• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसरी होला महराको राजनीतिक 'ल्यान्डिङ'? 

महराको बदलिएको भूमिका : भवितव्य या राजनीतिक षड्यन्त्र
64x64
रामकुमार डिसी सोमबार, फागुन ५, २०७६  २१:०९
1140x725

काठमाडौं- संघीय संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा प्रहरी हिरासत पुगेका पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार १ सय ४१ दिन लामो हिरासत र जेल बसाइ टुंग्याउँदै ‘तत्काल’का लागि रिहा भए। 

सोमबार आएको काठमाडौं जिल्ला अदालतको फैसलामा महरालाई मूलतः दुई आधारमा टेकेर सफाइ दिएको देखिए 'पीडितको बयान र औंठा छाप'। 

तत्कालका लागि महरा सबै अरोपबाट मुक्त भएका छन्। 'तत्काल' किनभने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने बताएको छ। पुनरावेदनबाट जिल्लाको आदेश उल्टन पनि सक्छ।

पूर्ववर्ती एकीकृत नेकपा (माओवादी)मा शक्तिशाली महासचिव र राज्यको पाँचौं शक्तिशाली पद सभामुखको आसनमा बसिसकेका महरा गम्भीर अभियोगबाट मुक्त भएसँगै प्रश्न उब्जिएको छ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा महराको स्थान अब के होला? महरा स्वयं के गर्लान्?

लामो समय राजनीतिको केन्द्र र सत्तासँगै रहेका महरा सक्रिय राजनीति बाहिर रहँदैनन्।

पार्टीले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन दिएको निर्देशनमा केवल सभामुख पदबाट मात्रै राजीनामा दिनुमा उनको राजनीतिक चेतले नै काम गरेको थियो।

हिजो गरेको त्यही निर्णयले उनी पूर्वसभामुख भए पनि पूर्व सांसद हुनबाट जोगिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनका लागि सांसदको मैदान खुल्लै छ।

प्रचण्डका प्रिय
१५ असार २०१५ मा रोल्पाको सदरमुकाम लिबाङमा जन्मिएका महरा सदरमुकाम आसपासका नामी शिक्षक थिए। पूर्व माओवादीका धेरै नेताहरूलाई पढाएका महरा सो पार्टीभित्र 'महरा (एम) सर'का नामले परिचित नेता हुन्। 

०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा आएका महरालाई राजनीतिको केन्द्रमा आउन धेरै समय लागेन। सक्रिय राजनीति सुरुवातको १२ वर्षमै उनी जनताको आवाज बोकेर संसद छिरिसकेका थिए। 

२०४८ सालको निर्वाचन उनी रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसयता महराको राजनीतिले छलाङ मात्रै मारेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन नेकपा माओवादी सशस्त्र युद्ध परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा आएयता मात्रै पनि उनले निकै महत्वपूर्ण र अर्थपूर्ण जिम्मेवारी सम्हालेका छन्। 

महरा सरकार–माओवादी वार्ताकालमा भएका तीन वार्तामध्ये एउटा वार्तामा सदस्य र दुईटामा टोली संयोजक थिए। पटकपटक पार्टी प्रवक्ता भएका उनी पूर्व उप्रधान तथा गृहमन्त्रीसमेत हुन्।

पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका महरा २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ माओवादी विधायकमध्ये एक थिए र संसदीय दलको नेतृत्व गरेका थिए। 

महराले आफ्नो राजनीतिक जीवनकालमा जे जति उपलब्धि हात पारेका छन्, त्यसमा उनको व्यक्तिगत क्षमता कारक त हो नै, पुष्पकमल दाहाल 'प्रचण्ड'को स्नेहले पनि उत्तिकै प्रभाव पारेको नकार्न सकिन्न। 

महत्वपूर्ण निर्णय लिनुअघि प्रचण्डले महरासँग परामर्श लिने गरेका थिए।

महराप्रति प्रचण्ड कुन हदसम्मको प्रेमभाव राख्छन् भने सोमबार कारागारमुक्त भएसँगै दिएको बधाइले पनि संकेत गर्छ। 

अदालतबाट सफाइ पाएलगत्तै प्रचण्डले अर्का नेता माधवकुमार नेपाललाई सँगै राखेर बधाइ दिएका छन्।

बानेश्वरको अर्याल होटलमा छलफलमा बसेका प्रचण्ड र नेता नेपालले एउटै फोनबाट महरालाई बधाइ दिएका थिए। 

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको महराप्रतिको यो प्रेम र पूर्व एमाले नेता नेपालको यो सहानुभूति नेकपाभित्र सुरु भएको आन्तरिक राजनीतिको नयाँ आयाममा अर्थपूर्ण हुने नै भयो।

महरा, एमसिसी र ओली
१३ असोजमा महरामाथि यौन दुर्व्यवहारको आरोप लागेसँगै सभामुखबाट राजीनामा दिएर पक्राउ परेका महराप्रति प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेरै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्न नकरात्मक भूमिका खेलेको आरोप लगाए। एकपटक हैन, उनले पटक–पटक महराको आलोचना गरे एमसिसीका विषयमा।

ओलीको आरोपलगत्तै सत्तारुढ नेकपा भित्र झन्डै ३ वर्षअघि सम्झौता भइसकेको एमसिसीविरुद्ध आवाज उठ्यो। भलै एमसिसी अघि बढाउने केही चरणमा परराष्ट्रमन्त्रीका हैसियतले महरा स्वयं संलग्न भएका किन नहुन् तर विशेषगरी पूर्व माओवादी खेमाले एमसिसीकै कारण महरालाई ‘यौनकाण्ड’मा फसाइएको भन्दै ‘षड्यन्त्र सिद्धान्त' प्रतिपादन गरे। 

महराको जेल बसाईसँगै ओलीमा एमसिसी चाँडै पारित गराउने उत्कट चाहना देखियो। उता नेकपाभित्र एमसिसीविरुद्ध बलियो समीकरण बन्यो। 

नेकपाको एक पंक्ति यो विकाससँग मात्र जोडिएकाले पारित गर्नुपर्ने पक्षमा लबिङ गरिरहेको छ, अर्को पक्षले यसलाई राष्ट्रियतासँग जोडेर विश्लेषण गरिरहेको छ। 

मंसिर २९ मा सुरु भई सात दिनसम्म चलेको नेकपाको स्थायी समितिमा यसबारे तीव्र मत विभाजन देखिएपछि त्यसले राष्ट्रिय बहसको रुप लिइसकेको छ। बहस अझै जारी छ।

स्थायी समिति एमसिसीका विषयमा टुंगोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय लिने अधिकार स्थायी समितिभन्दा माथिल्लो तह सचिवालयलाई दिइएको थियो। अधिकांश शीर्ष नेतृत्व रहेको नेकपाको ९ सदस्यीय सचिवालयमा बहुमत सदस्य अहिलेकै स्वरुपमा एमसिसी पारित नगर्ने पक्षमा छन्। 

मध्य माघमा सुरु भएको नेकपा केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकमा पनि एमसिसी अहिलेकै स्वरुपमा पारित गर्न नहुने बलियो मत देखिएपछि कार्यदको बाटो समाएको थियो। 

एमसिसीप्रति नकारात्मक धारणा राख्ने वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलसमेत रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनेपछि पूर्वानुमान गरिएझैँ परिणाम आएको छ। 

१० दिनको म्याद पाएको कार्यदलले समयमै सुझाव पेस गर्न सकेको छैन्। एमसिसी पारित गर्नुपर्ने धारणा राख्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली कार्यदलमा रहे पनि उनको केही जोर चलेन र थप समय मागियो। 

एमसिसीप्रति त्यति सकरात्मक नरहेका प्रचण्ड र नेपालले संयुक्त बधाइले एमसिसी झनै अप्ठ्यारोमा पर्ने देखिन्छ। थुनामुक्त भएलगत्तै धन्यावाद दिन जारी गरेको प्रेस विज्ञप्तिमा पनि महराले अर्थपूर्ण भनाइ राखेका छन्। 

‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ,’ नेकपाकै धेरै नेताले एमसिसी राष्ट्रिय स्वाधीनता विपरीत रहेको भनाइ राखिरहेका बेला महराले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’

कसरी होला नेकपामा 'ल्यान्डिङ'
फेरि पनि प्रश्न उही हो– अदालतबाट सफाइ पाएका महराको नेकपाभित्र ‘ल्यान्डिङ’ कसरी होला? 

महरा सक्रिय राजनीतिबाट अलग रहँदैनन् भन्ने कुरा रिहा भएलगत्तै उनले जारी गरेको विज्ञप्तिले प्रष्ट पार्छ। 

सभामुखबाट राजीनामा दिएको भए पनि संसद् सदस्यमाथिको निलम्बन फुकुवा हुनेछ। उनको प्रतिनिधिसभा सदस्य पद यथावत छ। अदालतको फैसलाको चिठी आउनेबित्तिकै संसद् सचिवालयले उनको सांसद् पदमा भएको निलम्बन फुकुवा गर्ने छ।

त्यसपछि नेकपामा उनको व्यवस्थापन कसरी हुन्छ? ओलीले कसरी ‘रियाक्ट’गर्लान्? प्रचण्डको महराप्रतिको प्रेम पहिलाझैँ सशक्त होला? भन्ने प्रश्न आउँछन्। 

पूर्व एमाओवादीमा महरा महासचिव थिए। दुई पार्टी एकताअघि बनेको सत्ता बाँडफाँटको सहमतिअनुसार महरा २५ फागुन २०७४ मा सभामुख बनेका थिए। 

३ जेठ २०७५ मा दुई पार्टीबीच एकीकरण भई बनेको नेकपामा शक्तिशाली ९ सदस्यीय सचिवालय समिति बनेको छ। महरा नेकपामा पुर्नस्थापित हुने अवस्थामा उनको व्यवस्थापन ठूलो टाउको दुखाइको विषय हुने निश्चित छ। पूर्व माओवादीमा प्रभावशाली नेता रहेका महराले नेकपामा आफ्नो विशेष हैसियत खोज्ने छन्। 

त्यसमा प्रचण्डको विशेष भूमिका रहने छ। महरालाई हतार–हतार बधाई दिएबाट पनि थाहा लाग्छ– महराप्रतिको उनको प्रेम अहिले पनि उत्तिकै छ। त्यसमाथि नेकपाकै अर्का प्रभावशाली नेता माधव नेपालको सहानुभूतिको विशेष अर्थ रहने छ। 

महरालाई प्रभावशाली भूमिकामा फर्काउन प्रधानमन्त्री ओलीले नचाहने कुरा प्रष्ट छ। तर, अहिले नेकपामा ओलीले नचाहेका पनि धेरै कुरा हुन थालेका छन्। महरालाई पुर्नस्थापित गराइ छाड्ने कुरामा प्रचण्ड लागेमा भैंसेपाटी भेलापछि नेकपाभित्र फेरिएको समीकरणको शक्ति राम्रोसँग बुझेका ओलीले यसमै निहुँ खोजेर आफ्नो शक्ति झन् कमजोर बनाउन पक्कै लाग्ने छैनन्।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  २१:०९
  • #एमसिसी
  • #महरा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्