काठमाडौं– अमेरिकी नायक टोम हान्कस र उनकी पत्नी रिता विल्सन अष्ट्रेलियामा कोरोना भाइरसको उपचारपछि डिस्चार्ज भएका छन्।
क्विन्सल्याण्डस्थित भाडाको घरमा ‘शेल्फ क्वारेन्टान’मा रहेका उनीहरुलाई गत हप्ता कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
६३ वर्षीय ह्याङक्सले गत बिहीबार इन्ट्राग्राममा आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका थिए। टमले लेखेका थिए, ‘पहिले रुघामा जस्तो हामीले थकान महसुस गरेका छौं, जीउ दुखिरहेको छ, अलिअलि ज्वरो पनि आइरहेको छ।’
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।