ललितपुर- वैदेशिक राेजगारबाट प्राप्त रेमिट्यान्स कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जाेड दिएका छन्। पाेलिसी डायलग अन इफेक्टिभ एण्ड इफिसेन्ट युज अफ माइग्रेन्ट रेमिट्यान्स विषयक कार्यक्रमा उनीहरुले यस्ताे बताएका हुन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान विस्तार निर्देशनालय र युनिभर्सिटी अफ ताज्मानिया अस्ट्रेलियाको सह-आयोजना तथा ओपन सोसाइटी फाउन्डेसन र सामाजिक न्यायका लागि कानून तथा नीति फोरमकाे सहयाेगमा मंगलबार भएकाे कार्यक्रममा वैदेशिक राेजगार बाेर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक राेजगारीबाट फर्किएकाहरुकाे व्यवस्थापनका लागि टुक्रे नीतिभन्दा पनि एकीकृत प्रणाली बनाएर अघि बढ्ने याेजना बनाइरहेकाे बताए। उनले रेमिट्यान्सकाे १० प्रतिशत पनि उत्पादन क्षेत्रमा लगानी नभएकाे बताए।
कार्यक्रममा श्रम विज्ञ तथा नेपाल सरकारको पूर्व सहसचिव गोविन्दमणी भूर्तेलले बिना तयारी विदेशिने संस्कृतिका कारण वैदेशिक राेजगारीबाट फर्किएपछि पनि यहाँ श्रमशक्ति खपत हुन नसकेकाे बताए। सुरक्षीत आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले सरकारले वैदेशिक राेजगारमा गएकालाई भन्दा यहाँ बस्ने उसकाे परिवारलाई प्राथमिकतामा राखेर याेजना बनाउनु पर्ने बताए।
विस्तार निर्देशनालयका निर्देशक राजेश पौडेलले आप्रवान र रेमिट्यान्सलाई समेट्ने गरी पाठ्यक्रम बनाउनु पर्ने बताए। युनिभर्सिटी अफ ताज्मानियाका पिएचडि क्यान्डिडेट सन्तोष अधिकारीले रेमिट्यान्समा भरपर्ने प्रवृतिकाे अन्त्य गर्नु पर्नेमा जाेड दिए। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, विज्ञहरु, त्रिविका प्रध्यापक, विद्यार्थी र पत्रकारकाे सहभागिता थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।