एजेन्सी- कोरोना भाइरसको कहर बढ्दो छ। जताततै लकडाउन सुरु भएको छ। सरकार अनावश्यक रुपमा घुमफिर नगर्ने सूचना जारी गर्न सक्रिय छ। तर यूवा पुस्ताले मानेका छन् त सरकारको आग्रह?
रमाइलो गर्न रमाउने यूवा पुस्ताले सरकारले दिने सन्देशलाई गम्भीर रुपमा नलिँदा जोखिम बढ्ला भनेर अहिले हलिउडका युवा कलाकारहरुलाई कोरोना भाइरसबारे सरकारले जारी गर्ने अपिल पालना गराउन अभिप्रेरित गर्न सक्रिय भएका छन्।
उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्ना यूवा फ्यानहरुलाई सम्झाइरहेका छन्‚ ‘अहिलेको अवस्था रमाइलो गर्ने होइन सहयोग गर्ने हो।’ आइसोलेट भएर बस्न‚ अनावश्यक रुपमा घुम्न नहिड्न अनि सरकारलाई सहयोग गर्न आग्रह गर्दै सञ्जालमा सन्देश दिइरहेका छन्।
युवा गायक जस्टिन बिबरले टुइटरमा लडेको कार उडाइरहेको भिडियो मोन्टाज राखेर गीत मार्फत कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सघाउन आफ्ना यूवा फ्यानहरुलाई आग्रह गरेका छन्।
‘हामी जब सबै सँगै हुन्छौं हामीले के गर्नुपर्छ भन्ने म सबैलाई सम्झाउन चाहन्छु,’ उनले लेखेका छन्‚ ‘आफैंलाई आइसोलेसन गरेर हामी सबै सँगै होऊँ।’
काइली जेनरले पनि टुइट मार्फत नै सबैलाई स्वयम् क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन्।
‘मलाई आशा छ हामी सबैले राम्रो सोचिरहेका छौं,’ उनले लेखेकी छिन्‚ ‘अहिले आफैंलाई क्वारेन्टाइनमा राख्नु महत्वपूर्ण छ।’ एक्टर तथा कमेडियन रिकी थमसनले पनि टुइटमार्फत नै आफ्ना युवा फ्यानहरुलाई सुरक्षित बस्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।