काठमाडाैं- कोरोना भाइरसका कारण भारतमा ८ जनाकाे मृत्यु भएको छ। काेराेना संक्रमितको संख्या ४२९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ५० जना संक्रमित फेला परेका छन्। थप तीन जना बिरामीको मृत्यु भएको छ।
मृत्यु हुने आठौं बिरामी महाराष्ट्रका हुन्। फिलिपिन्समा रहँदै आएका उनी पछिल्लो समय भारतमा आएका थिए। उनको सुरुमा कोरोना रिपाेर्ट पोजेटिभ देखिए पनि पछि नेगेटिभ देखिएको थियो।
उनको रिर्पोट नेगेटिभ आएपछि मुम्बईको कस्तुरबा अस्पतालले निजी अस्पतालमा रेफर गरेको थियो। मिर्गाैलाले काम नगरेको र श्वस लिन समस्या भएको भन्दै आएकी उनी निजी अस्पतालमा पुगेपछि मृत्यु भएका थिए।
दिल्ली, राजस्थान, विहार, पञ्जाव, उत्तराखण्ड, छतित्तसगढ,झारखण्ड, जम्मु कश्मीर, तेलंगना, आन्ध्र प्रदेश,नागालैण्ड,अरुणाचलमा कोरोना भाइरसका कारण ३१ मार्चसम्म लक डाउन रहेको छ। यसबाहेक उत्तर प्रदेशका १६ जिल्ला पनि २५ मार्चसम्म लक डाउन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।