काठमाडौं- स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन'को उपाधि हिमेश पन्तले जितेका छन्। शनिबार भएको फाइनलमा प्रतिस्पर्धामा धादिङका पन्तले उपाधि हात पारेका हुन्। फाइनलका लागि तीन जना प्रतिस्पर्धी छानिएका थिए।
सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनल प्रतिस्पर्धाको फाइनलमा पुगेका थिए।
कमेडी च्याम्पियनको उपाधि जितेसँग पन्तले नगद २५ लाख, डाट्सन् रेडी गो कारसमेत हात पारेका छन्।
हास्य कलाकार हरिवंश आचार्यले पन्त कमेडी च्याम्पियन भएको घोषणा गरेका थिए। विजेता पन्तलाई आचार्य र मदनकृष्ण श्रेष्ठले २५ लाखको चेक हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।