार पाँच सय ५० जनाको ज्यान गएको छ।
इटलीमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ५ सय ३ जनाको ज्यान गइसकेको छ। स्पेनमै ३ हजार ४ सयको ज्यान गइसकेको छ। जवकी जहाँबाट कोरोना भाइरसको प्रारम्भ भएको उही चीनमा भने अहिलेसम्म ३ हजार १ सय ६३ जनाको मात्र मृत्यु भएको छ। इरानमा समेत २ हजार ७७ जनाको मृत्यु भइसकेको छ।
कोरोनाको संक्रमण ४ लाख ५४ हजार ३ सय ९८ भएको छ। इटलीमा ७४ हजार ३ सय ८६ जना संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ६१ हजार पुगिसकेको छ। जर्मनीमा ३७ हजार संक्रमित पुग्यो भने इरानमा २७ हजार पुगिसकेको छ।
अहिलेसम्म उपचारपछि एक लाख १३ हजार जना निको भएका छन्। चीनमा उपचारपछि ६० हजार निको भएका छन्। इरानमा ९ हजार ६ सय, इटलीमा ९ हजार ३ सय, स्पेनमा ५ हजार ३ सय ,साउथ कोरियामा तीन हजार ७ सय, जर्मनमा ३ हजार पाँच सय उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।