काठमाडौं -पूर्व मिस नेपाल शृंखला खतिवडा नेता छान्ने रियालिटी शो ‘द लिडर’ को जज बनेकी छिन्। उनले इन्स्टाग्राममार्फत् आफूसमेत सो कार्यक्रमको निर्णायकमा चयन भएको जानकारी दिएकी हुन्।पहिला बाबुराम भट्टराई, सुशीला कार्की, रविन्द्र मिश्रलाई मात्र जजको रुपमा सार्वजनिक गरिएको थियो। कार्यक्रम टिभी प्रस्तोता रवी लामिछानेले सञ्चालन गर्दैछन्।
केही समयअघि प्रदीप गिरी र प्रदीप नेपाललाई समेत जजको रुपमा घोषणा गरिएको थियो। पछि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल र पूर्व मिस नेपाल खतिवडासमेत जजको रुपमा चयन भएका छन्। श्रृंखला पछिल्लो समय भ्लगर सुशन बाँनियासँगको प्रेमले चर्चामा थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।