• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कांग्रेसको निरर्थक प्रतिवाद

64x64
नेपाल लाइभ आइतबार, फागुन ४, २०७६  १८:३०
1140x725

सञ्चार माध्यमहरूले नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफनो भूमिका अलिकति पनि प्रभावशाली ढंगले निर्वाह नगरेको टिप्पणी गरिरहेकै बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनावश्यक विवाद सिर्जना गरेका छन्। 

उनले जनयुद्ध दिवस मनाउने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाबारेमा गरेको टिप्पणीको प्रतिवाद गरे। 

आफ्नो भाषणमा प्रचण्डले राजा ज्ञानेन्द्रको अलोकतान्त्रिक शासनबाट देश पीडित भइरहेका बेला स्वर्गीय नेता कोइरालाले आफूसँग ‘आन्दोलन चर्काउन’ भनेको सम्झना गरेका थिए। प्रचण्डको यो भनाइ असत्य र अस्वाभाविक थिएन। यसबाट कांग्रेस प्रवक्ता शर्मा किन उद्वेलित भए? त्यसको कुनै प्रत्यक्ष कारण पनि देखिँदैन। 

यो इतिहासमा अंकित सत्य हो कि देशका मूलधारका राजनीतिक दलहरूको तर्फबाट गिरिजाप्रसाद कोइरालाले माओवादीसँग शान्ति–वार्ता मात्रै गरेका थिएनन्, तत्कालीन राजाको शासनविरुद्ध प्रमुख राजनीतिक दल र सशस्त्र संघर्षरत नेकपा (माओवादी) देखिँदा पृथक तर ‘संयुक्त’ आन्दोलनको नेतृत्व पनि गरेका थिए। 

यो सत्य हो, आन्दोलनको नेताका रूपमा स्वर्गीय कोइरालाले प्रचण्डसँग आन्दोलनको गति बढाउन भनेका थिए। त्यसमा कुनै अस्वाभाविकता थिएन। त्यो समयमा कोइराला माओवादीसहित सर्वदलीय सहमतिका साथ सबैको अभिभावक र नेता थिए। प्रवक्ता शर्मालाई स्वर्गीय कोइरालाको तत्कालीन निर्णायक भूमिकाको ज्ञान छैन भने त्यो दुःखलाग्दो कुरा हो।

विगत बाह्र वर्षको अन्तरालमा कांग्रेस र माओवादीको सम्बन्ध कहिले चिसो र कहिले तातो हुँदै गएको देखिन्छ। अहिले यस्तो समय आएको छ, माओवादी आफ्नो पूर्व रूपमा छैन। एमाले–माओवादीको सांगठनिक विलयपछि कम्युनिस्टहरू नेपाल कम्युनिस्ट पार्टीको नाममा समेटिएका छन्। यो सामान्य तथ्य हो। तर, यसको अर्थ माओवादी देशबाट नामेट भए भन्ने पक्कै होइन। 

वैद्य माओवादी र विप्लव माओवादी दुई अलग समूहका रूपमा अस्तित्वशील छन्। वैद्य माओवादीबाट उम्केर प्रचण्डसँग मिल्न आएका रामबहादुर थापा 'बादल' यतिबेला गृहमन्त्री छन्। मूल माओवादी अर्थात् प्रचण्ड नेतृत्वको माओवादी नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरित भएका छन्। 

एमाले-माओवादीको विलयपछि पनि माओवादीको परिचय र पहिचान मेटिएको छैन। त्यो मेटिँदैन पनि। कसैलाई मन परे पनि र मन नपरे पनि। यो देशमा परिवर्तन ल्याउन यिनीहरूले नै दिलोज्यानले काम गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीले सक्रिय रूपमा आफ्नो हिंसात्मक अभियान एक दशक नधानेको भए नेपाल यति छिटै संघीय गणतन्त्रमा रुपान्तरित हुने थिएन। मूलधारका राजनीतिक दलहरू मात्रैको आन्दोलनको प्रभावकारिता थिएन। यो सामान्य तथ्य हो। यसमा अहिंसावादीहरू असहमति जनाउन स्वतन्त्र छन्। तर, सत्य यही हो कि, नेपालमा गणतन्त्रको आगमनको प्रभावशाली कारण माओवादी नै थिए।

हिंसात्मक द्वन्द्वका समस्याको गम्भीर अध्ययन नगरी पार पाउन नसकिने अहिलेको अवस्थामा दलहरूको भागबन्डाका कारण समस्या समाधान हुन नसक्ने देखिएको छ। दलीय स्वार्थबाट पर हटेर निष्पक्ष ढंगले काम गर्नसक्ने सत्य–तथ्य निरुपण आयोगको गठन अहिलेको आवश्यकता हो। प्रभावशाली राजनीतिज्ञहरू र सरकारी निकायको प्रभावलाई लत्याउन सक्ने आयोग बनेन भने राजनीतिलाई लासको व्यापार बनाउनेहरू हाबी हुँदै जानेछन्। त्यो अवस्था देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ।

संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुंगानाले आफ्नो एउटा फेसबुक पोस्टमा माओवादी पार्टीको अस्तित्वको खोजी गरेका छन्। ढुंगानाका अनुसार, यति ठूलो राजनीतिक अभियानको अभियन्ता बनेको पार्टी एकाएक दृश्यपटलबाट बाहिरिनु स्वाभाविक होइन। जनयुद्धका घाउहरू पुरिई नसकेको अहिलेको अवस्थामा माओवादी पार्टीको अस्तित्व नदेखिनु बिडम्बना भने हो। 

तैपनि, पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष भएपनि उनले माओवादीको बिँडो थामेका छन्। यसलाई उनले आफ्नो दायित्व स्वीकार गरेका छन्।

प्रचण्ड विभिन्न अवतारमा देखापर्ने गर्दछन्। जवान छोरा र छोरी गुमाउने संवेदनशील बाबु, पत्नीको पीडादायक अवस्थाबाट द्रवित भएका पति, व्यूह रचनामा पोख्त तथा अध्ययनशील राजनीतिक व्यक्तित्व, राजनीतिका तरल प्रवाहमा निरन्तर पौडिई रहेका पौडीबाज, जनतालाई नांगो र फोस्रो आश्वासन दिएर भाषण गर्ने नेता, राजनीतिका कुटिल चालहरू ठम्याउँदै र चिर्दै अघि बढेका राजनीतिज्ञ, विवादास्पद हिसाबले उल्झनमा परेका साहू–महाजनका साथीलगायत प्रचण्डका व्यक्तित्वका आयामहरू थुप्रै छन। उनका अभिव्यक्तिहरू पनि त्यत्तिकै विवादास्पद छन्। यी सबैको चिरफार गर्न सहज छैन।

यसको अर्को पाटो पनि छ। भूमिगत अवस्थाबाट बाहिर निस्केदेखि अहिलेसम्म प्रचण्डले अनेकौं हुरी–बतास, झरी–बादल र घाम–पानीको सामना गरिसकेका छन्। तर, यी सबैको प्रभाव उनको व्यक्तित्वमा परेको देखिँदैन। उनको व्यक्तित्वमा अहिले पनि आकर्षण छ। 

निश्चय पनि, मानिस उनको चर्चामा रमाउँछन्। राजनीतिक विवाद प्रचण्डको मनोविनोद हो। उनी आफैं विवाद मन पराउँछन्। दशक लामो माओवादी जनयुद्धमा लागेका घाउ–खत देखाएर क्षतिपूर्ति खोज्ने र माओवादी यातनाको बिलौना गर्नेको संख्या अहिले पनि कम छैन। 

तर, सत्य के हो भने, प्रचण्डले मूलधारका राजनीतिक दलहरूसँगको सहकार्य गरेर नेपाल सरकारसँग जुन बृहत्त् शान्ति सम्झौता गरे, त्यसले माओवादीलाई प्रतिस्पर्धात्मक राजनीतिको अंग बनायो। यो उपलब्धि सानो होइन।

हालै प्रचण्डले सोनाम ल्होसारका अवसरमा भाषण गर्दै भने, ‘जनयुद्धमा मारिएका पाँच हजार लडाकुको जिम्मा लिन म तयार छु। बाँकी बाह्र हजारको जिम्मा लिइयोस्।’

हिंसात्मक द्वन्द्वका समस्याको गम्भीर अध्ययन नगरी पार पाउन नसकिने अहिलेको अवस्थामा दलहरूको भागबन्डाका कारण समस्या समाधान हुन नसक्ने देखिएको छ। दलीय स्वार्थबाट पर हटेर निष्पक्ष ढंगले काम गर्नसक्ने सत्य–तथ्य निरुपण आयोगको गठन अहिलेको आवश्यकता हो। प्रभावशाली राजनीतिज्ञहरू र सरकारी निकायको प्रभावलाई लत्याउन सक्ने आयोग बनेन भने राजनीतिलाई लासको व्यापार बनाउनेहरू हाबी हुँदै जानेछन्। त्यो अवस्था देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ।

(वरिष्ठ पत्रकार नेपालको स्तम्भ देशकाल हरेक आइतबार नेपाल लाइभमा प्रकाशित हुनेछ)

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्