काठमाडौं– सरकारले मंगलबार बिहान ६ बजेदेखि सुरु गरेको ‘लकडाउन’का कारण काठमाडौं उपत्यकाका सधैं व्यस्त हुने स्थान सुनसान बनेका छन्।
कोरोना भाइरस (कोभिड- १९)को संक्रमणबाट बच्न सरकारले देशव्यापी लकडाउन गरेसँगै राजधानीमा घरबाट निस्कनेको संख्या न्यून छ।
काठमाडाैंका सधैं ठेलमठेल हुने स्थानहरु सिंहदरबार, राष्ट्रपितकाे कार्यालय, बालुवाटार, त्रिभुनवन विमानस्थल, टंगाल, जिल्ला प्रशासन कार्यालय, रिंगराेड, माइती घर, भद्रकाली, सहिद गेट, वीर अस्पताल, रत्नपार्क, भृकुटी मण्डपलगायतका स्थान सुनसान छन्। सडकमा अत्यावश्यक सवारी साधनहरु गुडेका छन्। एम्बुलेन्स, सुरक्षाकर्मीका साधन, दूध र पानीका गाडी सडकमा देखिन्छन्।
सडकका सबै चोकमा प्रहरीको उपस्थिति छ। आकस्मिक कामले निस्केका सर्वसाधारणहरुलाई प्रहरीले सोधपुछ गरेको छ। सडकमा खटिएका प्रहरीले सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रहसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।