काठमाडौं- पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकाे बताएकी छन्। उनले वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे उल्लेख गर्दै भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो।’
खड्गीले फेसबुकमा स्टाटसमा लेख्दै यसले आफूलाई थप बलियो बनाएको बताउँदै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन्।
खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो। यसअघि पनि उनीहरुबीच डिभोर्स हुने चर्चा चलेको थियो। यद्यपि दुवैले नकार्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।