काठमाडाैं- भारतका २० राज्यमा काेराेना भाइरस फैलिएको छ। हालसम्म काेराेनाबाट १९५ जना संक्रमित भएका छन्।
गुजरातमा नयाँ दुई जना काेराेना संक्रमित फेला परेका छन्। यसरी संक्रमित हुनेमा १६३ भारतीय र ३२ विदेशी नागरिक रहेका छन्।
कोराेना भाइरसका कारण भारतमा हालसम्म चार जनाको मृत्यु भएको छ। काेराेनाकाे संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ। त्यसपछि केरला र उत्तर प्रदेशमा धेरै संक्रमण फैलिको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।